Logo

होलैसुङका ९ पाछाको एउटै वंशावली


– राजु बिक्रम चाम्लिङ
४०० वर्ष अगाडीको हलेसी थुमका राजा होलैसुङका सन्तानहरु १० पाछा मध्ये बाँकी रहेका ९ पाछाहरुको एउटै संगालोमा वंशावली निर्माण हुने भएको छ । होलैसुङका सन्तानहरु होमदिम्होंछा, मायाराजाछाहोंछा, पुरिमहोंछा, बिराजाहोंछा, मुङ्लोहोंछा, फ्लोमोहोंछा, नाम्राहोंछा, सैंदोहोंछा र पातेसुङहोंछा रहेका छन् । जसमा १० मध्ये जिताराछाहोंछा पृथ्वी नारायण साहको सेनाले १८३० भाद्रको आक्रमणमा मासिएको वा भागेर धेरै टाढा गएको भन्ने पुर्खाहरुको भनाईछ । हाल रहेका ९ पाछाहरु सबैको तथ्यांक वंशाली संकलन गर्नको लागी सबै पाछाहरुको नौं वटै उपसमिति गठन गरिएको छ । ७५ भन्दा बढी उपस्थिति रहेको पुर्खा तथा युवाहरुले भेलामा वंशावलीको आवश्यक, औचित्य र महत्व तथा यसको ऐतिहासिकता बारेमा सहसंयोजक भोगीराज चाम्लिङले र आर्थिक व्यवस्थापन बारे भोगीराज राईले प्रस्तुतीकरण गर्नु भएको थियो । मुल समितिका अध्यक्ष भुपेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा मुल समितिका सदस्य तारा राईले स्वागत भाषण गर्नु भएको थियो । कार्यक्रममा स्थानिय जनप्रतिनीधिहरुको आतिथ्यमा सम्पन्न भएको थियो । नवगठित उपसमितिहरुलाई अतिथिहरुको तर्फबाट हलेसी तुवाचुङ नगरपालीका वडा नं. ५ का वडा अध्यक्ष रमेश तिवारीले बधाई तथा धन्यवाद दिंदै आफु पनि संरक्षक सदस्य रहने प्रतिवद्धता जाहेर गर्नु भयो ।

एउटै राजाको सन्तान धेरै पाछा पनि हुन्छर ? वा धेरै पाछाहरुले एउटै राजा मानेका हुन ?
वंशावली बारेमा छलफलको क्रममा धेरै प्रस्तुतीहरु भए । तर्क वितर्क भए । कतिपय प्रश्नहरु आए । होइन होलैसुङ राजा थियो भने वा उसको १० भाई छोराहरु थियो भने कसरी १० पाछा भयो ? अथवा १० पाछाले चाही होलैसुङलाई राजा मानेका थिए होला । तर वास्तवमा हामी राईहरु सबैले आफ्नो पुर्खा राजा यलम्बरलाई मान्छौं । राईभित्रका चाम्लिङ, खालिङ, वान्तावा, लोहोरुङ लगायत २८ बढी किराती राईहरुले आफ्नो पहिलो राजा यलम्बर मान्छौं । यसमा कुनै दुईमत छैन । यदी सबैको राजा यलम्बर हो भने ती सबै राईहरु एक थिएकी थिएन त पहिले भन्दा निश्चय नै एउटै थिए । पछि आफ्नो संस्कार संस्कृति, चालचलन, प्रचलन व्यवहारमा बाँधिदै जाँदा धेरै राईहरु भए । यसकारण धेरै राईहरुले यलम्बरलाई आफ्नो राजा र पिता मान्छन्, मान्दैछन् र मानिरहनेछन् भने, होलैसुङका सन्तानहरु पनि धेरै पाछा भएका हुन् । धेरै पाछाहरुको राजा वा पुर्खा होलैसुङ हो ।

अथवा अन्य समूदायहरुमा पनि आर्यहरुले पनि आफ्नो पुर्खा एउटै मान्छन् । जसमा क्षत्रिहरुको इतिहास वा बाहुनहरुको पनि पुर्खा एउटै मान्छन्, एउटै हुन्छन् । समय र परिस्थिति अनुरुप समाज परिबर्तन हुँदै जाँदा समाज र समूदायहरुको संस्कार र प्रचलनहरु परिबर्तन हुँदै गयो । तर हामीले हिजोको मानिस उत्पतिको अवस्था, अनि मध्यकालिन अवस्था र अहिलेको परिस्थिति तुलनात्मक रुपमा तुलना गर्दा फरक हुन सक्छ । किनकी हिजो नाङ्गै रहेका पुर्खाहरु, विस्तारै लुगा लगाउने थाले । भने आजका विकसित राष्ट्रका जनताहरु विस्तारै नाङ्गिदै जान थालेका छन् । यसकारण बर्तमान परिवेश अनुसारको हिजोको अवस्था खोज्नु अथवा अहिलेको पाछा हिजोको अवस्थासँग तुलना गर्नु मुर्खता बाहेक केही हुन्न । इतिहास हिजोको नै हुन्छ । तर त्यसलाई समय अनुरुप परिबर्तित गर्दै लगिन्छ । यानकी आज भन्दा २५०० वर्ष अगाडी जन्मेको बुद्धको सन्देश त्यही समयमा भएको वा उहाँले नै दिनु भएको भन्दा पनि उहाँको शिष्यहरुले समयको बरिबर्तनसँगै ऐतिहासिक बनाउँदै, समय सान्दर्भिक बनाउँदै लगेको हो ।
नांै पाछाहरुको उपसमिति निम्न अनुसार रहेका छन् ।
१. बिराजाहोंछा
अध्यक्षः पंच बहादुर राई
सचिवः राजन राई
सदस्यः युकेश राई
सदस्यः मेजर राई
सदस्यः जसजित राई

२. पातेसुङ्छाहोंछा
अध्यक्षः श्याम कुमार राई
सचिवः पदम कुमार राई
सदस्यः पर्शु राई
सदस्यः भरत राई

३. पुरिमहोंछाहोंछा
अध्यक्षः रुद्र बहादुर राई
सचिवः पर्वत राई
सदस्यः रविधन राई
सदस्यः महेन्द्र राई
सदस्यः ध्रुव राई

सल्लाहकारः पुनसिं राई

४. मुङ्सिम्होंछा
अध्यक्षः हर्क बहादुर राई
सचिवः इच्छाराम राई
सदस्यः शंखराज राई
सदस्यः सुन्दर राई
सदस्यः आमोद राई
सदस्यः मानसेर राई
सदस्यः दाइन्द्र राई

५. फ्लोमोहोंछा
अध्यक्षः कुम्भराज राई
सदस्यः राम कुमार राई
सदस्यः रविन चाम्लिङ
सदस्यः टेकराज राई
सदस्यः देबबिक्रम राई
सदस्यः अम्बर राई
सदस्यः गर्भराज राई

६. मुङ्लोहोंछा
सयोजकः जितराज राई
सह–संंंंंयोजकः चक्रबहादुर राई
सचिवः नविन चाम्लिङ
सदस्यः बलबहाुर राई
सदस्यः कमल चाम्लिङ
सदस्यः यविन्द्र राई
सदस्यः टिबन राई
सदस्यः विनोद राई

७. होम्दिम्होंछा
अध्यक्षः मविन्द्र राई
उपाध्यक्षः नरेन्द्र राई
सचिवः तम्बर राई
सहसचविः सलन राई
कोषाध्यक्षः गमिता राई
सदस्यः लम्मी राई (ईशुराम्पा, घुर्चु)
सदस्यः खेमराज राई (धितुङ)
सदस्यः भुपेन्द्र राई (कातिके)

सल्लाहकारः चक्र कुमार राई
सल्लाहकारः रोम बहादु राई
सल्लाहकारः जगत राई
सल्लाहकारः प्रदिप राई

८. मान्सुङछा
संयोजकः कुबेर राई
सहसयोजकः रत्न राई
सचिवः डिल्ली राई
कोषाध्यक्षः सुलोचना राई
सदस्यः विश्वहाङ चाम्लिङ
सदस्यः समिला राई
सदस्यः सर्वलक्ष्मी राई

९ नाम्राछा
अध्यक्षः पदम बहादुर राई
उपाध्यक्ष्यः गजुरमान राई (गैरीगुठ)
सचिवः केबल नारायण राई
सदस्यः मधुवर राई (बुईपा)
सदस्यः अम्बर राई (बुईपा)
सदस्यः भोजराज राई (वानाम्ला)
सदस्यः सप्तबहादुर राई (गैरीगुठ)

सल्लाहकारः जनकराज राई (चुमाखु)
सल्लाहकारः प्रेमकुमा राई (वानाम्ला)
सल्लाहकारः धनश्याम राई (चुमाखू)
सल्लाहकारः अम्बर राई (वानाम्ला)
सल्लाहकारः नैन कुमार राई (चुमाखु)
सल्लाहकारः बाबुराम राई (वानाम्ला)

सहयोग समिति
तामन राई
सुमन राई (गाईघाट)
देबेन्द्र राई (वानाम्ला)
इश्वर राई (वलम्ता उदयपुर)
खिलराज राई (बाँसबोटे उदयपुर)
इन्दु राई (सुखौरा गाईघाट उदयपुर)
टंक राई (राटमाटे)

१०ः सैदाछा
अध्यक्षः सर्बधन राई

स्मरणरहोस यस वंशावली निर्माणको क्रममा हलेसी थुम, यस आसपासमा रहेका समूदायहरु, जाति, धर्म, धार्मिक, साँस्कृतिक ऐतिहासिक स्थलहरु लगायतको अध्ययन तथा प्रतिवेदन समेत लिपिवद्ध गरिनेछ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्