Logo

बिद्रोही बिचारलाई कस्ले शक्तिशाली बनाउछ ?


आश कुमार राई

काठमाण्डौ- नेपालि राजनितिमा २००७ साल देखि अहिले सबै भन्दा धेरै बोलिएका, भनिएका र प्रयोग गरिएका शब्दावलीहरु बिद्रोह, क्रान्ती, आन्दोलन, परिबर्तन, मुक्ती र अहिले थपिएका अरु २ वटा बिकास, समृद्धि अनि राष्ट्रबाद हुन। अन्य देश हरुको ईतिहाँसलाई पनि हेर्ने हो भने उनीहरुले गरेको अत्याधुनिक बिकासमा पनि यी मध्यका कुनै न कुनै एउटा परिस्थिती वा विधि बाट नै माथी उठेको देखिन्छ तर हामी कहाँ लगभग ७० बर्षको ईतिहाँसमा निरन्तर यी सब्दावलि संङ्गै एउटै अस्थिर राजनितिक परिस्थिती किन घुमिरहन्छ ? यस्को लागि सबै भन्दा पहिले क्रान्ती के हो ? र, यो किन आवस्यक छ त भन्ने कुरा बुज्नु पर्दछ । क्रान्ती, उत्पादक शक्ति र उत्पादक सम्बन्ध बिचको चरम अन्तर बिरोध बाट उत्पन्न हुन्छ जो समाजको ऎतिहाँसिक निरन्तरताको नियमित प्रक्रिया हो जसकारण क्रान्ती अपरिहार्य छ ।

समाज ऎतिहाँसिक निरन्तरतामा हुन्छ, समाज फेरिदैन पात्र फेरिन सक्छ, समाज फेरिदैन ब्याबस्था फेरिन्छ । त्यसैले समाजको भौतिक आधार बदलिए पछि ढिलो चाँडो त्यसको उच्च संरचना पनि फेरिन्छ जस्तै राजनैतिक संरचना, सामाजिक संरचना, राजनितिक प्रणाली, दर्शन, कला, साहित्य सबै कुरा परिबर्तन हुन्छ्न। तसर्थ कार्ल माक्स भन्नू हुन्छ “संसारका धेरै दार्सनिकहरुले आआफ्नो ढंङ्गले संसारको व्याख्या गरे तर मुख्य कुरा यसलाई बदल्नु हो।” अत : बदलिनु अथवा आमूल परिबर्तन हुनुको माध्यम तथा विधि भनेकै आन्दोलन, बिद्रोह, संघर्षहरु हुन अनि हामी कहाँ भएका आन्दोलनहरुद्वारा के राजनैतिक, सामाजिक, साँस्कृतिक संरचनाहरुमा कुनै फेरबदल तथा आमूल परिबर्तनहरु भएका छन त ? कुनै परिबर्तन वा फेरबदल भएका छैन। हामि कहाँ किन यी परिबर्तनहरु भैरहेको छैन त भन्दा खेरी याहाँ परिबर्तनको निम्ति जत्ती पनि आन्दोलन,वा क्रान्ती हरु भए सबै सम्झौतामा गएर टुंङ्गिएको छ त्यो पनि अन्तराष्ट्रीय शक्तिहरुको महत्त्वपूर्ण भुमिकामा भएका छन अनि सम्झौता पश्चात् नयाँ भौतिक परिबेश अनुसारको प्रणालिको बिकाश भएन त्यो विभिन्न बिभेदको तह तह भएको हजारौं बर्ष पुरानो नर्कटमा फालिएको दर्शन तथा पुरानै राजनितिक प्रणाली पनि फेरिएन अर्को कारण,राज्यको बागडोर सम्हाल्ने ठाँउमा खाली दक्षिणपंथी शक्तिहरु हाबी भएका छन र उनिहरुको आलो पालो मात्र चलिरहेको छ ।

जहाँ बामपंथीहरुलाई अनेक त्रीकडाम गरेर कम्जोर पारि रहेको देखिन्छ यो नेपालको लगभग ७० बर्ष देखिको राजनितिक रोग हो। जब जब नयाँ भौतिक परिस्थिती वा परिबर्तन हुन खोज्यो तब परिबर्तन हुन नदिई पुरानै तौर तरिका समातेर विभिन्न बहाना बनाई पछाडी फर्किने गर्दछ दक्षिणपंथीहरुको यो एक उदाहरणिय चरित्र हो र अहिले सम्म शत्तामा रहेका हरुको अनुहारहरु हेरे मात्र पनि पुग्छ। त्यसैले यि दक्षिणपंथी बिचारधारा र उस्को नेतृत्व पुरानो दर्शन अनि राजनितिक प्रणालीको बिकल्प नखोजी परिबर्तन सम्भब छैन। तसर्थ जजस्ले जत्ती ठुला ठुला क्रान्तिको कुरा गरे पनि कुनै कुरामा परिबर्तन आएन किन भने मुल सत्तामा परिबर्तन नै भएको छैन मुख्य कुरा परिबर्तन हुनुको लागि मुल सत्तामा परिबर्तन हुनु जरुरी छ वा उत्पादक शक्ति फेरिनु जरुरी छ त्यस्को मुल सत्ता भनेको त्यसको दर्शन र राजनितिक प्रणाली नै हो।यिनै दक्षिणपंथी चरित्रको मुख्य कारणले गर्दा २००७ साल देखि अहिले सम्म जत्ती आन्दोलनहरु भए पनि हाम्रो समाजको उत्पादक शक्ति र उत्पादक सम्बन्धमा कहिले पनि समानता कायम हुन नसकेको कारणले हामी कहाँ संधै एउटै कुरुप राजनितिक अस्थिरता निरन्तर घुमिरहेको छ जस्ले संधै हामी र हाम्रो देश लाई पल पल हराई रहेको छ कम्जोर पारी रहेको छ।

अहिलेको सत्तासिन शक्तिको चिन्तन,चरित्र र नाराहरु:-

(१) बिकाश र समृद्धि :-

बिकास र समृद्धि एउटा सरकारी प्रपोडाण्ड हो कि कारेक्रम हो? यो बिकास र समृद्धि आफैमा अत्यान्तै सुन्दर शब्द हो तर जस्लाई जहिले पनि पुँजिपती दलाल तथा दक्षिणपंथी हरुले प्रपोगाण्डाको रुपमा उपयोग गरिरहेको पाईन्छ,जस्लाई नेपालको सन्दर्भमा पनि भन्ने हो भने अहिले चर्चित नाराको रुपमा स्थापित गर्दै यथस्स्थितीबादीहरुले आफ्नो स्वर्गको छानोको रुपमा प्रयोग गरिरहेका छन तर यो गर्न लाई भन्दा पनि हतियारको रुपमा स्थापित गरिदैछ जस्ले फरक बिचारलाई प्रतिबन्ध लगाउन धरपकट गर्न यिनलाई खुबै काम लागेको छ यत्ती सम्म कि आफ्नो बर्गिय स्वर्गमा खरानिको लक्षमण रेखा लगाउन सम्म यो बिकाश र समृद्धि भन्ने जिनिस उनीहरुको लागि सारै उपयोगि छ।

(२) राष्ट्रवाद:-

यो राष्ट्रबाद भन्ने शब्द पनि साम्राज्यवाद, दलाल नोकरशाही तथा पुँजिपतीहरुले प्रयोग गर्ने अन्तराष्ट्रीय प्रपोगाण्ड हो जस्को न दर्शन न बिचारधारा न सान्दर्भिकता केही पनि हुन्न त्यो राष्ट्रबादि दर्शन भनेको टाउको नभएको दर्शन हो, जस्को जगमा बनेको छ अहिलेको सरकार जो पुर्ण दक्षिणपंथी बिचारधाराबाट निर्देशित छ भन्ने कुरा उस्को चरित्रबाट प्रष्ट हुन्छ। तसर्थ: के बिकाश र समृद्धि दुई चार वटा देशको साउजी बटुलेर खान पान गराएर सम्भब छ ? यिनले आम जनता लाई अबको हाम्रो यात्रा समाजबादको यात्रा हो भनेका छन अनि तिनै बिदेशी साउजीहरुले खनिदिएको मार्ग बाट कस्तो खालको समाजबादमा पुर्याउछन यिनले ? अनि बिकाश र समृद्धिको सवालमा यदि बिकाश र समृद्धि साँच्चै सरकारले चाहेको हो भने अरबौं भ्रष्टाचार किन रोक्दैन? सयौं कुईण्टल सुन तस्करहरुलाई कार्बाही किन गर्दैन ? चर्चित वाईड बडि प्रकरणमा भएको भ्रष्टाचार छानबिन किन अगाडि बढाउदैन ? एनसेल बिरुद्ध अदालतले गरेको फैसला किन कार्यनोयन गर्दैन ? शान्ती सुब्याबस्था कायम गर्न सरकारलाई कस्ले रोकेको छ ? एउटा बालिका बलत्कार भएको बर्ष दिन बित्न लागि सक्यो पिडित पक्ष लाई न्याय दिन सकेको छैन खुलेआम भ्रष्टाचार लाई बैधानिकता दिएर बिकाश र समृद्धि हाँसिल गर्न सम्भब छ ? यदि यो सरकार राष्ट्रबादि तथा राष्ट्रभक्ती सरकार हो भने हजारौं हेक्टर भुमी भारतले मिच्दा किन मुखबाट आवाज आउदैन? त्यसैले यी सम्पुर्ण सरकारी हर्कत हरुले राज्य पुर्णरुपमा दक्षिणपंथि बिचारधारा द्वारा निर्देसित प्रपोगाण्डमा अब्यस्त छ भन्ने कुराको यो भन्दा ठुलो अनि ताजा प्रमाण के हुन सक्छ?

अहिलेको सरकारी नेकपाको नेतृत्वको सवालमा

एक चोटि झापा बिद्रोहमा जाउँ र उ बेला एक पटक बामपंथि लाईनमा देखिए यता ठुला ठुला राजनितिक घटनाक्रम हरुमा उहाँको भुमिका लाई हेरौं जस्तै मदन भण्डारी काण्डमा ओलि आयोगले ल्याएको प्रतिबेदन हेर्दा उनलाई बामपंथी भन्न मिल्छ? ६२/६३ को जन आन्दोलनको महाँसंग्राम चलेको बेला कौसिमा हावा खाँदै बोयल गाडा चढेर अमेरिका पुग्छु भन्नू र यो आन्दोलन सफल हुन्छ भन्नू एउटै हो भनी टेलिभिजनमा अन्तरबार्ता दिने मान्छे लाई बामपंथी भन्न मिल्छ? बैचारिक तथा राजनितिक परिबर्तनको एक स्वर्ण समय दस बर्ष चलेको महान जनयुद्धको बारेमा एक दिन सकारात्मक भएनन यिन लाई बामपंथी कसरी भन्ने ? अनि त्यही दस बर्षे जनयुद्ध र जनआन्दोलनको जग बाट स्थापित गणतन्त्रात्मक ब्याबस्थाको नेतृत्व गर्न उनलाई सुहाँउछ ? महाकाली सन्धी लगायत दर्जनौ खोला नालाहरु भारत लाई दिन महत्वपुर्ण भुमिका खेल्ने ब्यक्ति लाई कुन कोणबाट राष्ट्रबादी भन्ने ?

“अब देशले युद्ध थेग्न सक्दैन त्यसैले जिम्मेवार तरिकाले अभिब्याक्ती र ब्याबहार प्रदर्शन सबै भन्दा पहिले सत्ता पक्ष बाटनै हुनु पर्छ त्यस पछि बार्ता र सम्बादको बाटो खुल्ला गर्दै बिद्रोही शक्ति लाई प्रतिबन्ध फुकुवा गरि बार्तामा बोलाउनु पर्छ ।”

यी सम्पुर्ण एतिहाँसिक तथ्यहरु बाट हेर्दा पनि उनी एउटा घोर दक्षिणपंथी जथ्थाका नाईके हुन भन्ने कुरा वहाँकै बिगतको ईतिहाँस द्वारा पुष्टि हुन्छ। अझै अहिले यो सरकारको चरित्र तथा ब्याबहारहरुलाई हेर्ने हो भने त्यही दक्षिणपंथी बिचारधाराको निरन्तरतामा हिँडेको प्रष्ट देखिन्छ। राज्यको सबै भन्दा उच्च जिम्मेवार ठाउँमा बसेर खेल्नु पर्ने भुमिका नखेलेर केही फरक बिचार बोक्ने राजनितिक पार्टी लाई चाहिँ आफ्नो कम्जोरी, आफ्नो असक्षमता र आफ्नो असफलता लुकाउन ड्याम्मै प्रतिबन्द नै लगाउने ? प्रतिबन्धित तथा निषेधको राजनिती सफल हुने भए राणा किन सफल भएनन? पन्चायत किन सफल भएन? पुर्ब राजा किन नागार्जुनमा बास बसेर केही थान जोगि बटुलेर तराईमा फेरि लाउन पुग्नु पर्थियो ? एउटा सिंङ्गो देशको सम्माननिय प्रधानमन्त्रीको पदमा बसेर केही सार्बजानिक कारेक्रम हरुमा नेकपा लाई लुटेरा समूह,गुण्डा गर्दी समुह,लुरु लुरु आएर हतियार बुझाउ नत्र तिम्रा खैरात छैन भन्दै उडाउनु मर्यादा र जिम्मेवारिको हिसाबले कत्तिको सुहाँउदो कुरो हो ? अनि फेरि मसंङ्ग श्रीकृष्णको चक्र छ रामको बाण छ श्रीकृष्णको चक्र र रामको बाण चलाउन नपरोस भनेर धम्की दिने ?

हो सबै लाई थाहा छ यो बाण र चक्र अहिले तपाईं संङ्गै छन र यी अस्त्रहरु निक्कै पुरानो र धेरै जनाले खेलाई सकेका हुन भन्ने कुरा पनि थाहा छ अनि तिनै चक्र र बाण चलाउने राणाहरुले किन जितेनन ? तीनै चक्र र बाण प्रयोग गर्ने निरंकुश पन्चायत किन हार्यो ? त्यही चक्र र बाण चलाउने ज्ञानेन्द्र किन लाचार भएर नागार्जुन तिर लुरु लुरु जानू पर्यो ? अनि कंग्रेस, एमाले, राप्रपा, ज्ञानेन्द्रले मिलि मिली यी अस्त्र प्रयोग गरेको कारण अहिले सम्म कत्ती निहथ्था नेपालीहरु मरिसके हिसाब किताब छ ? यदि यो तपाईले उद्घोष गरेको लडाईमा तपाईको हालत ज्ञानेन्द्रकै जस्तो भयो भने ज्ञानेन्द्र लाई त नागार्जुन पठाए तर तपाईं लाई कहाँ पठाउछन थाहा छ ? निरंकुश शाही अपराधी ज्ञानेन्द्रले पनि दसबर्षे महान जनयुद्धमा निर्मम दमन गरेर हज्जारौं जनता मारे तर उनिसंङ्ग अहिलेको प्रधानमन्त्रीको जत्तिको बोलिमा दरिद्रता नाङ्गो नाच र सत्ताको उन्माद कहिले देखिएन। अनि तपाईं जनता बाट निर्बाचित भएर गएको जनप्रतिनिधिले कुनै पहल कदमि नै नगरी यी अस्त्र हरु प्रयोग गर्ने ? तपाईं लाई यो आदेश कस्ले दियो ? यो देशको प्रधानमन्त्रीको यस्तो अभिब्यक्तिले देश लाई कता तिर लानु खोज्दैछ? त्यसैले संसारको हरेक ईतिहाँसमा सत्तासिन शक्ति र त्यसको नेतृत्वले नै बिद्रोही बिचार लाई स्थापित र थप शक्तिशाली बनाएको तथ्यहरु छन।

तसर्थ ती बिद्रोही बिचर लाई अब थप बल पुर्याउने भुमिका नखेल्नुहोस किनकी अब देशले युद्ध थेग्न सक्दैन त्यसैले जिम्मेवार तरिकाले अभिब्याक्ती र ब्याबहार प्रदर्शन सबै भन्दा पहिले सत्ता पक्ष बाटनै हुनु पर्छ त्यस पछि बार्ता र सम्बादको बाटो खुल्ला गर्दै बिद्रोही शक्ति लाई प्रतिबन्ध फुकुवा गरि बार्तामा बोलाउनु पर्छ र नेकपाले पनि एउटा जिम्मेवार राजनितिक शक्तिको रुपमा आफुलाई स्थापित गर्दै ईमान्दारिताको साथ बार्ता र सम्बाद मार्फत सम्पुर्ण समस्याहरुको हल खोज्नु तयार हुनु पर्छ र बिद्रोही शक्ति र सरकार मिलेर लगभग ७० बर्ष लामो दक्षिणपंथी बिचारधाराले ल्याएको राजनितिक अस्थिरता र राजनितिक अकर्मण्यता लाई तोड्दै नयाँ राजनिती प्रणाली र दर्शनको बिकाश गरि शुसासन कायम गर्दै अहिलेको आधुनिक युग लाई सुहाँउदो सापेक्षिक बैज्ञानिक बिकाशको जग बसाउनु पर्दछ जसले सँधै देश र जनता लाई जिताई रहने यो भन्दा अर्को बिकल्प छैन ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्