Logo

‘म चाउचाउका पोका बाँड्न हिँडेको होइन, देश धनी बनाउन हिँडेको हुँ’ – प्रधानमन्त्री


 

प्रधानमन्त्रीले एक अन्तरबार्तामा आफु देश बिकास गर्ने आएको बताएको छन । त्यो पनि हो । ती आमाबाबुलाई पीडा दिएर, छेकेर, अनशन बसाएर, घेरेर राखे । उनीहरू त्यहाँबाट कुदेर भागे । भाग्दा लडेर खुट्टा भाँचियो । मानसिक अवस्था कमजोर हुने स्थिति बन्यो । डिप्रेसनमा जाने अवस्था बन्यो । किनभने त्यहाँ घेरेको घेरै, छेकेको छेकै गरे । एकातिर पीडा छ । त्यो पीडामा टेकेर अरुले मनोरञ्जन गर्ने, अरुले आफ्ना स्वार्थका रोटी सेक्ने, त्यस प्रकारका कामहरू भए । जसले गर्दा परिवारकै स्थिति अफ्ठ्यारोमा पर्यो ।

 

मैले एकछिनका लागि झलक्क तमासा देखाएर, जनतालाई यसो अल्मल्याएर भोट तानिहालौँ भनेर काम गरिरहेको छैन । देशबाट गरिबी उन्मूलन गर्नुछ । म चाउचाउका पोका बाँड्न हिँडेको होइन, देश धनी बनाउन हिँडेको हो ।
सरकारका कामकारबाहीमै केन्द्रित बनौँ, सरकारले जति कार्यक्रमहरू अघि बढाएको छ, ती कार्यक्रमहरू दुरगामी छन् । तर जनताले त तत्काल परिणाम खोज्छन् । जनताले तत्काल हातमा फलफूल खोजेका बेला प्रधानमन्त्रीले चाहिँ रुखका फलफूल नै देखाइदिनुभयो भन्ने किसिमका टिप्पणीहरू भएका छन् नि ?

 

त्यो केही मात्रमा ठीक हो । मैले एकछिनका लागि झलक्क तमासा देखाएर, जनतालाई यसो अल्मल्याएर भोट तानिहालौँ भनेर काम गरिरहेको छैन । देशबाट गरिबी उन्मूलन गर्नुछ । म चाउचाउका पोका बाँड्न हिँडेको होइन, देश धनी बनाउन हिँडेको हो ।

 

यसो चाउचाउको पोका बाँड्न सजिलो छ तर चाउचाउका पोका बाँड्ने होइन, । गरिबी अन्त्य गर्ने, समृद्धि बाँड्ने हो, समृद्धिको बाटो र उपाय बाँड्ने हो । समृद्धिको यात्रामा जनतालाई सँगै लिएर जाने हो । तसर्थ मैले अलिक दीर्घकालीन काम थालेको हो । मैले तत्कालको मात्रै कुरा गरिनँ । बाटाहरू राम्रा र चौडा बनाउने कुरा गरेँ, नपुगेका ठाउँमा बाटा पुर्याउने कुरा गरेँ । मैले पूर्वपश्चिम, उत्तर दक्षिण रेलको कुरा गरेँ । जलमार्गबाट समुद्रसम्म जाने र समुन्द्रमा आफ्नै पानीजहाज चलाउने कुरा पनि गरेँ । मैले एयरपोर्टहरू आधुनिक, नयाँ र राम्रा बनाउने कुरा गरेँ । यसै वर्ष हामीले ६ वटा एयरपोर्टलाई राति पनि चल्ने बनायौँ । पोखरा, भैरहवा, धनगढी, झापा लगायतका एयरपोर्टको स्तरोन्नति गर्यौँ । एकछिनका लागि मात्रै होइन, मैल विभिन्न देशहरूसँग हवाइ सम्पर्क सम्बन्ध सोझै लुम्बिनी, पोखरासँग कसरी जोड्ने कुरा गरँे । त्यसकारण, मैले दुरगामी हिसाबका, अहिलेका मात्र हैन, पछि प्रतिफल देखिने कामहरूको थालनी गरेँ । म प्राय भन्ने गर्छु– एसएलसी पढ्दै गरेका वा पढेका, सर्टिफिकेट लेभल पढेकालाई सक्छौँ भने पहिले पढाइ पूरा गर । मास्टर्स गर्यौ भने त्यसपछि तिमीले यो स्तरको काम पाउँछौ, एसएलसी लेभलबाट गयौ भने यस लेभलको काम पाउँछौ, जिन्दगीभरि त्यस लेभलको काम हुन्छ । तिमीले अरू ६ वर्ष अध्ययन गर्यौ भने त्यसपछि यस लेभलको काम पाउँछौ, मैले त्यो कुरा बताउँनु पर्छ । मैले कुखुरा काटेर खायौ भने एक छाक टर्छ तर त्यसबाट अण्डा पार्न लगायौ र खाने गर्यौ भने लामो समय चल्छ । त्यसबाट चल्लाहरू निकाल्यौ भने अरू धेरै हुन्छ । त्यो कुरा बताउनुपर्छ ।

 

हामीले अबको तीन वर्षभित्र अल्पविकसितबाट विकासशील मुलकमा प्रवेश गराउनुपर्छ, गर्छौं । त्यसपछि १२ वर्षभन्दा छोटो समयमा नेपाललाई गरिबीमुक्त देश, शिक्षा, स्वास्थ्य, आम्दानी, विकास लगायत सबै क्षेत्रमा माथि उठेको र दिगो विकासका लक्ष्यहरू हासिल गरेको देशको रूपमा विकास गर्नुपर्छ । त्यसकारण बाटा नबनाउने, उद्योग नखोल्ने, अहिले चाउचाउका पोका बाँड्ने; कपडा कारखाना नखोल्ने एक एकवटा रुमाल बाँड्ने ! यो खालका काम मबाट हुँदैन ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्