Logo

आदिबासी किरात महासङ्घले किराँती संस्थाहरुको बारे कार्यक्रम गर्‍यो


राम किराती

यस आर क्याटरिङ्गमा धुम्बराहीमा आदिबासी किरात महासङ्घले एक कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा ‘किराँती संस्थाहरुको सुदृढीकरण : अवसर र चुनाैति’  बिषयक प्रशिक्षण तथा अन्तर्कृया कार्यक्रम भएको थियो ।

बिभिन्न किरात सस्थाहरु र सस्थाको प्रती निधिहरु रहेको थियो । उक्त कार्यक्रमको प्रशिक्षक आदिबासी किरात महासङ्घको निबर्तमान अध्यक्ष पृथ्वी राज मुकारुङ बान्तावाले किरात ईतिहास र आदिवासी किरात महासंघको औचित्यको बारेमा बोलेको थियो । त्यस्तै गरिप्रशिक्षक चन्द्र सिं कुलुङ बर्तमान अध्यक्षले किराँती संस्थाहरुको चुनाैति र अवसर र भावि रणनितिहरु बारे प्रशिक्षण गरेको थियो । भने सहभागिबाट महत्वपुर्ण शुझावहरु समेत प्राप्त भएका छन ।

को हुन किरात ?

किराँत शब्दले नेपालका मूलवासी जनजाति लाई नै जनाउँदछ वेद व्यासले लेखेको संसारको वैदीक सनातन धर्म वेदमा समेत यस भुभागमा वस्ने जातीलाई कीरात भनी व्याख्य गरेको छ र सो किराँत भित्र पनि धेरै थरहरू रहेको हुनाले बिभिन्न भाषा, लिपि, संस्कृतिहरू छन् । किरात जातिका बारेमा इमानसिंह चेम्जोङ भन्छन्, वर्तमान समयमा लिम्बू र राई मात्र किराती भनी प्रख्यात भएको भए तापनि गुरुङ, मगर, थकाली, सुनुवार, नेवार, तामाङ, शेर्पा, कागते, लाप्चे, मेचे कोचे, धिमाल, थारू, दनुवारसमेत किरात हुन् । यसैगरी, नेपालबाहिर आसामका ताई र भियतनामी जाति, फिलिपाइनका खम्बोज जाति र युनानी चिनिया जाति पनि किरात हुन् (चेम्जोङ, २०१८ः २) । यसै क्रममा अर्का अनुसन्धानदाता डोरबहादुर विष्टका अनुसार किरातका सन्तानहरूमा आफ्नो मातृभाषाका रूपमा तिब्बत बर्मेली भाषाहरू बोल्ने राई, लिम्बू, सुनुवार, जिरेल, कोयू, गुरुङ, मगर, थकाली, मेचेकोचे र काठमाडांैका पहिलेका नेवारहरू हुन् (बिष्ट, सन् १९९२ः १७) । वर्तमान परिस्थितिमा नेपालको अवस्था यहाँसम्म आइपुग्दा भने कतिपय किरात राई भाषीहरूले आफ्नो भाषामा पाठ्यपुस्तक, पत्रपत्रिका तथा साहित्यिक रचनाहरू समेत प्रकाशन गर्न थालेका देखिन्छन् । तर, अधिकांश राई भाषाभाषीहरू लोप हुने खतराको नजिक पुगिसकेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्