किरात मुन्दुम बिषयमा स्नातकोत्तर (त्रि.वि.वि) तहमा लेखिएको थेसिसलाई पुरस्कृत गरीने
काठमाण्डौ- किरात मुन्दुम अध्ययन केन्द्रले किरात मुन्दुम बिषयमा स्नातकोत्तर (त्रि.वि.वि) तहमा थेसिस लेखेका विध्यार्थीलाई पुरस्कार प्रदान गरीने भएको छ ।
किरात मुन्दुम अध्ययन केन्द्रले एक बिज्ञाप्ती निकल्दै ‘किरातीहरुको मौलिक संस्कृति र मुन्दुमको अस्तित्व जोगाउनको निमित्त स्थापित साझा स्वतन्त्र संस्था किरात मुन्दुम अध्ययन केन्द्रको आयोजकत्वमा किरात मुन्दुमको अध्ययन अनुसन्धान गरीरहनु भएका मुन्दुमी अध्येताहरु, प्राज्ञिक व्यक्तित्व, बुदिजिबी तथा विभिन्न किरात जन्य संघ-संस्थाहरुको प्रतिनिधिहरु,किरात मुन्दुम र मौलिक संस्कृति प्रति चासो चिन्ता राखने र सांस्कृतिक रुपमा सचेत किरातीहरुको गरिमामय उपस्थितीमा मिती २०७५ चैत्र १६ गतेको दिन ऐतिहासिक मुन्दुमी विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको जग-जाहेर नै छ। उक्त अवसरमा त्रिभुवन बिश्व-बिध्यालयमा अध्ययनरत बिध्यार्थीहरु मध्ये किरात मुन्दुमको विभिन्न बिषयमा खोज-अनुसन्धान गरी किरात मुन्दुम अध्ययन केन्द्रमा प्राप्त भएका थेसिसहरु मध्ये उत्कृस्ट दुइ थेसिसलाई वहाहरुको खोज-अनुसन्धानलाइ प्रोत्साहन स्वरूप पुरस्कृत गरीने घोषणा गरीएको छ।’
साथै उक्त थेसिसलाइ किरात मुन्दुम अध्ययन केन्द्रले विचारगोष्टी र अन्तरक्रिया कार्येक्रमको रुपमा आगामी श्रंखलाहरुमा बहस तथा छलफलको बिषय बनाई यस केन्द्रले डकुमेन्टेशन गर्दै जानेछ । यस किरात मुन्दुम अध्ययन केन्द्रले उपरोक्त उदेश्य पुरा गर्ने हेतुले किरात मुन्दुम सम्बन्धि अध्ययन अनुसन्धान गरेका सम्पूर्ण विध्यार्थीलाई आ-आफ्नो थेसिसलाइ यस किरात मुन्दुम अध्ययन केन्द्रमा बुझाउनु पर्ने कुरा केन्द्रको अध्यक्ष जितेन राईले बताए ।