दिक्तेलमा ३ दिने आँखा शिविर: चश्मा पनि सित्तैमा पाइने
खोटाङ । जिल्ला अस्पताल खोटाङ, दिक्तेलमा ३ दिने नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र नेत्र ज्योति संघ जिल्ला शाखा खोटाङको सहकार्य र सगरमाथा अस्पताल लाहानको प्राविधिक सहयोगमा जिल्ला अस्पताल खोटाङ, दिक्तेलमा २२ गतेदेखि २४ गतेसम्म आँखा शिविर सञ्चालन हुने भएको हो । शिविरमा निःशुल्क रुपमा बिरामीलाई चश्मा समेत वितरण हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाले सुविधा लिन सबैसँग अनुरोध समेत गरेको छ ।
आँखा के हो ?
आँखा शरीरको महत्वपूर्ण अंग हो जुन दृष्टिको काममा आँउछ। मानव शरीरमा दुई आँखा हुन्छन्। यो दुईटै आँखा खोपडीको अर्बिटमा अवस्थित हुन्छन्। आँखाको फोटोरिसेप्टर प्रकाशलाई विद्युतीय सिग्नलमा परिवर्तन गर्दछ। यो सिग्नललाई अप्टिक स्नायु मष्तिश्कमा पुर्याउँछ र व्यक्तिलाई दृष्टिको अनुभुति हुन्छ। स्क्लेरा (sclera): यो तह आँखाको सबैभन्दा बाहिरी तह हो, जुन सेतो, एकदमै चाम्रो र संयोजी तन्तु (connective tissue) बाट बनेको हुन्छ । यसको अगाडिको भाग पारदर्शी हुन्छ, जसलाई कर्निया (cornea) भनिन्छ । कर्नियालाई अर्को पारदर्शी झिल्लीले ढाकेको हुन्छ, जसलाई कन्जङ्टिभा (conjunctiva) भनिन्छ । यसले आँखाको आकार दिनुका साथै यसको भित्री भागलाई बचाउने काम गर्दछ ।
रेटिना यो तह आँखाको तेस्रो तह वा सबैभन्दा भित्री तह हो । यस तहमा वस्तुको आकृति बन्दछ । यो तहमा थुप्रै प्रकाशसँग चेतनायुक्त कोषहरू (-लाईट सेन्सितिवे सेलस्) जस्तै रड (रोद्स्) र कोन (कोनेस्) रहेका हुन्छन् । रड सेलहरूमा भएको रोडोप्सिन (र्होदोप्सिन्) ले मधुरो प्रकाशमा हेर्न सघाउँछ भने कोन सेलहरूमा आयोडोप्सिन (इओदोप्सिन्) पाइन्छ । यसले उज्यालो प्रकाशमा हेर्न सघाउनुको साथै रङ छुट्याउनमा (कलर दिस्तीनक्सन) सघाउँछ । रङ अन्धता (कलर ब्लिन्द्नेस्स्) एक पुर्खौली गुणबाट सर्ने दृष्टिदोष हो । त्यसैगरी आँखामा रतन्धो (निघ्त ब्लिन्द्नेस्स्) रोग पनि लाग्दछ । यो रोग लागेका व्यक्तिले रातमा राम्रोसँग देख्न सक्दैन ।