प्रभाबशाली नेत्री सुनिता किरातीको रिहाइ गर्न राई विद्यार्थी संघको माग
काठमाण्डौ- किरात राई विद्यार्थी संघ केन्द्रीय समितिले आफ्नो पूर्व नेतृ सुनिता किरातीलाई प्रहरीले पक्राउ गरी वेपत्ता बनाएको भन्दै स–सम्मान रिहाइको माग गरेको छ । संघको केन्द्रीय अध्यक्ष बिर्सिका राई र महासचिव शोभित राईले मंगलबार विज्ञप्ति प्रकाशन गरी किरातीलाई स–सम्माना रिहाइको माग गरेको हो । सुनिता किराती संघको पूर्व केन्द्रीय परिषद सदस्य तथा संखुवासभा जिल्ला अध्यक्ष रहेको विज्ञप्तिमा उल्लेख छ । किरातीलाई गत चैत्र १३ गते काठमाडौं गौशालाबाट प्रहरीले पक्रेर वेपत्ता बनाएकोप्रति संघको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
सुनिता किरातीलगायतका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी संखुवासभासम्म लगेको र त्यसपछि आफन्तहरूलाई भेट्न नदिई वेपत्ता बनाएको सूचना आइसकेको विज्ञप्तिमा उल्लेख छ । सुनिता किराती पूर्व माओवादीले चलाएको जनयुद्धको बेलादेखिकै कार्यकर्ता थिइन् । पछिल्लो पटक नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको संखुवासभा जिल्ला सदस्य भएको अभियोगमा प्रहरीले पक्रेको बुझिएको छ ।
प्रभाबशाली नेत्री सुनिता राई र देव गुरुङलाई प्रहरीले पक्राउ गरेर वेपत्ता बनाएको आरोप–काठमाण्डौबाट पक्राउ परेका देव गुरुङ र सुनिता राईलाई प्रहरीले वेपत्ता बनाएको परिवारजनले गुनासो गरेका छन् । सुनिता राई पार्टिको प्रभाबशाली उदाउदो नेत्री हुन । उनीहरुलाई चैत १३ गते मंगलबारका राजधानीबाट पक्राउ गरेको भएपनि आजको दिन बितिसक्दा पनि सार्वजनिक नगरिएको र परिवारलाई पनि जानकारी नदिएको परिवारजनले बताएका छन् । काठमाडौंको कोटेश्वर र गौशलाबीचबाट दुवै जनालाई पक्राउ गरेको पीडित परिवारले बताएका छन् । देव नेत्रबिक्रम चन्द विप्लवका संखुवासभा इञ्चार्ज हुन् भने सुनिता जिल्ला समिति सदस्य भएको प्रहरीको दाबी छ ।
प्रहरीले उनीहरुमाथि अरुण तेस्रो जलविद्युत परियोजनामा विष्फोट गराएको आरोप लगाएको छ । उनीहरुलाई पक्राउ गर्ना साथ खाँदबारी ल्याएको थियो । परिवारजनले उनीहरुलाई सार्वजनिक गर्न माग गरिए पनि हालसम्म कुनै जानकारी नदिएको पीडित देवकी श्रीमति मीना दनुवारले बताइन् । उनका अनुसार पक्राउ परेका दुवैलाई संखुवासभा खादबारी ल्याइएको छ । तर, जिल्ला प्रहरी कार्यालय खाँदबारीले थाहा नभएको भन्दै आफुहरुलाई फर्काएको मीनाले बताइन् । उनले भनिन्,‘मेरो परिवारको बारेमा सत्यतथ्य जानकारी सार्वजनिक होस् भनेर अपिल गर्छु ।’
पक्राउ परेका सुनिताकी आमा सोमालक्ष्मी राईका अनुसार पनि प्रहरीले छोरीलाई जिल्ला प्रहरी कार्यालय खाँदबारी ल्याएको छ । उनको ज्यानको सुरक्षा गर्न आमा सोमालक्ष्मीले माग गरिन् । ‘मेरो छोरी हिरासतमा छ, तर प्रहरीले यहाँ छैन भन्छ,’उनले भनिन् । उनले थपिन, पत्रकार र मानबाधिकारकर्मी लगायत सबै सम्बन्धित पक्षसँग जिबन रक्षाको लागी अफिल समेत गरिन ।’