Logo

जापानिज नागरिक युको ओकामोतो दश बर्षमा नेपाललाई सिङ्गापुर बनाउँछु भन्दा तीन छक्क


काठमाडौ – पहिला भन्दा अहिले नेपालमा धेरै विकास भएको जापानिज युको ओकामोतोले बताएकी छन् । सन् १९८५ मा पहिलो पटक नेपाल आउदा नेपालमा जंगलै जंगल रहेको र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भर्खर बन्दै गरेकोले अहिलेको डोमेस्टिक एयर पोर्ट नै त्यतिबेला अन्तराष्ट्रिय उडानको लागि प्रयोगमा रहेको स्मरण गर्दै त्यतिबेला भन्दा अहिले धेरै विकास भएको बताएकी हुन् ।

विगत लामो समयदेखी नेपाली कला संस्कृतीको रिसर्च गर्दै आएकी युको ओकामोतोले जापानकै युभर्सिटिमा अध्यापन पनि गराउदै आएकी छन् । पछिल्लो समयमा नेपाली गीत-संगीत भारतीय गीत-संगीतको प्रभाव परेको बताउदै आफू जस्तै नेपाली गीत-संगीतको अध्यायन गर्नेहरुले भारतीय डान्सनै हेर्ने हो भने त भारत नै गए हुने पनि बताईन् । आफ्नो मौलिक कला संस्कृती भए संसारले चिन्ने बताउदै आफ्नो संस्कार र संस्कृतीको लिखित दस्तावेज राख्नु पर्ने बताईन् ।

नेपालमा पछिल्लो समयमा धेरै चाडो विकास हुदै आएपनि नेपालको मुख्य आयस्रोत पर्यटन रहेकोले यहाँको सडक, बिजुली असरल्ल रहेको र फोहरलाई ब्यावस्थित गर्ने पर्ने बताईन् । सन् १९९८ को भिजिट नेपालमा नेपालको प्रधानमन्त्रीले अबको १० बर्षमा नेपाललाई सिङ्गापुर बनाउने बताउदा आफूहरुलाई त्यतिबेला विश्वास नै नलागेको बताईन् । राजा बिरेन्द्र बाट तिन पटक सम्मानित भएकी युको ओकामोतोले नेपाली-नेपालीहरु बिचमा एक अर्काको खुट्टा तान्ने प्रवृति रहेकोले यो गलत भएको बताईन् । (सिलिचुङ्टिभी बाट )

बाँकी भिडियोमा हेर्नुहोला

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्