Logo

किरात राई चलचित्रकर्मी सङ्घद्वारा क्यामरा प्रशिक्षण कार्यक्रम शुरु


 

किरात राई चलचित्रकर्मी सङ्घद्वारा आयोजित क्यामरा प्रशिक्षण कार्यक्रम आज बाट शुरु भएको छ । उक्त कार्यक्रमको लागि चलचित्र बिकास बोर्डले आर्थिक सहयोगमा भएको हो ।

यस प्रशिक्षण कार्यक्रम ३ दिन सम्म हुनेछ । क्यामरा प्रशिक्षणमा सिकाईने छ । कार्यक्रममा क्यामराको ईतिहास देखि आज सम्म, क्यामराको शुटिङ क्लासिक देखि आधुनिक सम्म, म्युजिक भिडियो देखि डकुमेन्ट्री हुन्दै आधुनिक फिल्मसम्मको क्यामराको ज्ञान दिईने कुरा प्रशिक्षक युबराज राईले बताए । त्यस्तै गरि क्यामरा एक्पिजर, सटर स्पिड, आईएस र सम्पुर्ण क्यामराको मेनुको बारेमा समेत सिकाईन छ ।

नेपाली फिल्म क्षेत्रमा करिब ३ दशक छायांकनमा बिताएका क्यामरामेन युबराज राई प्रशिक्षण रहेको छ । यस प्रशिक्षण पछि बिध्यार्थिहरुले आफै क्यामरा शुट गर्नु पर्ने छ जसबाट माथी सिकेका कुरा देखाउनु पर्ने छ । यो संगै लाईटिङ र फिल्डमा क्यामराको शुटिङ कसरी गर्ने भन्ने बिषयमा ज्ञान दिईनेछ । क्यामराको क्यापासिटी एच डि, अल्ट्रा एच डि र इस्टान्डर्ड एच डि आदिको बारेमा जान्न पाउने छन ।

हाम्रो चलचित्रको क्षेत्रमा क्यामाराको ज्ञान पाएर चलचित्रलाई स्तरिय बनाउनको लागि महत्त्वपूर्ण हुने कुरा सङ्घको अध्यक्ष केशब राईले बताए ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्