Logo

सगरमाथा सहित अन्य हिमाल आरोहण शुरु : २५ करोड बढी राजस्व उठयो


सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य १३ सयभन्दा बढी हिमाल रहेका बताइन्छ ।यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणका लागि हालसम्म ४६ आरोही समूहले आरोहण अनुमति लिएका छन् । ४६ आरोही समूहका १ सय ९३ आरोहीबाट आजसम्म २५ करोड ५६ लाख २८ हजार ८३७ रूपैयाँ रोयल्टी जम्मा भएको पर्यटन विभागका कर्मचारीले बताएका छन् ।

सगरमाथा सहितका हिमाल आरोहणका लागि आरोही धमाधम गन्तव्यतर्फ लागेका विभागका कर्मचारीले बताए । कञ्चनजङ्गा र ल्होत्सेका लागि समान चार र अन्नपूर्ण तथा अमादब्लममा समान दुई आरोही समूहले आरोहण अनुमति लिएका छन् ।
मकालु, नुपुचे र ग्याल्जेनपिकका लागि दुई(दुई समूहले अनुमति पाएका छन् । विभागको पर्वतरोहरण शाखाका रामेश्वर निरौलाका अनुसार आरोही आउने क्रम जारी रहेकाले यो वर्ष आरोहीको उत्साहजनक सहभागिता रहने अनुमान छ । सन् २०१८ को वसन्त ऋतुमा ४१ करोड २८ लाख ८४ हजार ६ सय ३८ राजस्व जम्मा भएको थियो । सोमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै ३५ करोड १४ लाख ९८ हजार ३ सय १२ राजस्व उठेको थियो ।

हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् । सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, ल्होत्से अमादब्लम, पुमरीलगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका ठूलो सङ्ख्यामा आरोही हिमालतिर लागेका हुन् । पर्यटन विभागका अनुसार, हिमाल आरोहणका लागि सोमबारसम्म ४८ आरोहण समूहले निवेदन दिएकामा २३ समूहले आरोहण अनुमति प्राप्त गरेका छन् । यीमध्ये आठ सगरमाथा आरोहण समूह छन् । जम्मा १७७ आरोही सदस्य छन् ।

सन् २०१८ को यही मौसम ९वसन्त ऋतु० मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य एक हजार ३०० बढी हिमाल रहेको बताइन्छ । विभागकै पर्वतारोहण शाखाका रामेश्वर निरौलाका अनुसार सोमबारसम्म हिमाल आरोहणबाट रु नौ करोड ३४ लाख २६ हजार ८२७ रोयल्टी सङ्कलन भएको छ । सन् २०१८ को वसन्त ऋतुमा रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको थियो । अघिल्लो वर्ष सबैभन्दा धेरै सगरमाथाबाट मात्रै रु ३५ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी उठेको थियो ।

आरोहण अनुमति लिनेको अहिलेसम्मको अवस्थालाई हेर्दा यो वर्ष पनि आरोहीको उत्साहजनक सहभागिता हुने अनुमान गरिएको छ । गत वर्षको यही यामको चैत २० गतेसम्म ३४ आरोहण दलले निवेदन दिएकामध्ये १५ समूहले सगरमाथा आरोहण अनुमति लिएका थिए । वैशाखसम्म नै आरोही आउने भएकाले पनि आरोही बढ्नसक्ने बताइएको छ । विभागका महानिर्देशक डण्डुराज घिमिरेले अनुकूल मौसमले यो याममा धेरै आरोही धमाधम गन्तव्यतर्फ जान थालेको बताउनुभयो । अघिल्लो वर्षको तुलनामा आरोहीको सङ्ख्या बढ्ने उहाँले उल्लेख गर्नुभयो । “अहिलेसम्मको आँकडा हेर्दा हिमाल आरोहीको सङ्ख्या यसपटक बढ्ने देखिएको छ, दैनिक तीन÷चार आरोही समूहलाई आवश्यक निर्देशनसहितको जानकारी ‘ब्रिफिङ’ गरिरहेका छौँ”, महानिर्देशक घिमिरेले भन्नुभयो ।

यो यामको आरोहणका लागि बाटो खुलाउन शेर्पा आरोही डोरी टाँग्ने ९रोप फिक्सि०का लागि सगरमाथाको चुचुरोतर्फ खटिएको विभागले जनाएको छ । आरोही हिमालतिर लागे पनि वैशाखको तेस्रो सातादेखि मात्र आरोहण शुरु हुने जनाइएको छ । सगरमाथासहितका हिमाल आरोहणमा देखिएका विकृतिलाई नियन्त्रण गर्न नियामक निकाय पर्यटन विभागले पर्वतारोहणलाई थप व्यवस्थित गर्ने भएको छ । आरोहणका क्रममा सम्पर्क अधिकृत खटाएका स्थानमा नजाने तथा आरोहणमा संलग्न कम्पनीले फर्जी कागजात पेश गरेर आरोहणको प्रमाणपत्र लिनेजस्ता विकृति बढेको भन्दै विभागले आरोहणलाई मर्यादित बनाउन लागेको हो । विभागका निर्देशक मीरा आचार्यका अनुसार विगतमा आरोहणमा भएका विकृतिजन्य गतिविधिलाई नियन्त्रण गरी आरोहणलाई विश्वसनीय र प्रभावकारी बनाउन खटिने सम्पर्क अधिकृतलाई विशेष जिम्मेवारीका साथ पठाइनेछ । आरोहणमा अनुशासन कायम गर्न आरोहणको यो यामदेखि सुरक्षाकर्मीलाई पनि सम्पर्क अधिकृतका रूपमा खटाइने विभागले जनाएको छ । छ हजार ५०० मिटरमाथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ । आरोहण दलको सङ्ख्याअनुसार सम्पर्क अधिकृत खटिन्छन्् ।

सगरमाथा आरोहणमा जानेबाट सरकारले प्रतिव्यक्ति विदेशीसँग रु ११ लाख दस्तुर लिन्छ । नेपालीले रु ७५ हजार तिर्नुपर्छ । विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा रु ३० लाखदेखि रु एक करोडसम्म खर्च गर्छन् । मुलुकको पर्यटनको महत्वपूर्ण आधार मानिने पर्वतारोहण राजश्व आम्दानीका हिसाबले पनि सबैभन्दा धेरै हिमालबाटै रोयल्टी उठ्छ । नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगतरूपमा मात्रै पाँच हजारको हाराहारीले आरोहण गरेका छन् । रासस

सगरमाथा

सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाई समुन्द्र सतहबाट ८,८४८ मिटर (२९,०२८ फिट) छ ।४ यो नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो । विशेष गरी थुलुङ राई स्थानियवासीहरू सगरमाथालाई चोमोलुङ भन्दछन् । सगरमाथालाई सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट नामाकरण गरिएको थियो ।५ पछि सन् १९५६ (बि ।स । २०१२) मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन साथै उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन् ।६ यसलाई कतै कतै देवढुङ्गा ७ पनि भन्ने गरेको पाइन्छ । सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए ।

नामकरण र आरोहणको पृष्ठभूमि

सन् १८०९ मा माथिल्लो गंगा अर्थात कुमाउक्षेत्रको खोजीमा निस्केका डब्लूएस वेबले नेपालमा धौलागिरी हिमाल ८ हजार मिटरभन्दा माथिको उचाइमा रहेको रहस्योद्घाटन गरेका थिए अर्थात हिमालयका अग्ला पर्वतहरूमध्ये सबैभन्दा पहिले उचाई नापिएको हिमाल धौलागिरी हिमाल (८,१७२ मिटर) हो । यस हिमालको उचाई नापेपछि यसैलाई संसारको अग्लो हिमाल भनिएको थियो । पछि सन् १८४८ मा कञ्चनजङ्घाको उचाई नापियो र यसको उचाई ८ हजार ५ सय ८६ मिटर हो भन्ने निक्र्योल भएपछि कञ्चनजङ्घालाई संसारको अग्लो चुचुरो भनियो । त्यही वर्ष अन्य हिमालहरूको उचाई नापियो र रेकर्ड संकलन गरेर सर्वे अफ इन्डियाको कार्यालयमा पठाइयो । त्यसको करिब तीन वर्षपछि सन् १८५२ मा जब सगरमाथा विश्वकै सबभन्दा अग्लो शिखर भन्ने ठहर भयो, त्यतिखेर त्यसको उचाइ २९ हजार २ फिट भनी मानियो । सगरमाथालाई रोमन संकेतचिहृन ‘पिक १५’ नाम प्रदान गरियो । सन् १८५२ तिर पहाडहरूको उचाइ ‘कियोडा लाईट’ यन्त्रको प्रयोगबाट मापन गरिरहेका भारतको सर्वे विभागको एउटा टोलीका सदस्यहरूमध्ये एक बङ्गाली नागरिक राधानाथ सिकन्दरले आफूले सर्वोच्च शिखर पत्ता लगाएको दाबी गरे ।

राधानाथका सहयोगिका रूपमा हेनेसी नामका उनका चेला थिए । उक्त विभागका सर्वे कर्मचारीहरू तेजवीर बुढाथोकी र राधानाथ सिक्दरले पत्ता लगाएको उक्त शिखरको उचाइ ८ हजार ८ सय ४० मिटर थियो । राधानाथ प्रतिभाशाली गणितज्ञ थिए । सर्वे अफ इन्डियामा जागीरे हुँदा उनको उमेर केबल १९ वर्षको थियो । बङ्गालमा आज पनि उनलाई सम्झनु पर्ने एउटा कारण छ किन भनें उनले ‘मासिक पत्र’ नामको हुलाक-पत्रिका निकाल्थे, जुन विशेषत महिलाहरूका लागि थियो । यस हुलाक-पत्रिकामा बङ्गाली भाषा प्रयोग हुन्थ्यो र महिलाहरूको सामाजिक चेतनाको स्तर उठाउने खालका सामग्रीहरू हुन्थे । सर्वोच्च शिखरको उचाइ नाप्ने विधि बेलायतका इन्जिनियर जर्ज एभरेष्टले विकास गरेका थिए । विश्वको सर्वोच्च शिखर खोज्ने कार्य सुरू भएपछि बिहार (भारत) को समतल मैदानको अध्ययन गरिरहेका भारतका सर्वेयर-जनरल सर एन्ड्रयू वाघले आफ्ना अग्रज जर्ज एभरेष्टका स्मरणमा पन्ध्रौँ चुचुरो भन्ने नामबाट फेरेर सन् १८६५ (वि.सं. १९२१)मा ‘माउण्ट एभरेष्ट’ नाम राखिदिए । एन्ड्रयू वाघको उक्त टोलीले नेपालको एक हिमशिखर संसारको सर्वोच्च भागका रूपमा रहेको दाबी पनि गरे । भारतको तत्कालीन कम्पनी सरकारद्वारा उक्त नामकरण गरिँदा जर्ज ७५ वर्षका थिए । जर्ज एभरेष्ट सन् १८२५ देखि सन् १८४३ सम्म भारतका सर्वेयर जनरल थिए । विसं २०१३ सालमा इतिहासशिरोमणि बाबुराम आचार्यले उक्त पर्वतको नेपाली न्वारान गरी ‘सगरमाथा’ नाम राखिदिएका हुन । उनले यस पर्वतको नेपाली नाम ‘शारदा’ नामक पत्रिकामार्फत गरेका थिए ।

प्रथम आरोहण

सन् १९५२ को ग्रीष्म ऋतुमा स्वीस नागरिकहरूलाई सगरमाथा आरोहण गर्ने स्वीकृति दिएपछि सन् १९५३ सम्ममा बेलायती नागरिकहरूलाई सफल आरोहणको लागि अन्तिम मौका दिइएको थियो । सन् १९५४ मा फ्रेन्च नागरिकहरूलाई र सन् १९५५ मा स्वीस नागरिकहरूलाई आरोहण अनुमति दिइएको थियो । बेलायती हिमालयन समितिले उच्च पहाड एवम् हिमाल चढाइमा कीर्तिमान प्राप्त गरेका एक सेना अधिकृत जोहन हन्टलाई समूह नेताको (टिम लिडर) रूपमा नियुक्त गरेको थियो । उनले नेतृत्व गरेको समूहले सन् १९३६ मा सगरमाथाको साहसिक यात्रामा सफलता हासिल गर्न सकेन । हन्टको समूह ठूलो थियो । सिपटनका साथमा सन् १९५२ मा चढेका मानिसहरू पनि त्यहा समावेश भएका थिए । उक्त समूहमा जर्ज व्याण्ड, टम वोर्र्डिन, चार्लस्, अल्फ ग्रेगरी, एडमण्ड हिलारी, जर्ज लोवे, माइकल वार्ड, टिम डाक्टर, मिखाइल वेष्टमाकोट र चार्लस वाइली समावेश भएका थिए । त्यसैबेला जेम्स मोरिसले पत्रिकाको लागि समाचार लेख्ने र टम स्टोवर्टले त्यस कार्यको फोटो खिच्ने कार्य गरेका थिए । तेन्जिङ्लाई शेर्पाहरूको सरदार भै आरोहण समूहमा समावेश हुन निमन्त्रणा गरिएको थियो । त्यस साहसिक यात्राका क्रममा आधार शिविरदेखि ल्होत्सेको मोहडासम्म पंक्तिबद्ध रूपमा शिविर स्थापना गरिएका थिए । उक्त यात्रामा दुई प्रकारका अक्सिजन उपकरणहरू प्रयोगमा ल्याइएका थिए । मे २६ मा विहान ७ बजे वोर्डेलो र इभान्स दुवैजना हन्ट एवम् नामग्याल शेर्पाको साथमा खोंचबाट शिविरतर्फ प्रस्थान गरे । वोर्डेलो र इभान्सले सुरूमा राम्रो प्रगति गरे पनि हिउँ र अक्सिजन सेटको कारणले आरोहणमा ढिलाई भयो । अन्त्यमा उनीहरूको प्रयास सफल भएन र तल झरे । २८ मे को दिन हिलारी र तेन्जिङ् लोवे एवम् आङनिमाको सहयोगमा नवौं शिविरमा पुगे । मे १९ को विहान ६.३० मा हिलारी र तेन्जिङ् माथि चढन सुरू गरे । दक्षिणी चुचुरोमा पुग्नुभन्दा अगाडि हिमपातका कारणले यात्रामा अवरोध आयो । यो अवस्थामा हिलारी त्रसित भए । एकातिर माथिबाट हिउाको पहिरो आइ ज्यान लिने स्थिति थियो, अर्कोतिर सगरमाथा शिखरमा पुग्ने एकमात्र मौका गुमाउन नहुने अवस्था थियो । उनीहरू विहान ९ बजे भिराले चढेर दक्षिणी टाकुरामा पुगिसकेका थिए । अन्तिम पर्वतधार चढन कठिन देखिन्थ्यो तर पनि उनीहरू धैर्यका साथ अगाडि बढे । यो नै अहिलेका प्रसिद्ध हिलारीको जटिल खुडकिलो थियो । त्यसपछि तेन्जिङ् र हिलारी सजिलैसाग शिखरमा पुगे । केहीबेरको आराम पछि बधाइको आदान प्रदान भयो । तेन्जिङ्बाट हिलारीले शिखरको फोटो लिए र मालोरी एवम् इरभाइनको सङ्केतका लागि उत्तरतिर चिहाए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्