Logo

महाकुलुङ गाउँपालीकामा उद्यमशीलता तालिम


सोलुखुम्बु । महाकुलुङ गाउँपालीका सोलुखुम्बु छेस्काममा लघु उद्यमशीलता विकास तालिम सञ्चालन गरिएको छ । घरेलु तथा साना उद्योग विकास समिति सल्लेरी सोलुखुम्बुको आर्थिक तथा प्राविधिक सहयोग र सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र शाखा कार्यलय सोलुखुम्बु सल्लेरीको संयुक्त आयोजनामा सो कार्यक्रम सञ्चालन गरिएको हो ।

सोलुखुम्बुको आठवटा गाँउपालिकामा यस किसिमको कार्यक्रम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बुका सुचना अधिकृत कुमार लामाले बताउनु भयो । स्थानीय स्रोत साधनको उचित प्रयोग गरि सफल्तापूर्वक आफ्नो ब्यावसाय सुरु गरि गरिबी निवारण अनत्य गर्नका लागी सबै जिल्लामा यस किसिमको कार्यक्रम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग बिकास समिति सोलुखुम्बुका कार्यकारी प्रमुख उमेश वाग्लेले बताउनु भयो ।

 तालिमको उदघाटन गर्ने क्रममा कार्यक्रम सञ्चालन गर्दै सुनिता राई

वडा कार्यलयका प्रमुख डेक बहादुर राईले यो तालिमलाई उदगाटन गरेका थिए । दोस्रो चरणको तालिम आठ दिनमा समापन गरिएको छ । यो चरण अन्र्तगत व्यवसाय सचेतना, व्यवसाय सुरु, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी तालिम सञ्चालन गरिएको थियो । २७ जना उद्यमीहरुले भाग लिए पनि सुरुदेखि अन्तिम सम्ममा २२ जनाले सहभागीता जनाएका थिए ।

तालिमको मुख्य उद्देश्य उद्यमीहरुलाई ब्यवसाय प्रति सचेत गराई सहि दङ्गबाट आफ्नो व्ब्यावसाय आफै शुरु गर्न उत्प्रेरित गर्नुका साथै आत्म स्वालम्बि बनाउनु रहेको थियो । सो तालिमलाई उद्यम बिकास सहजकर्ता सुनिता राईले सञ्चालन गरेका थिए । प्रशिक्षकको सिकाई तथा मौलिक कलाले सबै सहभागीहरुलाई प्रभाव बनाएको सहभागी तथा उद्यमी दुती शंकर कुलुङले बताउनु भयो ।

 वडा कार्यलयमा पि आर ए बैठक बस्दै

व्ब्यवहारिक जीवनसँग मेल खाने खेल, मनोरञ्जन कला सहित तालिम सञ्चालन गरिएकोले बुझन सजिलो भएको नन्द कुलुङ राईको भनाई थियो । अर्का तालिममा सहभागी नन्द कुमारीले गाँउमा निःशुल्क यस किसिमको तालिम लिन पाउदा निकै खुशी लागेको बताउनु भयो । यो तालिमले अब केही गर्न सक्छु् भन्ने सिकाएको अर्को सहभागी जुना कुलुङले बताईन । सिकाउने शैली नै राम्रो भएकोले बुझ्न सजिलो भएको तालिममा सहभागी कमला कुलुङले बताईन् ।

  समापनको दिन कार्यक्रम सञ्चालन गर्दै सहभागी नन्द कुलुङ                 

अनुशासन र निकै उत्सुक्ताका साथ सहभागीहरु तालिम अवधी भर बसेकाले तालिम सञ्चालन गर्न रमाईलो भएको उद्यम बिकास सहजकर्ता प्रशिक्षक सुनिता राईले कलाखबरलाई बताईन् । चैत्र ४ गतेबाट सुरु गरिएको यो तालिम १२ गते समापन गरिएको थियो । यो चरणको तालिम समापन पश्चात तेस्रो चरण अन्र्तगत सीप विकास मुलक तालिम विद्यत प्राविधिक र थुकपा उद्योग तथा अल्लो सम्बन्धी सञ्चालन गरिने गाँउपालीका प्रमुख सागर किराँतीले बताउनु भयो ।

   सहभागीहरु आपसमा छलफल गर्दै

गाँउपालीका र वडा कार्यलयको सहकार्यमा कार्यक्रम सञ्चालन गर्दा बढी प्रभावकारी हुुने सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्रका अध्यक्ष रामनाथ पोख्रेलले बताउनु भयो । वडा कार्यलय गाँउपालीका प्रमुख तथा कार्यक्रम आयोजकको संयुतm छलफल पछि तेस्रो चरण अन्र्तगत सीपमुलक तालिम सञ्चालन गरिने कार्यक्रम संयोजक तथा सञ्चारकर्मी राज कुमार राईले बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्