Logo

‘ए मेरो हजुर ३’ चलचित्रको ट्रेलर रिलिज


काठमाडौ – बहु प्रतिक्षित नेपाली चलचित्र “ए मेरो हजुर ३ ” को ट्रेलर रिलिज भएको छ । सुहाना इन्टरटेन्मेण्टको प्रस्तुती रहेको चलचित्र “ए मेरो हजुर ३” वरिष्ठ अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

चैत्र २९ गते नेपाल भर एकैसाथ प्रदर्शन हुन लागेको चलचित्र “ए मेरो हजुर ३” मा म्युजिकल लभ स्टोरीमा एउटा स्टार र फ्यान बिचको प्रेमकथालाई देखाईएको छ भने अभिनेता अनमोल केसीलाई दोहोरो भूमिकामा देख्न सकिने छ । “ए मेरो हजुर ” र “ए मेरो हजुर २ ” को अपार सफलतापछि वरिष्ठ अभिनेत्री झरना थापाले तेस्रो चलचित्र “ए मेरो हजुर ३” को निर्माण गरेकी हुन् । “ए मेरो हजुर ३ ” मा चर्चित अभिनेता अनमोल केसी र सुहाना थापाको अनस्क्रिन रोमान्स रहेको छ ।

अनमोल केसी र सुहाना थापाको अलावा अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ्ग, रक्षा गौतम, विशाल पहाडी, रिअर राई, सरोज खनाल लगायतले पनि अभिनय गरेका छन् । “ए मेरो हजुर” मा वरिष्ठ अभिनेता श्री कृष्ण श्रेष्ठ र वरिष्ठ अभिनेत्री झरना थापाले अभिनय गरेका थिए भने “ए मेरो हजुर २”मा सलिन र साम्राज्ञीले अभिनय गरेका थिए । “ए मेरो हजुर ३” मा भने निर्देशक झरना थापाले अनमोल केसी र सुहाना थापाको जोडीलाई अन स्क्रिन रोमान्स गराएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्