दोस्रो हप्तामा चलिरहेको चलचित्र साइँली प्रदर्शनको सुरुका दिनको तुलनामा राम्रो व्यापार गरेको छ । चलचित्र ‘पुरानो डुङ्गा’ बाट चर्चा  बटुलेका निर्देशक राम बाबु गुरुङ्गको आफ्नो छुट्टै पहिचान बनेको छ नेपाली चलचित्रको दुनियाँमा ।  गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राईलगायत कलाकारको अभिनय रहेको साइँलीले यतिबेला दर्शकको राम्रो साथ पाइरहेको छ । नेपाली चलचित्र हेर्ने दर्शकको खडेरी लागिरहेको बेला साइँलीलाई भने माउथ पब्लिसिटीले पनि साथ दिइरहेको छ ।

चलचित्र सफल हुनुमा दर्शकको चलचित्र प्रतिको प्रेम अनि रुचिले पनि फरक पार्छ । यसै गरी  एक पटक चलचित्र हेरेका दर्शकले सामाजिक सन्जालामा चलचित्रको मन परे नपरेको भन्दै आफ्नो विचार राख्ने गर्छन् । सांइली हेरेपछी आफुलाई राम्रो लागेको र अरुलाई पनि हेर्ने सिफारीस गरेका पोस्टहरु प्रसस्तै देखिन्छ । यसै कारण पनि दोस्रो हप्तामा चलेको चलचित्रले हलहरुमा राम्रो अकुपेन्सी पाएको छ ।