Logo

अच्चमको घटना ! विद्यार्थीको उतर देखेर जाँच्ने शिक्षक नै बेहोस


काठमाडौं-परीक्षामा पास हुनका लागि विद्यार्थीहरुले अनेक उपाय अपनाउँछन् । परीक्षा पास गर्नको लागि घोटिएर पढ्ने विद्यार्थी धेरै छन् त्यसबाहेक कसैले परीक्षा हलमै चिट लिएर जान्छन् र उत्तर चोर्छन् । केहीले भने परीक्षाको उत्तर पुस्तिकामै उत्तर पुस्तिका जाँच्ने शिक्षकलाई पत्र समेत लेख्छन् ।

यस्तै अनौठो घटना सामाजिक संजालबाट सार्वजनिक भएको छ । परीक्षा हलमा आएपछि कुनै उपाय नलागेपछि यी छात्राले यतिसम्म आश्चर्यजनक काम गरेकी छिन । यी छात्राले आफ्नो लागि त निकै राम्रो उत्तर लेखिन होला तर के कोही नयाँ गीत लेख्दैमा पास होला र ? यी छात्राले सुरुदेखि अन्तिमसम्म केवल बलिउडका गीत लेखेकी छिन् ।

उत्तर पुस्तिकाको अन्त्यमा भने यी छात्राले आफ्नो गरिबीको हवाला दिँदै पास गराइदिन गुहारसमेत मागिन । यो कपी परीक्षण गर्ने शिक्षकले यी छात्राको गुहार त मानेनन् बरु यो कापी नै परीक्षा अधिकारीलाई बुझाइदिए । यो उत्तर पुस्तिकाको केही अंश अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । सामाजिक संजालमा यो उत्तर पुस्तिका जाँच्ने शिक्षक नै बेहोस भएको भन्दै फोटो भाइरल भइरहेको छ यद्यपि यो कुराको पुष्टि भने कतैबाट भएको छैन ।

परीक्षा भनेको के हो ?

परीक्षाको प्रचलित उदेश्य भनेको विद्यार्थी सिकाई उपलब्धिको लेखाजोखा गरी विभिन्न प्रकारका शैक्षिक निर्णयमा सघाउ पुराउनु हो । यसका साथै परीक्षाले विद्यार्थीको बुद्धिमता (I.Q.), कौशल (Aptitude), अभिवृति (Attitude), रुचि (Interest) जस्ता मनोवैज्ञानिक गुणहरू मापन गर्दछ ।  परीक्षाको बर्गिकरणहरु निम्न छन । १. उदेश्य केन्द्रित परीक्षा (Purpose Specific Test), २. ढाँचा केन्द्रित परीक्षा (Mode Specific Test) र ३. प्रक्रिया केन्द्रित परीक्षा (Process Specific Test) छन।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्