Logo

अपत्यािरलाे प्रस्ताव आवेदन विना गुगलमा जागिर : एक करोड २० लाख पारिश्रमिक


भारतको मुम्बई बस्दै आएका २१ वर्षीय युवकलाइ गुगलले आवेदन विना वार्षिक पारिश्रमिक एक करोड २० लाख भारतीय रुपैयाँ पारिश्रमिक दिनेगरी रोजगारीको प्रस्ताव गरेको छ । बेरोजगार भएर घरमै बसिरहेको अवस्थामा विश्वकाे पहिलाे सर्च इन्जिन गूगलबाट उनलाइ अपत्यरिलाे रोजगारीको प्रस्ताव गरेको हो ।

अब्दुल्ला खान नाम गरेका ती युवकले ‘आइआइटी’मा भर्ना हुनका लागि प्रवेश परीक्षा दिएका थिए । तर उत्तीर्ण हुन नसकेर निराश बनेका उनलाई ‘गूगल’ले आकर्षक रोजगारीको प्रस्ताव गरेको छ । आइआइटी प्रोग्रामिङ्ग सम्बन्धी प्रतियोगिता आयोजना गर्ने उक्त साइटमा रहेको खानको प्रोफाइल हेरेर नै गूगलले उनलाई चयन गरेकाे हाे ।

उनका अनुसार सुरुमा गूगलबाट रोजगारीको प्रस्ताव आउँदा उनलाई विश्वास नै नलागेकाे र आफूलाई गूगलबाट आएको इमेल आफ्ना साथीहरुलाई देखाए । साथिहरूबाट प्रस्ताव साचाे रहेकाे  ठहर भएपछी खान निकै उत्साहीत देखीए । अनलाइनबाट नै उनको अन्तरवार्ता लिइएको थियो । त्यसपछि उनलाई लन्डनस्थित कार्यालयमा बोलाइयो ।

खानले साउदी अरबबाट विद्यालय तहको शिक्षा हासिल गरेको बताइन्छ । हाल उनी भारतमा बीई (कम्युटर साइन्स) अन्तिम वर्षमा अध्ययनरत छन् । उनी आगामी सेप्टेम्बरदेखि गूगलमा आवद्ध हुने बताइएको छ । गूगलमा रोजगारी सुनिश्चित भएपछि उनले भने, ‘मैले यसरी पनि प्रस्ताव आउँछ भन्ने सोचेकै थिइनँ ।’ आफूले रमाइलोका लागि प्रोग्रामिङ्ग सम्बन्धी प्रतियोगितामा भाग लिने गरेको उल्लेख गर्दै उनले भने, ‘गूगलजस्तो ठूलो कम्पनीले यस्ता वेबसाइटमा प्रोग्रामरको प्रोफाइल हेरेर जागिरका लागि प्रस्ताव गर्छ भन्ने सोचेकै थिइनँ । (एजेन्सी)

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्