Logo

बिप्लब देखी शेर बहादुर देउवा सम्म एउटै मञ्चमा देखिने-आलोक रायमाझी


काठमाडौ-आज सयुक्त प्रतिपक्षी विद्यार्थी संगठनले भृकुटीमण्डप स्थित रिपोर्टस क्लब काठमाडौमा पत्रकार सम्मेलन गरेका छन ।उक्त पत्रकार सम्मेलनको मुख्य उदेश्य यही चैत २९ गते राष्ट्रिय सभा गृह काठमाडौमा सत्ता भन्दा बाहिरका सबै दलहरुका प्रमुख नेता हरुको उपस्थितिमा सरकारका विरुद्ध जोड्दार बिरोध कार्यक्रम राखेको कुरा जानकारी  सहितका विविध शैक्षिक  बिकृतिका विरुद्ध जोड्दार आबाज उठाएको कुरा अखिल (क्रान्तिकारी) का अध्यक्ष आलोक रायमाझीले बताए ।

 

उनले थपे ” सरकार लगानी लगानी भन्दै नौटकी गर्दै हिडिरहेको छ तर सरकारका मन्त्री प्रधानमन्त्री र उच्च पदस्थ कर्मचारीले २५ ओटा भन्दा बढी काण्डमा न्युनतम १ अर्ब देखि ७२ अर्ब सम्म भ्रष्टाचार गरेका छन् त्यो हिसाबले खर्बौ रुपैया भ्रष्टाचार भएको छ त्यो पैसा फिर्ता गर्ने हो भने दर्जनौं आयोजना बन्द्छ्न तर बिडम्बना आज सम्म भ्रष्टाचार काण्डको पैसा १ रुपैया फिर्ता भएको रेकर्ड छैन, अब यसरी चल्दैन अब अति भो यो देश लाई माया गर्ने हरुले सशक्त आन्दोलनको पिकल्प छैन, त्यसैले पिप्लब देखि शेर बहादुर देउवा सम्म लाई एउटै मञ्च बाट आबाज मुखरित गराउदै छौ ।”

चैत २९ गते सभागृहमा शेर बहादुर देउवा, मोहन बैध, नेत्र बिक्रम चन्द `बिप्लब´ उपेन्द्र यादव, गोपाल किराति महन्थ ठाकुर लगाएत ११ जना नेता एउटै मञ्च बाट सरकारको बिरोध गर्दै छन ।

भिडियो पनि हेर्नुस्

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्