Logo

बेल्जियममा आदिबासी जनजाति आन्दोलन विषयक एक अन्तरकृया


ईयुनेपाल प्रतिनिधि लुभेन बेल्जियम , अप्रिल ४ । आदिबासी जनजाति महासंघ तथा तमु समाज बेल्जियमले सयुक्त रूपमा बर्तमानमा आदिबासी जनजाति आन्दोलन विषयक एक अन्तरकृया कार्यक्रम हिजो लुभेनमा सम्पन्न गर्यो ।

तमु ह्युला छोज धि गुरुङ्ग राष्ट्रिय परिषद नेपालका केन्द्रीय अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा ब्रसेल्सस्त्रात स्थित टेस्ट अफ एशियामा हिजो सम्पन्न सो अन्तरकृया कार्यक्रममा अध्यक्ष गुरुङले पहिचान र अस्तित्वको आवाजलाई साम्प्रदायिक भन्न नहुने जिकिर गरे । मुलुकमा स्थापित बिध्यमान जातिय समाजहरूले आफ्नो भाषा- सस्कृतिको सरक्षणको काम गरेको र विलुप्त हुने येस्ता यावत पहिचानका सवालहरूलाई आवाज बुलन्द गर्दै गर्दा जातीयताको नारा लगाएकोको आरोप झुट रहेको बताए । मुख्य अतिथिको रूपमा आफ्ना भनाई प्रस्तुत गर्दै अध्यक्ष गुरुंगले सबै आदिबासीहरुको अस्तित्वलाई स्वीकार गरेर अपनत्व महशुस गराउन सके मुलुक स्वतस्फुर्त बिकासको गतिमा जाने र नवयुगको प्रारम्भ हुने बताए ।

महासंघ बेल्जियमका अध्यक्ष बाबुराजा लामाको सभापतित्वमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा अध्यक्ष गुरुङलाई साँमुहिक रूपमा सम्मान समेत गरिएको थियो । सम्मान कार्यक्रममा तमु समाज बेल्जियमका नवनिर्बाचित अध्यक्ष दुर्गा गुरुङले तमु समाज बेल्जियमको दशौ अधिबेशनमा भाग लिन आउनु भएका केन्द्रीय अध्यक्ष गुरुङले समस्त तमु समुदायको हितमा काम गरिरहेको बताईन ।

कार्यक्रममा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद सचिब जानकी गुरुङ , एनआरएंन केन्द्रका निबर्तमान सल्लाहकार तथा बेल्जियमका पूर्व अध्यक्ष पिजी शेर्पा, आईसीसी सदस्य पदम गुरुङ , नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई , विश्व मगर संघ अध्यक्ष लोक राना मगर , शेर्पा किदुकका अध्यक्ष आंग दोर्जी सोनाम शेर्पा, किरात समाजका सल्लाहकार कर्ण सुब्बा ,तामांग समाज अध्यक्ष राम लामा , संघीय समाज बेल्जियमका अध्यक्ष नेत्र मगर ,पाशापुच उपाध्यक्ष सागर श्रेष्ठ , सिक्लेस पार्चे कल्याणकोष अध्यक्ष चोक राज गुरुङ् लगायत ५ दर्जन बढी नेपालीहरूले अध्यक्ष गुरुंगको सम्मान गर्दै सहभागिता जनाएका थिए । अन्तरकृया कार्यक्रमको संचालन महासंघ बेल्जियमका महासचिब नन्दराज घलेले गरेका थिए भने स्वागत मन्तब्य तमु समाजका महासचिब अनिता घले र धन्यबाद ज्ञापन तमु समाज कै अध्यक्ष दुर्गा गुरुङले गरेकी थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्