Logo

‘साइँली’ किने हेर्ने ? किनकी हाम्रो मनको चलचित्र हो


काठमाण्डौ-रामबाबु गुरुङ्गको साइँली हेरेपछि मनमा आएको कुरा यहि हो, यो “हाम्रो” चलचित्र हो। मौलिक कथाहरुलाई ठुलो पर्दामा उतार्न शिपालु निर्देशक रामबाबु गुरुङ्गले यसपटक सबैलाई आफ्नो उत्कृष्ट लेखन र निर्देशनले चकित बनाउनेछन्। “पुरानो डुंगा” र “मिस्टर झोले”ले दर्शकबाट सोचेजस्तो प्रतिक्रिया नपाएपछि निर्देशक गुरुङ्गको लागि पनि “साइँली” निक्कै महत्वपूर्ण चलचित्र थियो।

चलचित्र “साइँली”ले पनि समाजको त्यहि महत्वपूर्ण पाटो केलाएको छ। यो पढीरहदा चलचित्र निक्कै गम्भीर पो हो कि भनेर अन्योलमा भने नपर्नु होला, किनकि चलचित्रको पहिलो हाफमा तपाइँहरुलाई आफ्नो हासो थाम्न चुनाती नै हुनेछ। दोश्रो हाफमा कथाको मुद्दामा आउने चलचित्रको पहिलो हाफमा भने रामबाबु-दयाहाङ्ग जोडीको पछिल्लो चलचित्रहरु जस्तो ह्युमर तपाइले पर्याप्त भेट्नुहुनेछ। दुइ बर्ष अघि नेपाली मनहरुमा आफ्नो स्थान बनाएको काली प्रसाद बास्कोटाको “सुन साइँली”को अपार सफलता ले नै निर्माण पक्षलाई यो चलचित्र बनाउन हौसाएको हो। तर सफल भएको “साइँली”को ब्राण्ड मात्र प्रयोग गरेर दर्शकलाई हलसम्म तान्न मात्र जीएच इन्टरटेनमेन्टले यो चलचित्र बनाएको भने पक्कै हैन भनेर चलचित्र हेरेपछि प्रष्ट भयो। यो हाम्रो समाजको कथा हो, गीतमा भएको साइँलीको कथा छुट्टै हो, चलचित्रमा भएको साइँलीको छुट्टै।

गीत उत्कृष्ट बनाउन १० हरफहरु मनछुने भए पुग्छ, तर चलचित्र उत्कृष्ट बनाउन यसको स्क्रिप्टका थुप्रै पानाहरु उत्कृष्ट हुन जरुरि छ। यसअर्थमा लेखक रामबाबु गुरुङ्गलाई चलचित्र “साइँली”को मुख्य नायक भन्दा फरक पर्दैन। उनको उत्कृष्ट लेखनमा उनले बैदेशिक रोजगारीको एउटा फरक पाटो दर्शकमाझ ल्याएका छन्, जसको कलपना चलचित्र हेर्न अघि गर्न सकिदैन।कलाकारहरुको अव्वल प्रस्तुतिले चलचित्रलाई उचाइ दिएको छ।चलचित्र हेर्दा साइँली “मेनुका प्रधान”बाट तपाइको आँखा हटाउन सक्नुहुनेछैन। गौरभ पहारी अव्वल छन्। दयाहाङ्ग सदा झैँ। अहिले बनिरहेका थुप्रै चलचित्रहरु भन्दा बिल्कुलै फरक छ साइँली। साइँली हाम्रो कथा हो, साइँली हाम्रो चलचित्र हो। यो चलचित्र नछुटाउनु होला। साहित्यकार राजन मुकारुङको भनाई छ ‘साइली एउटा उत्कृष्ट कबिता हो ।’

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्