नेपालमा पुर्खा दिवस मनाउने

काठमाडौ – नेपाल लगायत बिभिन्न मुलुकमा आआफ्नो दिबस मनाउछन । त्य्स्तै गरी गोर्खा सिमेट्रीज ट्रस्ट नेपालले नेपालमा पनि पुर्खा दिवस मनाउने भएको छ । चैत्र २२ गते सुक्रबारको दिन नेपाल कराते संघ, कबर्ड हल (अन्तर्राष्ट्रीय खेलकूद परिसर, सातदोबाटो, ललितपुर)मा कार्यक्रमको आयोजना गरेर पुर्खा दिवस मनाउन लागिएको हो ।
गत २०५ वर्षे इतिहासमा गोर्खा पुर्खाहरुको मात्र योगदान थिएन । उहाँहरुको परिवार अनि सन्ततिहरुको आत्मावलिदान जीवन वलिदानभन्दा कयौं गुणा विकराल र दर्दनाक थियो । हरेक वर्ष अप्रिल ५ तारिखका दिन विश्वभरी रहेका नेपालीहरुले पुर्खा दिवस मनाउँदै आएका छन् । पुर्खाहरुको योगदानलाई स्मरण गर्ने एक विशेष दिनको रुपमा अप्रिल ५ तारिख पुर्खा दिवस मनाईने गरिएको छ। पुर्खा दिवसलाई वार्षिक पर्वको रुपमा मनाउँदै नेपाली एकताको लागि इन्स्टिट्युसनको रुपमा विकास गर्ने र यसलाई विश्वव्यापि रुपमा सम्पन्न गर्दै गराउँदै लैजाने उद्देश्यले गोर्खा सिमेट्रीज ट्रस्ट नेपालले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरुले सादा फर्मल ड्रेस लगाउन पनि आयोजकले अनुरोध गरेको छ ।
सम्पूर्ण जाति समूदायको योगदानलाई स्मरण गर्न अनि गराउन पनि गोर्खा सिमेट्रीज ट्रस्ट हङकङले आगामी पुस्तालाई पुर्खालाई एक विशेष दिन पारेर सम्झने दिनको रुपमा सन् २००५ देखि अप्रिल ५ तारिखलाई पुर्खा दिवसको रुपमा थालनी गरेका थियो जो आजसम्म निरन्तर रही आएको छ । हालसम्म हङकङ, युके, नेपाल, कोरिया, मलेसिया, सिंगापुर, ब्रुनाई लगायतका देशहरुमा पुर्खा दिवस मनाइसकिएको छ ।