Logo

संघिय सांसद माननिय राईद्धारा, आर्थिक वर्ष ०७६/०७७ को कार्ययोजनाको लागी जनताको सुझाव संकलन


-मान्सुङ चाम्लिङ

राज्यको हरेक वर्ष ल्याइने आर्थिक वर्षको कार्ययोजना छलफल स्थानिय तह लगायत सम्बन्धित निकायहरुमा सुरु भएको छ । यसै क्रममा स्थानिय जनताहरुको सुझाव संकलन गर्दै राज्यको कार्ययोजनालाई जनमुखी बनाउन र सांसद आफैले जनताको विकास बुझ्नको लागी उदयपुर क्षेत्र नं.२ का प्रतिनीधिसभा सदस्य माननिय सुरेश कुमार राई आफ्नो चुनावी क्षेत्र तथा जिल्लाको विभिन्न गाउँपालीका नगरपालीकाहरुका गाउँका जनताहरु समक्ष गाउँ टोल पुगेका छन् । जनताहरुसँग भेटभाट तथा सुझाव संकलन कार्यक्रममा उदयपुर जिल्लाको लिम्चिबुङका सबै वडाहरु, रौता गाउँपालीकाका केही वडाहरु, त्रियुगा नगरपालीकाका केही वडाहरु र कटारी नगरपालीकाका केही वडाहरुका जनताहरुसँग छलफल कार्यक्रम सम्पन्न गरेका छन् ।

सुझावहरु संकलनको क्रममा सडक, बत्ति, पानी, स्वास्थ्य, शिक्षा र रोजगारमा आधारित कार्ययोजनाहरुलाई प्राथमिकतामा जनताहरुले राखेको पाइएको माननियका स्वकिय सचिव मणीराज दाहालले बताउनु भयो । हरेक वर्षको कार्ययोजना तयारीमा स्थानिय समुदायहरुबाट सम्बन्धित निकायहरु मार्फत माथिलो निकायहरुमा सुझाव र कार्य योजनाहरु पठाए पनि माथिलो निकायहरुबाट काटिने गरेको स्थानिय जनप्रतिनीधि भविन्द्र राईले बताए ।

यसकारण माथिलो निकाय जसमा प्रनीतिधिसभाका सदस्य समक्ष नै आफ्नो योजनाहरु पेस गर्न पाउँदा यस पटकको योजनाहरु अन्य भन्दा बढी जनहितकारी हुने स्थानिय केसरमनि राईले बताए ।

योजना आफैमा महत्वपुर्ण मानिन्छ । राज्यको हरेक क्रियाकलापहरु योजना मार्फत नै सबै विकासहरु सम्पन्न हुने हुनाले प्रतिनीधि सभाका ७ वटै प्रदेशका प्रतिनीधिसभा सदस्यहरुको भेलाले समेत एक प्रतिनीधिसभाको सदस्यहरु रहेको सुझाव संकलन समिति गठन गरेको छ ।

यस समितिका करिब ४० जना बढी युवा सांसदहरुको भेलाले समिति तयार गरेसँगै त्यस समितिले राज्यको बजेट, क्रियाकलाप र सरकारलाई सही दिसातर्फ लैजान आवश्यक सुझाव दिनको लागी मस्यौदा योजना तयार भइरहेको माननिय विशाल भट्टराईले बताउनु भयो । प्रतिनीधिसभा सदस्य माननिय राईले स्थानिय जनताको सुझावहरु आफैले संकलन गरेर, सांसदहरुको समितिमा तथा संसदमा सिधै पेस गर्ने हुनाले यसलाई सकारात्मक रुपमा लिनु आवश्यक रहेको युवा विद्यार्थी नेता जितेन्द्र राईले बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्