चाम्लिङ भाषाको गिती एल्बम ‘साम्दुङ’ विमोचन

– मान्सुङ चाम्लिङ
कुनै समूदायको आफ्नो पहिचान भनेको भाषा, संस्कृति, भेषभुषा नै हो । यदी आफ्नो भाषा, संस्कृति विर्सेर गएमा निश्चयनै आफ्नो अस्तित्व नै लोप भएर जान्छ । यसकारण हामी को हौं भनेर छुटाउने आधार नै मेटिएर जान्छ । तर पनि बेरोजगारी समस्या, गाउँघर छोड्ने चलन तथा नयाँ प्रविधिको विकाससँगै आफ्नो धर्म, संस्कार, संस्कृतिहरुलाई बिर्सेर आफ्नो पहिचान के हो थाहा नभएको अवस्था छ ।
युवाहरुमा आफ्नो अस्तित्वको महत्व नै विर्सने प्रवृतिले गर्दा आफ्नो भाषामा गीत गाउने प्रचलन अझ धेरै टाढाको विषय भएको छ । तर पनि युवा भर्सटायल गायक, नायक, सगितकार, रचनाकार दिपेश राईको सोलो संगीतमा चाम्लिङ भाषामो गिती एल्बम साम्दुङ विमोचन गरिएको छ । कलाकारहरु एरेन्जर देवस राई, सगितकार तथा गायक दिपेश राई, गायिका विनिता राई, गायक नरेन राई, गायिका न्यहारिका लगायतको स्वर रहेको गीतहरुमा शब्द रचना तिलक चाम्लिङ, रोदुङ किराती गणेश राई र जीवनजीत राईले गरेका छन् ।
समाजसेवी जनकराज राईको प्रमखु आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा, युवा कलाकारहरुलाई हौसला प्रदान गर्न उपस्थित राष्ट्रिय कलाकारहरु गायिका कला राई, सगितकार डक्टर किरात, गायककारहरु रुपकुमार राई, कन्काइस्ट राई, गायिका रुस्मा राई, विमला राई, रश्मि राई लगायत धेरै जना कलाकारहरुको उपस्थिति रहेको थियो ।