Logo

त्रियुगा नदीलाई बहुउपोगी बनाउन : थाल्यो त्रियुगा सभ्यता र विकासको काम


उदयपुर । त्रियुगा नगरपालिकाले त्रियुगा सभ्यता र बिकासको अभियान थालेको छ । त्रियुगा उपत्यकाका लागि अहिले सम्म ‘अभिशाप’ बन्दै आएको त्रियुगा नदीलाई बहुउपयोगी बनाउन गुरु योजना (डिपिआर ) तयार पारेर काम अघि बढाएको छ ।नदीको दिगो व्यवस्थापन गर्दै अभिशापलाई ‘बरदानमा’ साबित गर्ने उद्देश्यले नगरपालिकाले ‘त्रियुगा सभ्यता’ र बिकास नाम दिएर अभियान चलाउन थालेको हो । बरुवा र त्रियुगा नदिमा वर्षेनी आउने बाढीले खेतीयोग्य जमिन कटान गर्नुका साथै व्यापक जनधनको क्षति गर्दै आएको त्रियुगा नदीको दिगो र भरपर्दो व्यवस्थापन गर्न नगरपालिकाले त्रियुगा सभ्यता र बिकास नाम दिएर काम थालिएको हो । नदीलाई व्यवस्थित गरेर स्थानीयबासीको हित अनुकुल बनाउँदै बहुउपयोगी साबित गराउन केन्द्रित भएर यसमा सरोकारवाला र स्थानीयबासीको सहभागितामा प्रत्यक्ष लामो बहसपछि कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

त्रियुगा उपत्यकाका लागि अहिले सम्म ‘अभिशाप’ बन्दै आएको त्रियुगा नदीलाई ब्यवस्थित गर्न सके आर्थिक समृद्धि हासिल गर्न सकिने थियो । त्रियुगा नदिलाई बहुउपयोगी बनाउन त्रियुगा नगरपालिकाले अभियान थालेको हो ।नदीको दिगो व्यवस्थापन गर्दै अभिशापलाई ‘बरदान’ साबित गर्ने उदेश्यले त्रियुगा सभ्याता र बिकास तथा बरुवा बेलदोभान एकिकृत बिकास परियोजनाको काम थालिएको छ । सो एकिकृत बिकास परियोजना अन्र्तगत त्रियुगा नदि नियन्त्रणका लागि त्रियुगा नगरपालिका–७ स्थित कालीखोला तोरीबारीदेखि बेलका नगरपालिका– २ स्थित सप्तकोशी दोभानसम्म ४२.५ किलोमिटर लामो डिपिआर तयार गरेको छ ।
त्रियुगाको शीरदेखि तीरसम्मको ४२.५ किलोमिटर दूरीमा दुवैतर्फ आधुनिक तथा जैविक प्रविधिको बाँध बाँध्दै सिंचाई, विद्युत र खानेपानी सुविधा जस्ता बहुउपयोगी उपलब्धी हासिल गर्न डिपिआर निर्माण गरि काम थालिएको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए । यसो गर्दा नदी व्यवस्थित हुनुका साथै दिगो रुपमा फाईदा लिन सकिने र नियन्त्रण हुने हुँदा हानी कसैलाई नहुने गुरुयोजनाले निर्दिष्ट गरेको बताए ।

त्रियुगा नदिको कालीखोला देखि तपेश्वरी सम्म ४२.५ किलोमिटर गरि दुवै तर्फ ८५ किलो मिटर लामो बाँध निर्माण गर्न नेपाल सरकारबाट डिपिआर निर्माण गरि स्विकृत भएको नगर प्रमुख चौधरीको भनाई रहेको छ । डिपिआर निर्माण स्विकृतपछि त्रियुगा नदि नियन्त्रण आयोजना कार्यालय सञ्चालनमा आएको नगर प्रमुख चौधरीले जानकारी दिए । त्यसको कार्यालय लहान रहेको बताए । खाँडो नदि ब्यवस्थापन आयोजनाले तयार पारेको डिपिआरमा त्रियुगा नदि नियन्त्रणका लागि करिब ६ अरब ८४ करोड लागत लाग्ने अनुमान गरिएको छ । डिपिआर निर्माण तथा स्विकृतपछि त्रियुगा नदि नियन्त्रणका लागि यस वर्ष १० करोड रुपैया बिनियोजन भएको छ । त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिका क्षेत्रमा त्रियुगा नदि पर्दछ ।

डिपिआर निर्माणपछि त्रियुगा नदि नियन्त्रण आयोजना राष्ट्रिय योजनामा परेकाले आगामी वर्षदेखि बृहत रुपमा काम हुने त्रियुगा नदि नियन्त्रण आयोजनाका डिभिजन इन्जिनियर बिष्णुदेव यादवले जानकारी दिए । सरकारले १० वर्ष भित्रमा त्रियुगा नदि नियन्त्रण गरि सक्ने गरि लक्ष्य लिएको छ । त्रियुगा नदिमा चुरे र महाभारतबाट ३ दर्जन बढी खहरेखोलाहरु आउने गरेको बताईएको छ । यसरी निर्माण गरिएको डिपिआरमा ५० वर्ष पछि सम्म बाढीलाई थेग्न सक्ने क्षमता रहेको डिई यादबको भनाई रहेको छ । त्रियुगा नदिसँग मिसिने सहयाक खोलाको ३० किलोमिटर काम गरिने डिपिआरमा उल्लेख गरिएको छ । त्रियुगाको कालीखोलामा २८२ मिटरको चौडाईमा खोला हुनेछ भने तिरमा ७०५ मिटर चौडाईको खोला हुने जनाईएको छ । बाँधको उचाई भने ९ मिटरको हुने उल्लेख गरिएको छ । डिपिआरका अनुसार नदिको भुईमा १७ मिटर चौडाईको बाँध निर्माण हुने उल्लेख गरिएको छ । बाँध निर्माणपछि नदिको दुवै तर्फ ग्रावेल सडक हुने जनाएको छ ।

आयोजना कार्यालयले तत्कालै बहुउपयोगी बहुवर्षे ठेक्का लगाएर काम अघि बढाउने तयारी गरि रहेको डिई यादबको भनाई रहेको छ । त्रियुगा नदि नियन्त्रणको काम सम्पन्न भएपछि यहाँ २२०० हेक्टर जमिन उकासिने नगर प्रमुख चौधरीले जानकारी दिए । उनका अनुसार ४०० हेक्टर खेतियोग्य जमिन हुने त्यसबाट बार्षिक करोडौंको उत्पादन लिन सकिने बताए । योजना निर्माणसँगै नदि उकासमा आउने जमिनको दायाबाया १ किलोमिटर जग्गा नगरपालिकाले रोक्का राख्नेछ नगर प्रमुख चौधरीको टिप्पणी छ । स्थानीयबासीको प्रत्येक्ष संलग्नतामा नदीको संरक्षण, कटान रोकथाम, उपयोगिता र यसको सभ्यताबारे लामो बहसपछि परियोजना सञ्चालन गर्न लागेको हो । नदीको ऐतिहासिक पृष्ठभूमि र यसले गर्ने फाईदा र हानीको विषयमा स्वयं नगरबासीबाट सुझाव र धारणा संकलन गरेर गुरुयोजनाको कार्यान्वयन गराउन नगरपालिकाले वडा वडामा बहस गरि परियोजना थालिएको हो ।

त्रियुगा नगरपालिका– ७ को कालीखोला तोरीबारीदेखि बेलका नगरपालिका– २ सप्तकोशी सम्म ४२.५ किलोमिटर दूरीमा दायाँबायाँ बाँध बाँधेर चुरेबाट आउने खहरे नियन्त्रण गरि त्यसको पानी संकलन गर्ने इस्टीमेट पनि गुरुयोजनामा समेटिएको स्पष्ट पारेको छ । सो दूरीभित्र बाँधसँगै किनारै किनार सडक बनाउने, सो दूरीभित्र २७ वटा पुल बनाउने उदेश्य गुरुयोजना भित्र समेटिएको जानकारी नगर प्रमुख चौधरीले दिए । नदीले वर्षेनी बालुवा ल्याएर थुपार्ने गरेका कारण उजाड देखिएको बगर व्यस्थापन गर्न सके कम्तीमा २ हजार २ सयदेखि बढीमा १० हजार हेक्टरसम्म नदी उकासबाट खाली जमिन निस्कने नगर प्रमुख चौधरीको अनुमान रहेको छ । नदी उकासबाट निस्कनो जग्गाको भूउपयोग गर्दै त्रियुगा तटलाई कृषि, पर्यटन, आवास र विमानस्थल बनाउन प्रयोग गर्ने योजना पनि अघि बढाइने तयारी भई रहेको जानकारी दिए । गुरु योजना अनुरुप त्रियुगाको दुबै किनारामा ५ मिटरको कालो पत्रे सडक निर्माण हुने नदि किरानामा सोलार प्लान्ट निर्माण गरि १ सय मेगाबाट बिद्युत उत्पादन गरिने लक्ष्य रहेको स्पष्ट पारेको छ । युगा सभ्यता बिकास तथा बरुवा बेलदोभान एकिकृत बिकास परियोजनाका लागि छिमेकी मित्रराष्ट्र चीनका प्रतिष्ठीत कम्पनी जेन्चु ग्रुपका अध्यक्ष कसहीयोङले लगानी गर्ने भएको छ । त्रियुगा नगरपालिका क्षेत्रमा परियोजनाका लागि एभेरेष्ट इटिटिआर ग्रुप गरि दुबै समुहले रोड, बेस्ट प्रोजेक्ट कृषि, उर्जा, पर्यटन लगानी गर्ने जनाएको छ ।

सोलार हाइड्रो पावर, कृषि, पानी, फर्निचर हुने त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले बताए । त्रियुगा सभ्याता बिकास तथा बरुवा बेलदोभान बिकासको एकिकृत परियोजनाको अध्ययन भई रहेको नगर प्रमुख चौधरीले स्पष्ट पारेको छ । त्रियुगा नगरपालिका ( स्थानीय सरकार ) ले थ्री पिपिको मोडलमा बिकास गर्न लागेको हो । जसमा स्थानीय सरकार ( त्रियुगा नगरपालिका) स्थानीय जनता र कम्पनी बिचको साँझेदारीमा काम गर्न लागेको छ । सो कम्पनीले पहिलो चरणमा १५ मेगावाटको सोलार हाइड्रो पावर स्थापना गरिने जानकारी दिएको । सो परियोजना अन्र्तगत १ सय मेगावाटको सोलार हाइड्रो पावर स्थापना गरिने उदेश्य रहेको छ । जसको लगानी करिब ३ खर्ब रुपैया रहेको अनुमान गरिएको छ । आवश्यक पर्ने सबै लगानी चिनिया कम्पनीले गर्ने जनाएको छ । बैकल्पिक सौर्य उर्जालाई प्राथमिकता दिने भन्ने नेपाल सरकारको नीति अनुसार आप्mनो पहलमा बैदेशिक लगानी भित्राएर यस क्षेत्रको विकासमा अग्रगामी फड्को मार्न सकिने भन्दै नगर प्रमुख चौधरीले संघीय सरकार, प्रदेश सरकार र लगानी बोर्डको समन्वयमा काम अगाडी बढाईने तयारी भई रहेको स्पष्ट पारे ।

नगर प्रमुख चौधरीले आफनो कार्यकालमा त्रियुगा नगरपालिकाको आर्थिक विकासले कायापलट गरेरै छोड्ने भन्दै जल, जमिन र जङ्गलको मात्र नभएर पर्यटन क्षेत्रको विकासमा समेत चिनियाँ कम्पनीको ठूलो रकम लगानी भित्रिने तयारी भईरहेको र यसका लागि कानुनी अड्चनहरु हटाउन संघिय सरकार लागि रहेको जानकारी दिए ।
यहाँका जनतालाई प्रत्येक्ष रोजगारी सिर्जना गरि एक घर एक रोजगार दिने उदेश्य रहेको नगर प्रमुख चौधरीको भनाई रहेको छ । नदी व्यवस्थापन गर्दा स्थानीय थारु र दनुवार पहिचान समेत बचाउँन सकिने बताए । प्राकृतिक सम्पदाहरू मानव अतिक्रणको चपेटामा परेकै कारण त्रियुगाले वर्षेनी क्षति हुने गरेको भन्दै यसको रोकथाम र संरक्षणमा नगरबासीको सहभागिताको खाँचो औंल्याए । त्रियुगाको सम्भता भाषा संस्कृतिसँग जोडिएको छ । त्रियुगा पहिला मानिसले फड्को मारेर तर्न सकिने थियो । त्रियुगाको सभ्यतालाई यहाँ मात्र सिमित नराखि अनेत्र पनि फैलाउन पर्नेमा नगर प्रमुख चौधरीको जोड् थियो । त्रियुगा नगरपालिकाको नगर सभाले त्रियुगाको सभ्यता र बिकासको नाममै राखेर योजना अघि बढाएको छ । आज बगर बन्न पुगेको त्रियुगालाई कसरी पुरानो अवस्थामा फर्काउने भनेर हामी लागि परेकाछौं नगर प्रमुख चौधरी ।
त्रियुगा नदि नियन्त्रणपछि यहाँ आर्थिक हबको रुपमा बिकास गर्ने लक्ष्य रहेको छ । त्रियुगालाई ( EAT) रुपमा बिकास गर्ने उदेश्य हो । जसलाई शिक्षाको हब, मेडिकल कलेज, प्राविधिक शिक्षा, इन्र्जीको हब र्सौर्य उर्जा जनबिद्युत, कृषिलाई आधुनिकीकरण, आग्र्रनिक खानेकुरा र पर्यटन प्रर्बद्धन रहेको छ ।

त्रियुगाको बेलदोभान देखि रौता पोखरी सम्म रौतामाई त्रियुगा केबलकार दर्शन प्रा.लि.ले अध्यायन थालेको छ । बेलदोभानमा बहुउपयोगी ५० मिटरको बाँध निर्माण गरिने त्यसमा खानेपानी, सिंचाई, जलबिद्युत, माछापालन लगायतको बहुउपयोगी बनाउने उदेश्यका साथ अध्यायन भई रहेको नगर प्रमुख चौधरीको भनाई रहेको छ ।
त्यसैगरी त्रियुगालाई स्वच्छ सफा बनाउन यही चैत ३० गतेबाट त्रियुगा सफाई अभियान चलाउने तयारी भई रहेको नगर प्रमुख चौधरीले बताए । त्यसका लागि १ हजार भन्दा बढीलाई सहभागीता गराएर नदि सफाईमा लगाउने त्यसका लागि कालीखोला देखि बिसनपुर सम्म हुने बताए । अभियानलाई सफल बनाउन बरिष्ठ पत्रकार कौशल चेम्जोङ, त्रियुगा नदि नियन्ण आयोजनाका इन्जिनियर कुलदिप यादब, सहायक वन अधिकृत जागेश्वर साह, त्रियुगा बचाऊ अभियानका कुमारसिंहं कार्की, भरत खड्का र जलश्रोत बिज्ञ डा. बलबहादुर पराजुलीले आ आफनो कार्यपत्र प्रस्तुत गरेको थियो । त्यसैगरी प्रदेश सासद बिमल कार्कीले त्रियुगाको सभ्यतालाई जोगाई राख्ने हो भने बसाई सराई रोक्न सके राम्रो हुने थियो । बसाई सराईलाई रोक्न नसकेता पनि बसाई सरेर आउँनेहरुलाई प्राकृतिक श्रोत साधानको दोहनमा नयाँ निति निर्माण गरि १० वर्ष सम्म रोक्न सके राम्रो हुने थियो । प्रदेश सरकारले उदयपुरको चुरे क्षेत्रलाई पुरात्व क्षेत्र घोषणा गरि अनुसन्धान तथा अन्वेक्षण गर्न लागेको जानकारी दिए । (नागरिकबहस बाट)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्