आँधीबेरीमा ज्यान गुमाएकाहरु प्रति माओवादी केन्द्रले दु:ख व्यक्त

काठमाण्डौ-आँधीबेरीबाट बारा, पर्सा लगायत तराईका जिल्लाहरुमा जनधनको ठूलो क्षति भएकोमा गोपाल किराती नेतृत्वको माओवादी केन्द्रले दु:ख व्यक्त गरेको छ । आज एक बिज्ञप्ति जारी गर्दै उक्त पार्टीले प्राकृतिक विपदबाट ज्यान गुमाएका पीडित परिवारलाई सहयोग र घाईतेहरूको यथासक्य नि:शुल्क उपचारका लागि सरकारसँग माग गरेको छ ।
उक्त पार्टीले प्रदेश २ मा रहेका आफ्ना नेता तथा कार्यकर्तालाई घाइतेहरुको राहत कार्यमा सहयोग तथा आवश्यक कार्यमा सहायता गर्न आग्रह गरेको छ । साथै उक्त पार्टीले आधिबेरीबाट मृत्यु भएकाहरु प्रति गहिरो सोक प्रकट गर्दै परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै मृतकहरुमा समवेदना र घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
हामी महान जनविद्रोह सम्पन्न गर्छौं
अध्यक्ष किराँतीले सत्तारुढ नेकपालाई फुटाउने आफूहरुसँग राजनीतिक अधिकार रहेको जिकिर समेत गरे । उनले भने,‘पूर्व माओवादीका तर्फबाट केही साथीहरु खान पाईन्छ भनेर हाँस्दै जानुभयो, केही साथीहरु बाध्यतामा परेर सत्तापक्ष नेकपा बन्नुभयो, जनयुद्धको कार्यभार र आफ्नो दायित्वलाई भुलेर क्रान्तिको कार्यभार अधुरो छोडेर धोका दिनुभयो, प्रचण्डलाई त हामीले डाँकानै भन्न बाध्य भयौं, उहाँ धोकेवाज बन्नुभयो, हिजोको दिनहरुमा उहाँलाई हामीले नेता बनाएका हौं, माओवादी सिद्धान्तलाई त्यागेर एमालेसँग विलिन हुनुभयो, सत्तापक्ष नेकपाका असली कम्युनिष्ट कार्यकर्ताहरु हाम्रो पार्टीमा आउनुहुन्छ, हामी महान जनविद्रोह सम्पन्न गर्छौं ।’