Logo

मालेमाबाद के हो ? कम्युनिष्ट कार्यकर्ताले जान्नेपर्ने तथ्यहरु


मालेमाबाद के हो ?
माक्र्सवाद–लेनिनवाद–माओवाद विश्वसर्वहारा वर्गको युक्तिको पथप्रदर्शक सिद्धान्त हो । मालेमावाद संसार बदल्ने बैचारिक हतियार हो । आज मालेमावादलाई आफ्नो जीवनपद्धतिका रूपमा ग्रहण नगरिकन कोही पनि सच्चा क्रान्तिकारी कम्युनिष्ट बन्न सक्दैन । माक्र्सवाद गतिशील सिद्धान्त हो । माक्र्सवाद विज्ञान भएका नाताले यो समय र परिस्थितिको गतिसँगैै सिर्जनात्मक रूपमा विकसित हुँदै आएको छ ।

आज माक्र्सवाद एकलो छैन । आज माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो भने माक्र्सवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो र यो निरन्तर सिर्जनात्मक रूपमा विकासको गतिमा छ । मालेमावादको रक्षा, प्रयोग र विकासको प्रश्न ज्यादै महत्वपूर्ण सवाल हो । यस विषयमा तल अलग्गै चर्चा गरिने छ । कार्ल माक्र्स (मे ५ सन् १८१८ – मार्च १४ सन् १८८३) र फ्रेडरिक एंगेल्स (नोभेम्बर २८ सन् १८२० – अगस्त ६ सन् १८९५) माक्र्सवादका प्रवर्तक हुनुहुन्छ । उहाँहरूले सन् १८४८ फेब्रुअरीमा विश्वविख्यात कम्युनिष्ट घोषणापत्र जारी गर्नु भयो । यो नै विश्वसर्वहारा वर्गको मुक्तिको सिद्धान्त बन्न पुग्यो ।

माक्र्सवाद एक वैज्ञानिक सिद्धान्त हो । माक्र्सवाद सर्वहारा श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त र उसको विश्वदृष्टिकोण हो । माक्र्सवादले जीवन र जगत माक्र्सवादले जीवन र जगतलाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादीढंगले हेर्ने, बुझ्ने, व्याख्या गर्ने र संसारको परिवर्तनको निम्ति बाटो देखाउने काम गर्ने भएकाले यो सर्वहारा श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त बन्न पुगेको हो । माक्र्सवादी जीवन र जगतको अध्ययन गर्ने एक वैज्ञानिक पद्धति पनि हो । यसले प्रकृति, जीवन, समाज र चिन्तनका चालक वा आम नियमहरूको अध्ययन गराउने र संसारलाई जस्तो छ त्यस्तै यथार्थरूपमा बुझ्ने, बुझाउने एवं संसारलाई परिवर्तन गर्ने तरीकाहरूको बोध गराउने काम गर्दछ ।

माक्र्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादी दर्शन हो । माक्र्सवाद द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणमा आधारित छ । माक्र्सवादी दर्शनका दुई भाग छन्– द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद । माक्र्सवादी दर्शनको विकास मानव चिन्तनको उज्ज्वल तथा प्रगतिशील परम्परालाई आत्मसात गरेर भएको हो । यस विषयमा भि ।आई । लेनिनले भन्नुभएको छ– “माक्र्सवादको जन्म विश्व सभ्यताको अनजान गल्तीबाट भएको होइन । माक्र्सवादी दर्शन अतीतकालमा सर्वाधिक प्रगतिशील मतहरू, सिद्धान्तहरू र विचारधाराहरूको प्रत्यक्ष सिलसिला हो ।”(लेनिन, संकलित रचनाहरू, भाग १९, पृ । २५)

वर्गीय समाजमा प्रत्येक दर्शन वर्गदर्शन रहने कुरा माक्र्सवादी दर्शनको सम्बन्धमा पनि लागु हुन्छ । माक्र्सवादी दर्शन पनि एउटा वर्गदर्शन हो तर यो अन्य दर्शनहरूझैं अल्पसंख्यकहरूको, शोषणहरूको दर्शन नभएर बहुसंख्यक सर्वहाराहरूको दर्शन हो । यसलाई स्टालिनले माक्र्सवादी लेनिनवादी पार्टीको विश्वदृष्टिकोणको रूपमा परिभाषित गर्नुभएको छ । माक्र्सवादी दर्शनको उत्पत्ति ऐतिहासिक आवश्यकताबाट भएको हो ।

के हो माओवाद ? धेरैले नबुझेरै समर्थन र बिरोध गर्छन । तर हो त के भन्ने खोजी गर्दैनन् त्यसैले माओवादका आधारभुत बुझाइ यस्तो छ । यो वर्तमान युगको माक्र्सवाद— लेनिनवादको प्रयोगका लागि एउटा विस्तार र विकास हो । यो माओले चिनियाँ क्राान्तिको कोर्सको दौरान, समाजवादी निर्माणको प्रक्रियाको दौरान, आधुनिक संशोधनवाद विरूद्धको लडाईंमा, र खासगरी महान सर्वहारा साँस्कृतिक क्रान्तिको दौरान यसको विकास गरे । माओवादको योगदानहरूले निम्न विशेषताहरू समावेश गर्दछः

१ . अन्तरविरोधहरूको सिद्धान्त, ज्ञानको सिद्धान्तको विकास र ‘जनताबाट लिएर जनतालाई दिने’को मास लाइनको सुत्रवद्ध, २ ।नयाँ जनवादको सिद्धान्त, औपनिवेशिक तथा नव–औपनिवेशिकहरूका लागि क्रान्तिको मार्गको सुत्रबद्ध र क्रान्तिका तीन जादुगरी हतियार—पार्टी, जनताको सेना र संयुक्त मोर्चाका निर्माण,

३ . दीर्घकालीन जनयुद्धको सिद्धान्तको विकास र फौजी युद्धको सिद्धान्तको विकास

४ . दुई लाइन सङ्घर्षको बुझाइमा आधारित सर्वहारा पार्टीको सङ्गठनात्मक सिद्धान्तको विकास, सुद्धीकरण अभियानहरू र आलोचना र आत्मआलोचना,

५ . चिनियाँ र सोभियत अनुभवको आधारमा समाजवादको राजनीतिक अर्थशास्त्रको विकास र समाजवादी रूपान्तरणको प्रक्रियामा अन्तरविरोधहरूको सही सञ्चालनद्वारा समाजवादी निर्माणको प्रक्रियाको द्वन्द्वात्मक बुझाइ,

६ . अन्त्य र अति महत्वपूर्ण, समाजवादलाई मजवुत बनाउन, आधुनिक संशोधनवादका विरूद्ध लडन र पुँजीवादको पुनस्र्थापनालाई रोक्न सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त र यसको ठोस परावर्तन महान् सर्वहारा साँस्कृतिक क्रान्तिमा भयो । सारांशमा माक्र्सवाद, लेनिनवाद, र माओवाद यसरी आपसमा बेग्लाबेग्लै विचारहरू होइनन्, बरू उही विचार र एउटैको विकसित र निरन्तर बृद्धिलाई जनाउँछ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्