Logo

चलचित्र “रोशनी”को छायांकनमा व्यास्त नायिका कशिस दाहाल


काठमाडौ – नेपाली कथानक चलचित्र “रोशनी”को छायांकनमा बुटवल धमाधम चलिरहेको छ । चलचित्र “रोशनी”को मुख्य भूमिकामा नायिका कशिस दाहालले अभिनय गरिरहेकी छन् । चलचित्रको छायांकन संगै, दर्जनौ म्युजिक भिडियोहरुमा मज्जैले जमेकी मोडेल तथा नायिका कशिस दाहाल ठूलो पर्दाको चलचित्रमा पनि जम्न सुरु गरेकी छन् ।

निक्कै नै सुन्दरी नायिका कशिस दाहाल त्यतिकै बौद्धिक पनि छिन् । दर्जनकै हाराहारीमा नेपाली चलचित्रमा अभिनय गरिसकेकी नायिका कशिस दाहाल अभिनित चलचित्र आजसम्म प्रदर्शन हुन बाँकी रहेपनि नायिका कशिस दाहाल भने दिन दिनै नेपाली चलचित्र र म्युजिक भिडियोहरुमा व्यास्त बन्दै गईरहेकी छन् । चैत १३ गते काठमाण्डौंको भद्रकालिमा शुभमुहुर्त गरेर छायांकन सुरुवात गरिएको चलचित्र “रोशनी”मा आधुनिक युगसँगै समाजिक विकृति विरुद्ध बुलन्द आवाज र अन्तरजाती प्रेम पिडालाई देखाईने बताईएको छ ।

 

दिक्षान्त मुभिज क्रीयसनको व्यानरमा निर्माण भैरहेको फिल्मलाई खुम सुनारले निर्देशन गर्दैछन् । फिल्ममा कशिस संगै दीपक पाण्डे, रमेश आबजु, सुभाष परियार, उज्वल गिरी, मेनुका गिरी, सन्जु लगायतले अभिनय गरिरहेका छन् । चलचित्र “रोशनी”लाई अजय आब्जुले निर्माण गरेका हुन् ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्