Logo

खोटाङको नेकपा संगठन दिप्रुङ गापा एककदम अगाडी


-राजु बिक्रम चाम्लिङ

खोटाङ जिल्ला कम्युनिष्टहरुको आधार क्षेत्र हो । तर पनि कम्युनिष्ट पार्टीहरुको फुटको असरले यहाँ कम्युनिष्ट जनताहरु मारमा पर्दै आएको इतिहास पनि विर्सन सकिन्न । चुनौती पश्चात अवसर आउँछ भने जस्तै त्यही कम्युनिष्ट पार्टीहरुको फुटको असरले हाल कम्युनिष्ट पार्टीले अवसरको रुपमा अगाडी बढी रहेको छ । स्थानिय तहको निर्वाचनकको परिणाम सोचे विपरित परिणाम आएसँगै हाल दिप्रङ गाउँपालीकामा नेकपाका नेताहरु सक्रिय रुपमा संगठन मजबुत बनाउन तिर लागी रहेको स्थानिय कार्यकर्ता कमल ढकालले बताउनु भयो ।

यही संगठन सृढीकरण गर्ने क्रममा नेकपा दिप्रपुङ गाउँपालीकाको आयोेजनामा गाउँपालीका स्तरिय कार्यकर्ता भेला तथा प्रक्षिण कार्यक्रम सम्पन्न गरिएको छ । नेकपाको बर्तमान अवस्था र स्थानिय जनप्रतिनीधिहरुको भूमिका तथा सम्बन्धको बारेमा प्रशिक्षित कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा युवा नेता राम दंगालले प्रशिक्षित गराउनु भएको थियो ।

नेता दंगालले प्रशिक्षणमा कार्यकताहरुको ध्याकर्षण गराउँदै भन्नु भयो २१औं शताब्दीको विश्व राजनीतिक शक्तिको आड र भरोसामा रहेको र त्यही अनुसार विश्व परिचालन भइरहेको अवगत गराउनु भयो । यसै पेरिफेरीमा नेपाल अनि खोटाङ जिल्ला पनि राजनीतिक हस्क्षेप वा पर्यावरण भन्दा टाढा रहन नसक्ने जानकारी दिनु भयो । जब राजनीतिक कार्यकर्ताहरु आफु चेतनाले स्पष्ट हुन्छ तब, राजनीतिक धार र राज्यको विकासमा प्रत्यक्ष रुपमा लम्किन सक्छ । यसकारण हालको दिप्रुङ गाउँपालीकामा नेकपाको जनप्रतिनीधिहरु मुख्य पदहरुमा निर्वाचित हुन नसकेता पनि त्यो भन्दा निरानी गर्ने जिम्मेवारी रहेको हुनाले हामी नेकपाका युवा कार्यकर्ताहरुले दिप्रुङ गाउँपालीका आएको बजेट, यसको सही कार्यान्वयन र यसको परिणाम बारेमा अनुगमन गर्न सकेमा वास्तविक परिणाम बारेमा जनताहरुलाई सचेत गराउन सकेमा निश्चय नै जनताहरुको सेवा गरेको ठहर हुनेछ ।

आगामी अर्को निर्वाचनमा जनताहरुले जनप्रतिनीधिको रुपमा निर्वाचित गर्नेछन् । त्यति मात्र होइन अहिले कामको सिकाईले भोलीका दिनमा प्रशासन संचालन गर्नमा समेत यसले सहयोग पुग्नेछ । युवा नेताले आफ्नो राजनीतिक इतिहास र अनुभवलाई उदाहरणको रुपमा लिंदै आफुले के पद पाउने भन्दा पनि आफ्नो कार्यसैली, कार्यान्वयन क्षमता र योजना के हो ? भन्ने बारेमा नेताले वा युवाले बुझ्न जरुरी छ । यसकारण हामी युवा कार्यकर्ताहरु पदिय लोभलालचा भन्दा पनि कार्यान्वयनको क्षमता र चेतनालाई खारिलो पार्न आवश्यक रहेको बताए ।

अजम्मबर राईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्तममा प्रमुख अतिति राम प्रसाद दंगाल, विशेष अतिथि दिपनाराण रिजाल, दिपक पाण्डे आकाश, अतिथिहरुमा शिबराज राई, नरेश राई, कमल ढकाल, लोकेन्द्र राई लगायत रहनु भएको थियो । उक्त कार्यक्रम कृष्ण कार्कीले संचालन गर्नु भएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्