Logo

माओवादी केन्द्रले प्रदेश १ नाम ‘किरात–लिम्बुवान–कोचिला’ माग


काठमन्डौ-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश नम्बर १ को नाम किराँत– लिम्बुवान–कोचिला राख्नु पर्ने माग गर्दै प्रदेश नम्बर १ का सभामुख प्रदिपकुमार भण्डारीलाई ज्ञापन–पत्र बुझाएको छ । माओवादी केन्द्रले किराँत –लिम्बुवान – कोचिलाको छोटकरी नाम किलिको रहने पनि बताएको छ । माओवादी केन्द्र प्रदेश नम्बर १ का अध्यक्ष विमल निरौलाले सभामुख भण्डारीलाई ज्ञापन–पत्र बुझाउदै ऐतिहासिक, पहिचान र राज्य पुनसरचना आयोगले पहिचानको पाँच र सामाथ्र्यको जुन चार आधार तयार पारेको थियो त्यहि आधारमा प्रदेशको नाम किराँत –लिम्वुवान–कोचिला हुनु पर्ने पार्टीको माग रहेको बताए ।

उनले भने –पार्टीले राखेको मागलाई प्रदेश सरकारले वेवास्ता गरे आन्दोलन गरेरै भए पनि उत्पीडित समुदायहरुको सम्बोधन हुनेगरी ऐतिहासिक र पहिचानको आधारमा प्रदेशको नाम किलिको तय गरिएको हो यसलाई स्थापित गरेरै छोड्छौँ । तत्कालिन विद्रोहि माओवादी र सात दल बीच भएको बाह्र बुँदे समझदारीले वर्गिय, क्षेत्रीय, लैगिंक उत्पीडन सहितको संंघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो त्यसैले पहिचान र सामथ्र्यको आधारमा प्रदेशको नाम राख्ने कुरामा सबैको सहमति जुट्ने अध्यक्ष निरौलाले विश्वास व्यक्त गरे ।

प्रदेश नम्बर १ को स्थायी राजधानी चयन गर्दा प्रशासनिक सुगमता र सुरक्षालाई ध्यान दिदै नयाँ शहरीकरणको वैज्ञानीक योजनाको आधारमा प्रदेशको स्थायी राजधानी चयन गर्नु पर्ने समेत ज्ञापनमा उल्लेख छ । सोहि ज्ञापनपत्रमा आगामी वजेट विनियोजन हुदा राज्यको ७० प्रतिशत बजेट स्थानीय सरकारमा विनियोजन गर्नु पर्ने माग राख्दै भनिएको छ शिक्षा,स्वास्थ्य ,रोजगारी ,आवास र खाद्य अधिकार सम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्न सक्ने गरी स्थानीय सरकारलाई स्थापित गर्न आवश्यक छ ।-औजारन्यूजबाट

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्