Logo

मनहरी गाउपालिकामा ४ ऐन पारित : विवाह गर्दा बढि जन्ती लान नपाईने


मकवानपुर, २२ चैत । मकवानपुरको मनहरी गाउँपालिकाकोे चौथो गाउँ परिषद् सम्पन्न भएको छ । परिषदमा शुक्रबार पेश भएको ४ वटै ऐन सर्वसम्मतले पारित गरिएको मनहरीबाट सञ्चारकर्मी जयराम मुक्तानले जानकारी दिए । बिधेयक समितिका संयोजक तथा २ नम्बर वडाका अध्यक्ष बिरबहादुर घालनले प्रस्तुत गरेको सबै विधेयक तथा ऐनहरुलाई कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुले सहमति जनाउदै पास गराएका हुन् ।

गाउँपरिषद्मा समाज सुधार ऐन ,स्थानीय स्वास्थ तथा सरसफाई ऐन , आर्थिक ऐन संशोधन तथा हाल सम्मको प्रगति विवरण बारे छलफल गरिएको थियो । पास भएका ऐनहरु राजपत्रमा प्रकाशन भएपछि लागु हुने गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जनाकारी दिए । समाज सुधार ऐनमा विवाह गर्दा नातेदार सहित ५१ जना भन्दा बढी जन्ती तथा भोज भत्तेर सहभागी गराउन नपाउने प्रावधान राखिएको छ भने धर्मिक स्थल विद्यालय तथा सर्वजनिक स्थलको ५ सय मिटर वरपर मदिरा तथा सुर्तिजन्य पदार्थ प्रयोग तथा बेचबिखन गर्न नहुने र साँझ ५ बजेदेखि ८ बजेसम्म मात्रै मदिरा तथा सुर्तीजन्य पदार्थको कारोबार गर्न पाउने ऐनमा उल्लेख गरिएको छ । गाउँपालिकाले केही समय अगाडि मात्रै जुवा मदिरा तथा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि सबै वडामा अभियान सञ्चालन गरेको थियो । त्यसै गरि स्वास्थ्यतर्फ गाउँपालिकाको स्वीकृतिमा संचालन हुने १५ बेड सम्मको अस्पतालले कम्तिमा एक जना डाक्टर , ४ जना स्टाफ नर्स , एक जना ल्याव टेक्निसियन तथा आवश्यक कर्मचारी राख्नु पर्ने प्राबधान राखिएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिला विष्टले चालु आर्थिक वर्षको फाल्गुन मसान्त सम्मको प्रगति विवरण प्रस्तुत गरिएको थियो । गाउँपालिकामा आयोजना संख्या ४ सय ६३ , पुँजिगत तर्फ आयोजना संख्य २ सय ३१ तथा चालु तर्फका कार्यक्रम २ सय ३२ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । गाउँ परिषद्को शुन्य समयमा बोल्दै ८ नम्बर वडाका सदस्य पुष्कर सुबेदीले वडा नम्बर ८ मा सञ्चालित क्रसरले ८ नम्बरका विभिन्न स्थानमा प्रदुषणका साथ साथै विभिन्न सामजिक समस्याहरु उत्पन्न भइरहेको बताए । त्यसैगरी सार्वजनिक खरिद ऐनमा घोटाला भएको समेत आशंका उनले गरे । ढुङ्गा गिट्टी तथा बालुवाको कर संकलनस्थलको प्रभावकारी अनुगमन हुनु पर्नेमा उनले जोड दिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष एकराज उप्रेती , उपाध्यक्ष मनिला विष्ट तथा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबराज चौलागाई लगातएतकाको उपस्थिति रहेको थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्