Logo

प्रदेश नाम र राजधानी अब हुन्छ-मुख्यमन्त्री राई


विराटनगर-प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नाम र राजधानी चालु हिउँदे अधिवेशनबाट टुङ्गो लगाउने वताउनु भएको छ ।

नेपाल पत्रकार महासंघको ६४ औँ स्थापना दिवसको अवसर तथा षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार –२०७५ वितरणका लागि महासंघको मोरङ शाखाद्वारा आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री राईल पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै सो जानकारी दिनु भएको हो ।

मुख्यमन्त्री राईले प्रदेश सूचना आयोग बनाउ राष्ट्रिय सूचना आयोगसँग सल्लाह र परामर्श लिने बताउँदै प्रदेशमा बढी भन्दा बढी कानून बनाउँदै प्रदेश सरकार योजनाबद्ध अघि बढिरहेको जानकारी दिनुभयो । सूचनाको हक सम्बन्धि कानून छिटो बनाउने उहाँले चर्चा गर्नुभयो । उहाँले निश्पक्ष, स्वच्छ र मर्यादित पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउँछ भन्नु भयो । षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार –२०७५ पत्रकार शिव गाउँले र मोफसलका पत्रकार गणेश लाम्सालले पाउनुभएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्