काठमाडौं : एसईई परीक्षा अन्तर्गत प्रदेश–२ शनिबार हुन लागेको स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि बाहिरिएको छ। यसअघि बिहीबारको विज्ञान र शुक्रबारको सामाजिक विषयको प्रश्नपत्रसमेत बाहिरिएको थियो।

परीक्षाको अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि शनिबारको परीक्षा तयारीबारे बुझ्न सम्बन्धित क्षेत्रमा खटिएका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि र सरोकारवालाको टोलीले शनिबारको प्रश्नपत्र बाहिरिएको पुष्टि गरेका हुन्। शनिबारको यो विषयको प्रश्नपत्र सामाजिक सञ्जालबाट बाहिरिएको हो। टोलीको अध्ययनबाट प्राप्त गरेको सूचनाको आधारमा प्रतिवेदन लेख्ने तयारी गरिरहेको छ। शिक्षा मन्त्रालय स्रोतका अनुसार उनीहरुले प्रश्नपत्र बाहिरिएको जानकारी मन्त्रालयमा गराइसकेका छन्।

प्रतिवेदन अध्ययनपछि शनिबारलगायत अन्य दिनका परीक्षा सञ्चालनबारे के गर्ने भन्ने निर्णय गरिने मन्त्रालयले जनाएको छ। यसबारे जानकारी दिन मन्त्रालयले साँझ सात बजे पत्रकार सम्मेलन गर्ने भएको छ। दैनिक परीक्षा रद्ध हुँदै गएपछि प्रदेश २ का विद्यार्थी आन्दोलित भएका छन्। कतिपय स्थानमा प्रहरीले विद्यार्थीका गतिविधि नियन्त्रण लिन अश्रुग्याससमेत प्रहार गर्नु परेको छ। अन्नपूर्ण पोस्टबाट

सेटिङमा प्रश्नपत्र बाहिरीएको भन्दै शिक्षा मन्त्रीको राजीनामा माग (बिज्ञप्ती सहित)

काठमाडौं, ११ प्रतिपक्षी सयुक्त विद्यार्थी संगठनद्वारा शिक्षा मन्त्रीको तत्काल राजीनामा र कानुनी कारबाहीको माग गरेका छन् । सेटिङमा प्रश्नपत्र बाहिरीएको भन्दै शिक्षा मन्त्रीको राजीनामा माग गरिएको छ । लाखौ विद्यार्थीको भबिष्यसंग खेल्ने काम गरेको हुनाले नैतिकताको आधारमा राजिमा दिनु पर्ने भन्दै सयुक्त प्रतिपक्षी विद्यार्थी सँगठनले प्रेश बिज्ञप्ती निकालिएको छ ।

एस.इ.इ परिक्षाको प्रश्नपत्र बाहिरीएको र हजारौं विद्यार्थीको भबिस्य माथी खेलवाड गरेको भन्दै शिक्षा मन्त्री, लगाएत यो कान्ड्मा जोडिएका सबैलाई राजीनामा साथै आपराधिक गतिविधिमा जोडिएका सबैलाई हदैसम्मको कामकारबाहीको माग गरेका छन् ।

https://www.mundhumstar.com/2019/03/29/%E0%A4%B8%E0%A5%87%E0%A4%9F%E0%A4%BF%E0%A4%99%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B6%E0%A5%8D%E0%A4%A8%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-%E0%A4%AC%E0%A4%BE%E0%A4%B9%E0%A4%BF%E0%A4%B0/

अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष आलोक रायमाझीले भने  ‘शिक्षामन्त्रीको संरक्षणमा, मोटो रकमको लेनदेनमा प्रश्न पत्र बाहिरीने जस्तो गम्भीर अपराध भएको छ, यो कान्डमा सङ्लग्न सबैलाई निलम्बनको साथै सत्य तथ्य पत्ता लगाएर कडा भन्दा कडा कारबाहीको जोडदार माग गर्दछौ यदि कारबाही नगरिए हामी बाध्य भएर आन्दोलनको मोर्चा खोल्ने छौँ ।’