संगीतकार डीआर अटु र गायक रूप कुमार राईको आवाजमा १२ बर्ष पछी गित सार्बजानिक

चर्चित संगीतकार डि आर अटुको शब्द र संगीतमा गायक रूप कुमार राईको आवाजमा रहेको १२ बर्ष अगाडी रेकर्ड भएको गीत ‘ पोखराको बजार राम्रो ‘को लिरीकल भिडियो भर्खरै सार्वजनिक भएको छ।
पुर्वेली लोक गीतहरु गुडि जाने रेल, चौबन्दी चोलीमा, दिक्तेल बजार,झुम्के माया,दिक्तेल बजार (२ ,माली गाईको दहि मीठो लगायतका सुपरहिट गीत बजारमा ल्याएर आफ्नो छुट्टै पहिचान बनाइसकेका संगीतकार डि आर अटुको लगभग बार्ह वर्ष अगाडी रेकर्ड गरिएको गीतको लिरिकल भिडियो बजारमा सार्वजनिक भएको हो।सार्वजनिक गीतमा पुर्वेली गायक रुप कुमार राईको आवाज रहेको छ ।
नेपाली संगीतको क्षेत्रमा लाग्दैँ गर्दाको समयमा तयार पारिएको भिडियोलाई पुन दर्शक तथा स्रोतामा ल्याएको उनले बताए । डि आर अटुको शब्द तथा संगीतमा तयार पारिएको गीतमा मौलिक भावहरुलाई समेटिएको छ । गीतमा नेपाली जन जिवनको पिडालाई भेटन सकिन्छ ।