माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले मुलुकमा राजनीतिक संकट निकै गंभीर रुपले खतरातिर अघि बढेको भन्दै यो खतरा अन्त्य गर्न केपी ओलीले सरकारबाट राजिनामा दिनुपर्ने बताएका छन् ।

जनपाटी अनलाइनसँगको संक्षिप्त टेलिफोन कुराकानीमा किरातीले अहिले देशमा देखा परिरहेको सबै संकटमा ओली सरकार बाधक रहेको भन्दै ओली सरकारको राजिनामा माग गरेको जिकिर गरे । ओली सरकार गठन भएदेखि विप्लव नेकपामाथि तीव्र दमनको बाटोमा लागेको भन्दै ओली सरकारको विघटन नै अहिलेको वार्ता र संवादबाट निकासको पहिलो ढोका खुल्ने किरातीको तर्क छ । ओली सरकारको राजिनामापछि बन्ने नयाँ सरकारसँगको वार्तामा विप्लव नेकपा पनि वार्तामा आउनुपर्ने किरातीको भनाई छ ।

जनपाटी अनलाइनसँग किरातीले गरेको कुराकानीको छोटो अंश ः

खड्क ओली सरकारसँग विप्लव नकेपाले वार्ता गर्ला जस्तो लाग्दैन । ओली प्रधानमन्त्री हुनासाथ विराटनगरमा युवाको कार्यक्रममा गिरफतार गरेर दमनको शुरुबात गरेको । वार्ता समिति बनाएर पनि औपचारिक संवाद नगरेको । भर्खरै लुटेरा समुह भनेर घोर अपमान गरेको पृष्ठभूमिमा राजनीतिक एवं नैतिक दृष्टिले पनि ओली सरकारसँग विप्लव नेकपाले वार्ता गर्ने स्थिति देखिदैन ।

त्यसैले वार्तामार्फत समाधानका लागि खडक ओली सरकारले राजिनामा गर्नुपर्छ र राष्ट्रिय संयुक्त सरकार गठनगरी नयाँ सरकारको तर्फब्बाट सार्थक वार्ता गर्नुपर्छ । त्यसअघि विप्लव नेकपाविरुद्ध प्रतिबन्ध खारेज गर्ने र विप्लव नेकपा पनि वार्तामा आउनु पर्छ भनेर हाम्रो पार्टीले यो अपिल गर्दछ ।

-जनपाटी अनलाइन बाट ।