Logo

बारा-पर्साको लागी हङकङबाट आयो सहयोग

नबिन खडका

काठमाडौँ । गत चैत १७ राति आएको विनाशकारी हावाहुरीबाट प्रभावित भएका घर-परिवारलाई बिदेशी भूमिलाई कर्मभुमि बनाएका नेपालीहरुले राहत रकम सहयोग कलाकार तथा बिदेशमा बेचियाका चेलिबेटी उद्धारकर्ताहरूले बितरन गरेका छन ।

ललितपुर ईमाडोल घर भई हङकङ्म बस्दै आएका समाजसेवी ब्यक्यित्व उमा राई (सारी पसल) को नेतृत्व र पहलमा त्यहाँ रहेका नेपालीहरुको सहयोगमा १ लाख ४६ हजार ५ सय ४५ रकम सहयोग गरेका छन् । यस्तै दोलखा घर भई हाल अमेरिका बोस्टनमा कर्मथलो बनाएका समाजसेवी कृष्ण महतको नेतृत्व तथा सक्रिय पहलमा १ लाख ११ हजार ८ सय २६ त्यसै गरी बेल्जियम बस्दै आएका अर्जुन तिवारी दाम्पतीको तर्फबाट ३५ हजार गरी २ लाख ९३ हजार बराबरको रहात सहयोग गरेका छन् । सामाजिक अभियन्ताको ब्यानर बनाई दैविक प्रकोप आँधीहुरी बिपतमा परेका तराईका दुई जिल्ला बारा र पर्सामा विदेशमा बेचियका चेलिहरुको उद्धारकर्ता, समाजसेवी तथा कलाकारहरुसहित पुर्व पर्यटन राज्यमन्त्रि तथा हाल २न.प्रदेश सभा सदस्य ज्वाला कुमारी शाहाको उपस्थितिमा सवा झंडै साढ़े ३ लाख बराबरको राहात वितरण गरिएको गायक नवीन खड़काले बताउनु भयो ।

बिदेशमा बेचियाका चेलिहरूको सक्रिय उद्धारकर्ता सामाजिक अभियान्ता तथा कलाकार नविन खड्का, विदेशमा बेचिएका चेलिबेटि उद्दारकर्ता धावा ठोकर, कृति गोले, कलाकार तथा मोडल सामाजिक अभियन्ता बेलयात नागरीक फिलिप्स बचाउ अभियानका अभियान्त दिपक डोटेल र समजसेवी दिर्घमान तामाङले उक्त रकम बराबरको सामाग्री बाराको देउताल गाउँपालिका, रङपुरुवा, हर्दिया, पर्सारामपुर, फुलबारी र प्रहरी चौकिलाई गरी जम्मा १०५९ घरधुरीलाई झुल तथा म्याट वितरण गरिएको सामाजिक अभियन्ता धावा ठोकरले जानकारी दिए । विपद्मा परेका तराईबासीको दुख पिडालाई हङ्कङ्, अमेरिका, बेल्जियम र कुवेत लगायत प्रवासी भूमिबाट टुलुटुलु बसेर हेर्न नसकिएको समाजसेवी कृष्ण महतले बताए । उनले भने- ‘त्यो दर्दनाक देशको अवस्था हेरेर हामी प्रदेशी भुमिमा त्यतिकै टुलुटुलु हेरेर बस्न सकेनौ र रहात रकम जुटाउन लागिपरेका थियौ, केहि रकम जुटाएर पठाएका छौ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्