Logo

सोलुबाट छुटेको जीप ओखलढुंगामा दुर्घटना, ६ जनाको मृत्यू (नाम सहित)


ओखलढुंगाको मानेभन्ज्याङ स्थित भडारेखोलामा जीप दुर्घटना हुदा ६ जनाको ज्यान गएको छ । तिन जना घाईते भएका छन् ।

सोलुखुम्बुबाट काठमाण्डौका लागि छुटेको बा १६ च २२०७ नंम्बरको जीप सडकबाट खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । मृत्यू हुनेमा ताप्लेजुङका ५५ बर्षिय मिङमा शेर्पा, ४५ बर्षिय साङगेल शेर्पा, नुर्वु शेर्पा, ङवाङ शेर्पा रहेका छन् भने डोमा र नुमा शेर्पाको पनि घटनास्थलमै ज्यान गएको ओखलडुंगा प्रहरीले जनाएको छ ।

घाईतेलाई प्राथमिक उपचार घुर्मिमा भईरहेको छ । प्राईभेट स्कार्पियो जीप सोलुदुधकुण्ड नगरपालिका २ जुनवेशी गुम्बाबाट छुटेको सूचना प्राप्त भएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्