Logo

नेकपा (माओबादी केन्द्र) राहत तथा उद्धारमा जुटे


काठमाण्डौ-नेकपा (माओबादी केन्द्र) राहत तथा उद्धारमा जुटेका छन । आज बसेको नेकपा (माओबादी केन्द्र) प्रदेश नम्बर २ को संयोजक क. बप्लु सिंहको अध्यक्षमा एबंम नेकपा (माओबादी केन्द्र)का उपाध्यक्ष क. तिलक थापा मगर, सचिब क. राजन तिमल्सिना, प्रदेश ३ का अध्यक्ष क. पासाङ मोक्तानको उपस्थितिमा बसेको बैठकले गत १७ गते आईताबार गएको बारा, पर्सा लगायत तराईका जिल्लाहरुमा आँधीबेरीबाट जनधनको ठूलो क्षति भएकोमा माओवादी केन्द्र प्रदेश नम्बर २ ले दुख व्यक्त गरेको छन । पार्टीले प्राकृतिक विपदबाट ज्यान गुमाएका पीडित परिवारलाई सहयोग र घाईतेहरूको यथासक्य निशुल्क उपचारका लागि सरकारसँग माग गरेको छ । पार्टीले प्रदेश २ मा रहेका आफ्ना नेता तथा कार्यकर्तालाई घाइतेहरुको राहत र उद्धार कार्यमा सहयोग तथा आवश्यक कार्यमा सहायता गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरिएको छ ।

बिज्ञप्तिमा भनिएको छ, ‘पार्टीले आधिबेरीबाट मृत्यु भएकाहरु प्रति गहिरो शोक प्रकट गर्दै परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै मृतकका परिवारजनमा समवेदना र घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । तत्कालमा प्राकृतिक बिपतमा परेकोहरुलाई आधारभुत आबश्यक पुरा गर्न र १० लाख राहत उपलब्ध गराउन सरकारसंग माग गरिएको छ ।’ साथै  नेकपा माओबादी केन्द्रका पार्टीका नेता कार्यकर्तालाई पूननिर्माण र उदारमा खटन अनुरोध गरिएको छ ।

यस बिपतमा राहत संकलन तथा बितरण गर्न बप्लु सिंह नेतृत्वमा ४ सदस्यता समिति बनेको छ, सदस्यहरुमा सुमन बाङदेल, नारायण देउला र रोशना राना गठन गरियो । नेकपा (माओबादी केन्द्र) प्रदेश नम्बर २ को चैत्र २० गते हुने भनिएको भेला दृखत घटना कारण आउदो ०७६ बैशाख ३ गते गर्ने निर्णय समेत भएको कुरा प्रदेश २ का संयोजक क. बप्लु सिंहले बताए ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्