Logo

अन्जना इछमफुलको ‘तिमीभन्दा पर अरु केही छैन’ गीत सार्बजनिक


काठमाडौं । कवि अञ्जना इछम्फूलको ‘तिमीभन्दा पर अरू केही छैन’ युट्युबमा सार्वजनिक भएको छ । चुमुलुङमाको काख सोलुखुम्बुको जुभिङमा जन्मिएकी कवि तथा गीतकार इछ्मफुलको मर्म स्पर्श शब्दमा कवि तथा गायक सन्जीव राईले जादुमय स्वर दिएका छन् ।

गीतमा ‘नेपाल आइडल’ का प्रथम विजेता र युबा संगीतकार विक्रम राईकाे संगीत रहेकाे छ । प्रेमिकाको अगाध प्रेम र समर्पणको बयान गरिएको गीतमा कवि तथा गायक सञ्जीव राईले सुमधुर स्वरमा आफ्नो जादुमयि प्रस्तुति र बिक्रम राईले मिठो सगित गरेको छन् । किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको गीतलाई खोपी एन्टरटेन्मेन्टका सुमन मगरले भिडियो बनाएका हुन् ।

कवि तथा गायक सन्जीव राई सात वर्षको अन्तरालपछि फेरि यस गीतमार्फत श्राेतामाझ उदाएका हुन् । सन्जिब राई गायकको रुपमा कहिले आउछन भने कहिले कबिता मार्फत श्राेतामाझ आउछन । कोशेली ढाका एण्ड अर्गानिक्सको प्रस्तुतिलाई वन एण्ड औन्ली टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्