Logo

तेस्रो तामाङ चलचित्र महोत्सवको तयारी तिब्र


काभ्रेको भकुण्डेमा हुन गई रहेको तामाङ चलचित्र महोत्सवको प्रचार प्रसारमा चलचित्र संघ दिन रात एक गरि लागी परेको छ । आगामी चैत्र २९,३० र बैशाख १ गते हुन गई रहको तेस्रो तामाङ चलचित्र महोत्सव सफल पार्न चलचित्र संघका पदाधिकारीहरु दिन रात एक गर्दै प्रचार प्रसारमा जुटेका हुन् ।

हामी महोत्सवलाई सार्थक एवं पहिलो र दोस्रो भन्दा पनि भब्य अनी सभ्य बनाउन लागी परेको छौं हामीलाई कुन दिन कुन रात हरपल महोत्सवमा नै केन्द्रित भई काम गरि रहेका छौं । तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले बताउनुभयो ।तामाङ चलचित्र महोत्सवलाई एक अवसरका रुपमा तामाङ चलचित्रकर्मीको लागि कोशे ढुंगा सावित गराउन आफू लागी परको समेत उहाँले बताउनुभयो । महोत्सव नजिकिदै गर्दा आफूलाई न भोक छ न निद्रा न कुनै ब्यवसायको चिन्ता तर कलाकार अनी कलाकारिताको हक हित साथै तामाङ चलचित्रको विकास एवं प्रर्वधनका लागि आफूहरुको टिम नै लागी परेको उहाँले बताउनुभयो ।

महोत्सवमा ५ तामाङ चलचित्रहरु प्रदर्शन गरिनुका साथै अन्य विविध कार्यक्रमहरु समेत समावेश गरिएको छ । ‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ हुने तेस्रो तामाङ महोत्सवमा २०७० सालपछि निर्माण भएका ५ वटा तामाङ चलचित्रहरु प्रदर्शन गरिने छ । महोत्सवमा देखाईने ५ तामाङ भाषाका चलचित्रहरु छनौट गरिसकिएको छ भने महोत्सवको बारेमा ठाउँ–ठाउँमा पोष्टर समेत टाँसिएका छन् । प्रचारमा माईकिङको समेत प्रयोग गरिएका छन् भने अनलाईन न्यूज पोर्टलहरुले समेत यसलाई प्राथमिकतामा राखेर प्रचार प्रसार गरेका छन् ।

महोत्सवमा श्होङ, सेमरिन मुला माया, आप्लेङला नाम्सा, रुङ्सी टिला र सेर्कु प्रदर्शन गरिने भएको छ । प्रदर्शन गरिने ५ चलचित्रमध्ये उत्कृष्ट एक चलचित्रलाई नगद सहित सम्मान गरिने समेत बताइएको छ । त्यस्तै तामाङ चलचित्रका विभिन्न विधाहरुमा विशेष योगदान दिएका व्यक्तीहरुलाई समेत महोत्सवका समयमा सम्मान गरिने आयोजकले जनाएको छ । यसका साथै महोत्सवमा तामाङ चलचित्रकर्मीहरुले दैनिक रुपमा प्रस्तुति समेत दिनेछन् । ख्याती प्राप्त गायक गायिकाहरुले समेत प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ भने तामाङ समुदायका झाँकी, बोन्बो, लामा र तान्बाहरुको पनि विशेष प्रस्तुति रहने बताइएको छ । महोत्सवमा तामाङ मौलिक खाना, तामाङ गोईलो, डम्फु र बुद्धचित्त मालाहरुको स्टल समेत रहने बताइएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्