Logo

किरात राई लेखक संघले कोष स्थापना गर्ने


हिजो राज्यको चरित्र पूर्ण रुपमा विभेदकारी थियो, यद्यपि आंशिक विभेदकारी छ । यसलाई पूर्ण रुपमा भोलिका दिनमा ध्वस्त गर्नै पर्नेछ । हिजो हाम्रा अग्रजहरूले जिन्दगीभर समानताका निम्ति लेखे तर विभेदकारी सत्ताले जातीयताको बिल्ला भिराउँदै लोप्पा ख्वाइरह््यो ।

कम्तिमा उहाँहरूको सम्मान सम्बन्धित् समुदायले गर्नुपर्छ र नयाँ पिँढीका साहित्यकारलाई प्रोत्साहन गर्दै लानुपर्छ भन्ने उद्धेश्यले किरात राई लेखक कोषको स्थापना गरी अग्रज पुस्ताका किरात राई लेखकहरुलाई सम्मान तथा यूवा पुस्ताका लेखकहरुलाई पुरस्कृत गर्ने योजना किराले संघले अघि सारेको छ । हिजो हाम्रा किरात पुर्खाले अनेकौं दु:ख/कष्ट खेपेर बचाई ल्याएको ईतिहास, संस्कृति, सभ्यता, कला, सिप र ज्ञान अहिले किरात राई जाति र नेपाल देशको मात्र नभएर विश्वकै निम्ति अमुल्य सम्पती हुन । जसलाई बचाउने/अभिलेखिकरण गर्ने जिम्मेवारी अहिले हाम्रै काँधमा आइपरेको छ । ती किरात ईतिहास, संस्कृती, सभ्यता, कला, ज्ञान र सिपलाई गीत, गजल, कविता, कथा, उपन्यास र काव्य/महाकाव्यको माध्यमबाट साहित्यमा  किरात राई लेखक संघले काम गर्नेछ ।

किरात राईको कला/साहित्यको क्षत्रमा ताते गर्न सिकाउनुभो, वहाँहरूको सम्मान, नयाँ पुस्ताका लेखकलाई प्रोत्साहन र किरात साहित्य अध्ययन/अनुसन्धान र प्रकाशन गर्ने पवित्र उद्देश्यले “किरात राई लेखक कोष” को स्थापना गर्न गर्न लागेको कुरा संयोजक प्रगती राईले बताइन । अक्षयकोष स्थापनाका निम्ति निम्नानुसार १. विशिष्ट संरक्षक सदस्य – १५,०००/- (पन्ध्र हजार) २. संरक्षक सदस्य – १०,०००/- (दश हजार) ३. आजिवन सदस्य – ५,०००/- (पाँच हजार) र ४. साधारण सदस्य – १,०००/- (एक हजार) का दरले सदस्यता प्रदान गर्दै कोषको सङ्कलन गर्ने अभियान शुरु गर्ने छ ।  किरात राई लेखक अक्षयकोष स्थापना समितीमा संयोजक – प्रगती राई, सह-संयोजक – चन्द्रा चाम्लिङ, सदस्य – प्रकाश दुमी राई, सदस्य – अमित चाम्लिङ, सदस्य – कविता राई गाउँले, सदस्य – अम्बिका याम्फु अनमोल र सदस्य – बिकास सौगात रहेको छन ।

किरात राई लेखक संघको यस पुण्य काममा सदस्यता ग्रहण गरेर सहयोग गरिदिनहुन साहित्यकारसमाजसेवीबुद्धिजीवी संपूर्णमा आह्वान संयोजक प्रगती राईले गरेकी छिन र प्राप्त व्याजबाट अग्रज र युवा साहित्यकारलाई प्रत्येक वर्ष सम्मान तथा पुरस्कार प्रदान गर्ने र किरात साहित्यकै विषयमा अध्ययन अनुसन्धान गर्दै विभिन्न किताबहरू प्रकाशन गर्दै जाने उद्देश्य रहेको बताइन  ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्