Logo

स्नातक प्रथम वर्षको नतिजा प्रकाशित [नतिजासहित] : १३ हजारमा २८०० मात्र पास


काठमाण्डौ । त्रिभुवन विश्वबिद्यालयले स्नातक प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ । त्रिविले ४ बर्षे बिएस्सी प्रथम वर्षको नतिजा आज सार्बजनिक गरेको हो । भाद्र महिनामा संचालित उक्त परीक्षामा कुल १३ हजार ३ सय ४७ बिद्यार्थी सम्मेलित भएकोमा जम्मा २८०८ बिद्यार्थी उत्तीर्ण भएका छन् । नतिजा तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला । नतिजा हेर्न यहाँ थिच्नुहोस् ।  

परीक्षाफल वेबसाइट www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार पनि परिक्षाफल थाहा पाउन सकिन्छ । त्यस्तै BSC (space) Roll Number टाइप गरी ३४९४९ मा एसएमएस पठाई प्राप्तांक प्राप्त गर्न सकिनेछ ।

स्नातक तह एक शैक्षिक तह हो । (१०+२) तथा प्रविणता प्रमाणपत्र तह वा सो सरह को शैक्षिक तह उत्रिण गरेपछि स्नातक तहमा प्रवेश पाइन्छ । नेपालमा ३ बर्षे तथा ४ बर्षे स्नातक तह पछि स्नातकोत्तर तहमा प्रवेश पाइन्छ । नेपालमा उदाहरणका लागि बि ए, बि एस्सी, बि इ, बि एड, बि एल, बि बि ए, बि कम, इत्यादी स्नातक तहहरुका उदारहण हुन् ।

त्रिभुवन विश्वविद्यालय वा त्रिवि (अङ्ग्रेजी : Tribhuvhan University वा TU)  नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हुनुका साथै उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय शैक्षिक संस्था पनि हो । यस विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुर काठमाडौंमा छ ।

यस विश्वविद्यालय ३०४२–५–२ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाँचवटा प्राविधिक शैक्षिक संस्था र चारवटा साधारण संकाय सञ्चालित छन् । यसले पचासवटा प्राविधिक शीर्षकमा प्रमाण–पत्र तहको शिक्षा दिइरहेको छ त्यस्तै १०७९ शीर्षकमा स्नातक तथा १ हजार शीर्षकमा स्नातकोत्तर शीर्षकमा शिक्षा प्रदान गरिरहेको छ । यसका साथै यसले पीएचडी का लागि समेत विभिन्न शीर्षकमा प्राविधिक तथा संकायस्तरीय शिक्षा दिइरहेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ९३१ वटा निजी क्याम्पसले सम्बन्धन लिएका छन् ।

सन् २०१३–१४ सम्म यसमा ६,०४,४३७ जना विद्यार्थीहररु विभिन्न शैक्षिक तहमा सामेल भएका छन् । त्रिभुवन विश्वविद्यालयमा ७९६६ अध्यापन संकाय छन् । त्रिभुवन विश्वविद्यालयमा १५,१९६ कर्मचारी कार्यरत छन् । कृषि तथा पशु विज्ञान, वन विज्ञान, इञ्जिनीयरिङ, विज्ञान तथा प्रविधि, चिकित्साशास्त्र, समाजविज्ञान, भूगर्भशास्त्र मानवशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन तथा मानविकिमा यो विश्वविद्यालयले शिक्षा प्रदान गरिरहेको छ । ३८ केन्द्रीय विभागहरू समेत गरि यस विश्वविद्यालयका ६० आंगिक क्याम्पस रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयको स्थापना भूतपूर्व राजा त्रिभुवनको नाममा नामकरण गरिएको छ । यस विश्वविद्यालयको स्थापना वि.स.२०१६ सालमा भएको हो । यो नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय हो । वि. सं. २०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालयलाई नेपालको सर्वाङ्गीण विकासको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न, स्तरयुक्त उच्च शिक्षा प्रदान गर्न, विविध पक्षमा अनुसन्धान गर्न, राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण र विकास गर्न, कला, विज्ञान, प्रविधि तथा व्यावसायिक क्षेत्रको ज्ञान र अनुसन्धानलाई व्यापक एवं व्यवहारिक र समय सापेक्ष बनाउने क्रममा त्रिभुवन विश्वविद्यालयलाई बढी सक्षम बनाउन वाञ्छनीय भएकोले संसदले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ बनाएको हो। आर्थिक स्थिति, प्राज्ञिक दक्षता तथा संस्थागत क्षमताको आधारमा कार्यकारी परिषद्ले तोकेको अध्ययन संस्थान वा संकाय वा अनुसन्धान केन्द्रको लागि व्यवस्थापन तथा विकास परिषद् गठन गरिन्छ। त्यस्तो परिषद् सम्बन्धित अध्ययन संस्थान वा संकाय वा अनुसन्धान केन्द्रको नाम अन्तर्गत प्रचलित हुनेछ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्