रियल म्याड्रिडले पेरुका ११ वर्षीय खेलाडी अनुबन्धित
एजेन्सी – रियल म्याड्रिडले आफ्नो भविष्यलाई ध्यानमा राख्दै ११ वर्षीय खेलाडी सर्जियो टोरेसलाई अनुबन्ध गरेको छ । म्याड्रिडमै जन्मिएका टोरेसका बाबुआमा भने पेरुका हुन् । सानो उमेरमा नै उत्कृष्ट प्रदर्शन गर्दै आएका उनले भविष्यमा पेरुका लागि नै खेल्ने बुझिएको छ । रियलका स्काउटहरुले क्लबलाई टोरेसको प्रदर्शन निकै राम्रो भएकाले अनुबन्धन गर्न सल्लाह दिएका थिए ।
अनुबन्धन भएको सातामै टोरेसले आफूभन्दा १ वर्ष माथि उमेर समूहमा खेल्दै गोल पनि गरेका छन् । उनले रियलको एल्भिन बी समूहको टोलीबाट खेलेका थिए । सन् २००८ मा जन्मिएका टोरेसलाई रियलका स्काउटले एक एकेडेमीमा पहिलो पटक देखेका थिए ।
उनले स्पेनको राजधानीबाहिर रहेको ‘टु एम वन टु’ एकेडेमीमा भेटेका थिए । भिल्लाभेर्डे नामक गाउँमा रहेको उक्त क्लबबाट म्याड्रिडले उनलाई क्लबमा ल्याएको हो ।