Logo

आदिवासी किरात महासंघले गृह मन्त्रीलाई मौलिक पहिचानको लागी ज्ञापन-पत्र बुझाईयो


सुमन बाङदेल

काठमाण्डौ- बिधिन्न किरात मुलका जातिय सङ्घसस्थाहरु प्रतिनिधिमुलक “आदिवासी किरात महासघ नेपाल” को प्रतिनिधिहरुले एक ज्ञापन-पत्र गृह मन्त्री रामबहादुर थापा ‘बादल’लाई बुझायो ।

किरात महासङ्घका प्रती निधिहरुले आज गृह मन्त्री राम बहादुरा थापा ‘बादल’ लाईइ भेटी जारी विधेद,अन्यय र सामाजिक द्वन्द्व हटाई समाजवादउन्मुख सरकारको आधास गराउने सम्बन्धमा ज्ञापन पत्र बुझाईएको हो । भेटमा सूचिउन्मुख ४४ जाती सूचिकरणकाे सवालमा, राष्ट्रिय परिचयपत्रमा आफ्नो समुदायको पहिचान खुलाउन सिफारिस गर्न, धनिपूर्जा र नागरिक्ता परिबर्तन गर्न र गराउन क्याविनेटमा निर्णय गर्न गराउने विषयमा डेलिकेसन गएको कुरा आदिबासी किरात महासङ्घका बरिष्ट उपाध्यक्ष तेज नाछिरिङ्ले बताए ।

अन्तराष्ट्रिय श्रम संगठनको आदिवासी जनजातिसम्बन्धी महासन्धि १६९ को धारा–१ को स्वःपहिचानको अधिकारको मापदण्ड पुग्ने समुदायहरुलाई आदिवासी जनजातिमा सूचीकृत हुनबाट वञ्चित गराउने राज्यको राष्ट्रिय संयत्रको सिण्डिकेट प्रथा हटाई वञ्चितिकरणमा पारिएका सूचीउन्मुख समुदायहरुलाई आदिवासी जनजातिको मान्यता दिलाउनका साथै ति समुदायका सदस्यहरुको राष्ट्रिय परिचय पत्र, नागरिकता, शैक्षिक प्रमाणपत्रलगायत आवश्यक कागजातहरुमा मौलिक पहिचान उल्लेख गर्न पाउनु पर्ने व्यवस्था गराई सुशासन र समाजवादउन्मुख सरकारको आभास गराउन आदिवासी किरात महासंघ, केन्द्रीय समितिका अध्यक्ष चन्द्रसिंह कुलुङको नेतृत्वमा गएका प्रतिनिधिमण्डलले मा. गृहमन्त्री रामबहादुर थापा ‘वादल’ लाई भेट गरी अपिल पत्र पेश गरेको छ ।


अपिलको प्रत्यूत्तरमा मा. गृहमन्त्रीज्यूबाट पहिचान झल्काउने जाति वा थर उल्लेख गर्न पाइने व्यवस्था जिल्ला प्रशासन कार्यालयबाट भइरहेको जानकारी गराउनका साथै नागरिकता विधेयक पनि सोही अनुकुल आइरहेको जानकारी गराउनका साथै सूचीकरणको सवाललाई राज्यले सम्बोधन गर्ने बताउनु भएको छ । प्रतिनिधिमण्डलमा आदिवासी किरात महासंघका निवर्तमान अध्यक्ष पृथ्वीराज मुकारुङ बान्तवा, बरिष्ट उपाध्यक्ष तेजबहादुर नाछिरिङ, उपाध्यक्ष के.बी.बान्तवा, महासचिव धिरेन सुस्तोचा बाहिङ र निवर्तमान कोषाध्यक्ष तथा कुलुङ मीम्छा गूस्खम्की केन्द्रीय अध्यक्ष कञ्चन कुलुङको सहभागिता रहेको थियो ।

नागरिकता संशोधन विधेयक ऐन कानुन बन्ने सवालमा किरात भित्र जातिको जस्तै बान्तवा, नाछिरिङ्,कुलुङ, थुलुङ ,जेरोङ आदि संवैधानिक परिचय पत्रमा उल्लेख हुने गरि ब्याबस्था गर्न आग्रह गरिएको कुरा आदिबासी किरात महासङ्घको महासचिव धिरेन सुस्तोचा बाहिङले बताए ।

ज्ञापन-पत्र

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्