Logo

बिशाल भट्टराईले भने सरकार नै देश टुक्र्याउन लाग्यो भन्नेहरु पागल हुन


-राजु बिक्रम चाम्लिङ

अरनिको टेलिभिजनको अन्र्तवार्ताको क्रममा माननिय बिशाल भट्टराई आक्रमक रुपमा प्रस्तुत हुँदै यदी कोही कसैले सरकार नै देश टुत्र्याउन लागेको भन्ने भ्रम छर्छन भने त्यस्तो अभिव्यक्ति दिनेहरु पागल प्रलाभ हुन भनेर अन्र्तवार्ता दिएका छन् । सरकारले हालै सिके राउतसँगको संझौतालाई लिएर सोधिएको प्रश्नमा उक्त जवाफ दिएका छन् । माननियले आफ्नो शब्दलाई प्रमाणित गर्दै सिके राउतको हरेक कार्यक्रममा राष्ट्रिगान गाएको छ, विखन्डन हुने झन्डा राखेको छैन, पार्टी खोलेर दर्ता गर्छु भनेका छन् , शशस्त्र प्रहरीको आत्म सुरक्षाको लागी सहयोग मागेको छ, सिके राउतको कार्यक्रममा सहभागी हुन नेपाली नागरिता हुनेहरुलाई मात्र चेकजाँच गरेर परिषदमा प्रवेश गराएका छ । यसकारण यही कोही कसैले सिके राउटको संझौतालाई देश टुत्र्mयाउने हल्ला गर्छन् भने त्यस्ताहरुसँग आफु जस्तो सुकै बहस गर्न तयार रहेको बताए ।

विद्यार्थीकाल देखी अध्ययनसँगै राजनीतिम होमिएका माननिय विशाल भट्टराई २०३९ सालमा कक्षामा ७ मा अध्ययन गर्दा नै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचित प्राक भएसँगै हाल सम्म क्रियाशिल रहेको बताए । २०५१ सालमा ताहचल क्याम्पसमा स्ववीयू सभापति निर्वाचित भए । अध्ययनक्रम सकिएसँगै आफ्नो जन्मथलो खोटाङ जिल्लामा भुगोलमा राजनीति गर्न फिरेसँगै आफ्नो घरपरिवारलाई समय नराखी हरेक क्षण जनताहरुसँगै जनताको कामका लागी लागीरहे । जिल्लामा क्रियाशिल रुपमा राजनीतिक सहभागीतसँगै जिल्लामा भएका जनताको कामहरु गर्न कुनै कसुर राख्नु भएन । उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नु भयो, २०६४ सालको संविधानसभाको निर्वाचन हुँदा हार्छु भन्ने कुनै कल्पना समेत गरेका थिएनन् । उहाँ सम्झनुहुन्छ, आफुले जिल्लामा टाढा टाढा, गाउँ गाउँबाट आएका युवाहरुको नागरिता, पासपोर्ट लगायत सबै कागजात भएर पनि आफन्त उपस्थित नभएको अवस्थामा आफु साक्षी राखेर दशहजार बढीको नागरिता, पासपोर्ट बनाउन सहयोग गरेको बताउनु हुन्छ । यदी ती नागरिता र पासपोर्ट मात्रै बनाएका जनताहरुले मात्र भोट दिएको भए पनि सजिलै चुनाव जित्ने अनुभव व्यक्त गर्नुहुन्छ । यसको अलवा अन्य धेरै कार्यहरु गरेको सम्झनु हुन्छ । तर यसलाई उहाँले सिकाईको रुपमा अझ आफुले जनताको काम गर्न नसकेकोले अझ बढी जनतासँग नजिक रहने र क्रियाशिलतामा अझै योग्दान गर्नुपर्ने सिकाईसँगै तिब्र रुपमा सक्रिय रहे । सोही परिणाम स्वरुप दोस्रो सविधानसभाको निर्वाचनमा खोटाङ जिल्लाको क्षेत्र नं.२ बाट निर्वाचित भए । निर्वाचित पश्चात अझ तिब्र रुपमा जनताको कार्यको लागी क्रियाशिल भएका माननिय भट्टराई नेपालको संविधान २०७२ कार्यान्वयनसँगै संघिय सांसदमा पुन खोटाङ जिल्लाबाट निर्वाचित भएका छन् । माननियको क्रियाशिलतालाई देखेर अन्य जिल्ला तथा क्षेत्रका माननियहरु आफुलाई प्रश्नवाचक चिन्हको रुपमा जहिले जनताहरुले प्रश्न उठाईरहेको बारेमा माननिय भट्टराई आदान प्रदान गरेको बताउनु हुन्छ । जहाँ माननिय हरेक गाउँ र टोलका जनताहरुको कार्यक्रमको लागी हौसला प्रदान गर्न, उत्साह थप्न र जनतासँगै माननिय छ भन्ने भावनालाई प्रमाणित गर्न हरेक हप्ता अथवा कुनै महिना ४ पटक सम्म काठमाडौंबाट खोटाङ पुग्नु भएको कार्यक्रमहरुमा सभागी भइरहने सबै जानकार छन् ।

‘आफुले सुरु गरेको काममा अपवाद बाहेक सफल नै हुने माननिय हुन भट्टराई, खोटाङ जिल्लाको हलेसी विकास समितिलाई राज्यले प्रदेश सरकार मातहतमा राखेकोमा आपत्ति जनाउँदै अन्य धार्मिक स्थलहरु जानकी मन्दिर, मुक्तिनाथ, पशुपतिनाथ, पाथीभरा जस्तै हलेसीलाई समेत केन्द्रिय सरकार मातहतमा ल्याउन गर्नु भएको काम सफल भएको छ । हालै पछिल्लो मन्त्रिपषिदको निर्णयले संघिय सरकार मातहत ल्याएको छ ।’

माननिय भट्टराई युवा सांसद मात्र होइन सांसदहरु मध्येकै क्रियाशिल सांसदको रुपमा स्थापित भएका छन् । सांसदहरुले पाउने संसदीय कोष मार्फत आफ्नो जिल्ला तथा क्षेत्र विकासको लागी भएको हरेक वर्ष रहेको एक करोडलाई सरकारले हटाउने कार्ययोजना तयार गर्दा यसको प्रतिवाद स्वरुपमा माननिय भट्टराईले यसलाई तिब्र रुपमा असहमति राख्दै संसदिय कोष हटाउने होइन थप्ने अभियान संचालन गर्नु भयो । जसको संयोजकको रुपमा भूमिका खेल्दै लगातार पार्टी नेतृत्व, प्रधानमन्त्रि लगायतका सम्बन्धित निकायहरुमा लवि, पैरवी, डेलगेसन जानु भयो । अन्तत सरकार बाध्यभएर हटाउने भनिएको संसदीय कोष एकसय प्रतिशत थपेर हाल संघिय निर्वाचन क्षेत्रमा दुई करोड पुर्याएको छ । यसकारण उहाँलाई नेपालका सबै सांसद र नेपाली जनताहरुले धन्यवाद दिएका छन् । यसको साथै पछिल्लो समयमा अनलाईन संचारहरु, टेलिभिजन, एफएम लगायत छापा संचारहरुमा व्यापक रुपमा छाएक छन् । आफुले सुरु गरेको काममा अपवाद बाहेक सफल नै हुने माननिय, खोटाङ जिल्लाको हलेसी विकास समितिलाई राज्यले प्रदेश सरकार मातहतमा राखेकोमा आपत्ति जनाउँदै अन्य धार्मिक स्थलहरु जानकी मन्दिर, मुक्तिनाथ, पशुपतिनाथ, पाथीभरा जस्तै हलेसीलाई समेत केन्द्रिय सरकार मातहतमा ल्याउन गर्नु भएको काम सफल भएको छ । हालै पछिल्लो मन्त्रिपषिदको निर्णयले संघिय सरकार मातहत ल्याएको छ । यसैगरी त्रिधार्मिक स्थल तथा पर्यटकिय स्थल हलेसी गुरुयोजनाको निर्माण कार्यको लागी संयोजकको रुपमा भुमिका लिइरहनु भएका माननिय व्यापक रुपमा लागिरहनु भएको छ । यसको साथै जनतहितकारी आर्थि वर्षको कार्ययोजना ल्याउन सातवटै प्रदेशका माननियहरुको भेलाले बजेट निर्माण तथा सरकारको कार्ययोजनालाई सकारात्मक रुपमा सुझाव दिन माननिय भट्टराईले आफु संयोजक रहेर यसलाई सही सुझाव दिनको लागी आवश्यक सुझाव कार्ययोजनाको मस्यौदा तयार गरिरहनु भएको छ ।
स्मरण रहोस, जनताको सेवाको लागी माननिय भट्टराई आफ्नो मोबाइल २४ सै घन्टा खुल्ला राखेर उठाउने गर्नु हुन्छ । यदी कोही कसैको कल विभिन्न कारणले उठाउन नभ्याएमा वा नमिलेमा पुन कलव्याक गर्ने कमै सांसदहरु मध्ये एक नम्बरमा पर्नुहुन्छ । यसकारण जनताको सेवाको लागी र राज्यको सकारात्मक विकासको लागी आफ्नो परिवारलाई समेत समय नदिएर हरसमय दिइरहनु भएको छ । यसकारण जो कोही नेता, नेतृत्व जनता र राज्यको लागी केही गर्छु भनेर क्रियाकलापमै देखाउँछ भने उहाँहरुलाई जनताले समेत सहयोग गर्न आवश्यक छ । साथै जनहितकारी कार्यमा हरदम खटिरहनुहुने माननिय भट्टराईलाई सांसद मात्र होइन मन्त्रि नै भएर जनताको सेवा गर्ने अवसर छिटो भन्दा छिटो मिलोस । यो नै खोटाङ्गे जनता र नेपाली जनताहरुको भाग्य, भविष्य तथा राष्ट्र सफल बाटोतिर लाग्दै समृद्धि मार्फत समाजवाद उन्मुखतिर लम्कन कोसेढुंगाको रुपमा आधार तयार हुनेछ, यसको लागी अग्रिम शुभकामना छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्