Logo

संघीय सांसद विशाल भट्टराईका अनुसार प्रदेश १ को नाममा किरात जोड्नुपर्ने


-मान्सुन चाम्लिङ 

खोटाङ-सांसद भट्टराईका अनुसार प्रदेश १ को नाममा किरात जोड्नुपर्ने बताए । किरात राई विद्यार्थी संघको ९औं राष्ट्रिय सम्मेलनको प्रचार गर्ने उद्देश्यले बिहीबार (हिजो) खोटाङको दिक्तेलमा अन्तरक्रिया कार्यक्रम गएिको छ । संघको ९औं राष्ट्रिय सम्मेलन आगामी वैशाख २६ गतेदेखि तीन दिनसम्म दिक्तेलमा हुँदैछ ।

उक्त कार्यक्रममा संघले प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गर्ने आफूहरुको अभियान रहेको उल्लेख गरेपछि सांसद भट्टराईले प्रदेशको नाममा किरात जोड्नुपर्ने बताए । उनले यसका लागि आफूले समेत पहल गरिरहेको खुलाएका थिए । नेकपाका नेता राम दंगालले पनि किरात जोडेर प्रदेशको नामाकरण गर्न सकिने बताएका थिए । जिल्ला समन्वय समिति खोटाङको हलमा भएको उक्त कार्यक्रममा समितिका प्रमुख बबि चाम्लिङ, दुर्गाजयन्ती राईलगायत नेताहरुको सहभागिता थियो ।

किरात राई विद्यार्थी संघ र किरात राई यायोक्खा खोटाङ जिल्ला समितिको समन्वयमा भएको उक्त कार्यक्रममा संघीय सांसद विशाल भट्टराई प्रमुख अतिथि थिए । संघकी अध्यक्ष बिर्सिका राईले सम्मेलनलाई सफल बनाउनका लागि आवश्यक सल्लाह सुझाव लिने र सम्मेलनबारे औपचारिक जानकारी दिने उद्देश्यले अन्तरक्रिया राखिएको बताइन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्