आजको आइपिएल खेलमा सन्दीप भर्सेज रशिद खान ! विश्वकै युबा उत्कृष्ट खेलाडिको भिडन्त

आजको खेलमा मुख्य गरि सन्दीप र रशिद खानलाई महत्वका साथमा हेरिएको छ । विश्वकै उत्कृष्ट बलरको सुचिमा रहेका रशिद सहभागी टिमसंग खेल्नु सन्दीपलो परीक्षा पनि हो । सन्दिपले जारी सिजनमा दुई खेलबाट ३ विकेट लिएका छ्न भने समग्रमा आइपिएल भरी सन्दिपले ५ खेलबाट ८ विकेट लिईसकेका छ्न ।
सन्दीप आइपिएलको तेश्रो खेल खेल्ने भएको छ । भारतमा जारी ईन्डियन प्रिमियर लिग आईपिएलमा आज पनि एक खेल हुँदैछ । आज हुने खेलमा नेपाली समय अनुसार राति सवा ८ बजे सन्दिप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले सनराईजर्स हैदरावादको सामना गर्दैछ । सनराईजर्स हैदरावादबिरुद्धको खेलमा नेपालका युवा स्पिनर सन्दीप लामिछानेले समेत प्लेइंग ११ मा मौका पाएका छन् । सन्दीप आइपिएलको यो सिजनको आफ्नो तेस्रो खेल खेल्नेछन ।
समग्र आइपिएल ईतिहासमा दुबै टोलि हालसम्म १२ पटक एकआपसमा भिडेकोमा दिल्लीले ४ खेलमा मात्रै जित निकालेको छ भने हैदरावाद ८ खेलमा विजयि भएको छ ।
सन्दिप लामिछाने को हुन ?
सन्दिपलाई २०१७ फेब्रुअरीमा चर्चित बेलायती क्रिकेट म्यागजिन अलआउट क्रिकेटले बिश्वकै उत्कृस्ट युवा क्रिकेट खेलाडीहरुको सुचीमा सामेल गरेको थियो। नेपाली स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सका लागि किंग्स इलाभेन पन्जावविरुद्धको सुरुवाती दुई ओभरमा उत्कृष्ट प्रर्दशन गरेका छन् । अहिले खेल जारी रहेको छ ।
सन्दीपले पहिलो ओभरमै विकेट लिएका छन् । सन्दीप पहिलो स्पेल लिएर चौथो ओभरमा आएका १० रन खर्चेर १ विकेट लिए । सन्दीपको पहिलो बलमा मयंक अग्रवालले १ रन लिए,दोस्रो बलमा साम करनले डट र तेस्रो बलमा साम करनले दुई रन लिए । चौथो बलमा सन्दीपलाई करनले कडा छक्का प्रहार गरे । पाँचौ बलमा भने सन्दीपले करनलाई २० रनमा एलवी डब्लु आउट गर्दै पेभिलिएन फर्काए । छैटौं बलमा सरफराज खानलाई १ रन दिए । दोस्रो ओभरमा पनि सन्दीपले कसिलो बलिङ गरे । पहिलो दुई बलमा कुनै रन नदिएका सन्दीपले त्यसपछि लगातार चार ओटा सिंगल दिएका थिए । दुई ओभरमा उनले १ विकेट लिँदै १४ रन खर्चेका छन् ।
को हुन सन्दिप लामिछने ?
सन्दीप लामिछाने (जन्म: २ अगष्ट २०००) नेपाली क्रिकेट खेलाडी हुन् । सन्दीपले २०१५-१७ आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप को १६ अप्रिल २०१६ को नामिबिया विरुद्धको खेलबाट लिस्ट ए क्रिकेट सुरुवात गरेका हुन्। योभन्दा पहिला उनी नेपालको अन्डर १९ क्रिकेट टिममा छानिएको थिए । सेप्टेम्बर २०१६ मा उनलाई अष्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले सिड्नी स्थित वेस्टर्न सबअर्व डिस्ट्रिक्ट क्रिकेट क्लबमा खेल्नका लागि निमन्त्रणा पठाएका थिए।
छोटो समयमै नेपाली क्रिकेट टिमका चर्चित तथा महत्वपूर्ण खेलाडी बन्न सफल सन्दिप लामिछानेले आफ्नो प्रदर्शन र बलिंगको मदतले नेपालको नाम थुप्रैपटक उँचो पारिसकेका छन्।सानै उमेरमा चर्चाको शिखरमा पुग्न सफल सन्दिपले धेरै फ्यानहरु कमाएका छन्। बिश्वकै धनि क्रिकेट लिग इन्डियन प्रिमियर लिग आईपीएल टि-२० खेल्ने भएपछि उनि पुनः चर्चाको शिखरमा छन्। नेपाली लेग स्पिनर सन्दिप लामिछाने आईपीएल खेल्ने पहिलो नेपाली भएका छन्। आईपीएलको बेन्गलुरुमा जारि अक्सनमा सन्दिपलाई दिल्ली डेयर डेभिल्स टिमले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो। लेग स्पिन बलिंग र गुगलीको कारण परिचित सन्दिप आईपीएल अक्सन सुचीको २७६ औं नम्बरमा थिए र एसोसिएट रास्ट्रबाट यो सुचीमा पर्ने दोश्रो खेलाडी थिए। सन्दिपको नाम आएको केहि समय कुनै टोलिले पनि उनीमा इच्छा देखाएनन्। तर अक्सनर हेड्लीले पुनः रु २० लाख मात्र भनेपछि दिल्लीले सन्दिपलाई बोलि लगाएको थियो। दिल्ली बाहेक अन्य टोलिले इक्ष्या नदेखाउँदा सन्दिप बेस प्राइसमा दिल्लीमा अनुबन्धन भए। अब सन् २०१८ को आईपिएल सिजन सन्दिपले दिल्लीबाट खेल्नेछन्। दिल्लीको टोलीमा गौतम गम्भीर, ग्लेन म्याक्स्वेल, कागीसो रबाडा जस्ता खेलाडी रहेका छन्। सन्दिप आईपिएल खेल्ने पहिलो नेपाली खेलाडीपनि बने। यसअघि पनि उनको नाम पाकिस्तानी सुपर लिग र बङ्गलादेश प्रिमियर लिगको ड्राफ्टमा आएपनि उनि अनुबन्धित भने भएका थिएनन् । सन्दिपलाई २०१७ फेब्रुअरीमा चर्चित बेलायती क्रिकेट म्यागजिन अलआउट क्रिकेटले बिश्वकै उत्कृस्ट युवा क्रिकेट खेलाडीहरुको सुचीमा सामेल गरेको थियो।