Logo

प्रदेश सरकारले हुरी प्रभावित १ हजार ४० घरलाई चार कोठे घर बनाइदिने


जनकपुरधाम — वारा र पर्सामा गएको हुरी प्रभावितहरुलाई प्रदेश २ सरकारले चारकोठे घर बनाइदिने घोषणा गरेको छ । जसमा शौचालय समेत हुने बताइएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै हुरीका कारण पूर्ण रुपमा क्षतिग्रस्त घरहरु सरकार बनाइदिने बताए । आगामी चार महिनाभित्रै सबै घर बनाइसक्ने उनले बताए । उनले बारामा ९ सय ५८ परिवारको घर पूर्णरुपले र ९ सय २२ को आंशिक रुपले क्षतिग्रस्त भएको बताए । यसैगरी पर्सामा १ सय २२ घर पूर्ण रुपले र ३ सय ८७ घर आंशिक रुपले क्षतिग्रस्त भएको पनि जानकारी गराए ।

 

उनले त्रिपालमुनी रहेका पीडितहरुलाई गर्मीका कारण समस्या भइरहेको बताउँदै भने, हामी केहि दिनभित्रै टेन्टभित्र सार्छौै । अहिले हुरी पीडितहरु कष्टकर जीवन जीउन बाध्य भएको भन्दै यसप्रति प्रदेश सरकार गम्भीर रहेको बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्