Logo

विकासको गति राजनीतिमा भर पर्छ, युवा नेता राम प्रसाद दंगाल


– राजु बिक्रम चाम्लिङ

राज्य राजनीतिबाट नै संचालित हुन्छन् । तर सही रुपमा राजनीति परिचालन हुन नसकेमा निश्चय नै राज्य नै अन्योलग्रस्त हुन्छ । विश्वमा जे भइरहेका छन्, चाहे सकारात्मक विकास होस वा राज्यमा विध्वंस, वा हत्या हिंसा ती सबै घटनाहरु राजनीतिक विद्रोह, राजनीतिक चेतना र रानजीतिक अष्टव्यस्तका कारण भएको हो । चाहे त्यो इराक घटना होस वा अफगानिस्तान अथवा अन्य आतंककारी गतिविधि । यि सबै गतिविधि प्रवृतिहरु राजनीतिक स्वार्थका कारण नै भएको हो । यसकारण राजनीति संसारको एक मात्र शक्तिशाली संगठन र शक्ति केन्द्र हो ।

यसको प्रभाव नेपालमा पनि छ । साथै जिल्लाको हिसाबमा पनि खोटाङ जिल्लामा पनि यसको प्रभाव प्रत्यक्ष रुपमा भएको छ । तर पनि यहाँको राजनीतिक नेतृत्वहरु भएता पनि राज्य स्तरमा प्रभाव पार्नका लागी खेल्नु पर्ने भुमिकाहरु कम भएको कारण अथवा राज्यमा भएका शक्तिशाली पार्टी नेतृत्वहरुलाई प्रभाव पार्न नसक्दा अथवा हुन नसक्दा खोटाङ जिल्ला विकासको हिसाबले पछाडी परेको पाइन्छ । भएका परिबर्तनहरु जे भएका छन्, ती सबै राजनीतिक शक्तिको कारण नै भएको हो । यही प्रसँगमा नेपाल कम्युनिष्ट पार्टी खोटाङका युवा नेता राम प्रसाद दंगालले हालै रेडियो अर्मुतमा आफ्नो अन्र्तवार्ता दिंदै गर्दा आफ्नो तर्कहरु राखेका छन् । जसमा विकास हुनको लागी राजनीतिक स्थिरता मात्र होइन सकारात्मक सोचाई भएका नेतृत्वहरुको आवश्यकता रहेको बताएका छन् ।

स्थानिय तहको तत्कालिन समयमा उपाध्यक्ष पदमा निर्वाचित भएर स्थानिय सरकार संचालन गरेर अनुभव बटुलेका युवा नेता दंगालले खोटाङ जिल्ला विकास हुनु र गर्नु राजनीतिक नेतृत्वहरुको नै महत्वपुर्ण भूमिका हुने बताए । विकास भनेको ठुला–ठुला सडक, बत्ति, विजुली मात्र विकास होइन, चेतनाको विकास नै सर्वप्रथम विकास हो । चेतनाले आफ्नो क्षमता प्रयोग गर्दै अर्थतन्त्र र आयमा वृद्धि गर्नु चाहीं विकास हो । यसकारण भौतिक रुपमा देखिने विकास भन्दा पनि समग्र जनताको आर्थिक स्तर उन्नती, स्वरोजगार र स्थानिय व्यवसायलाई दिर्घकालिन रुपमा स्थायित्व दिनु विकास हो भन्ने आफ्नो तर्क राख्छन् ।

स्मरण रहोस खोटाङ जिल्लाको कम्युनिष्ट पार्टीमा विद्यार्थी कालदेखी राजनीतिक रुपमा स्थापित भएका युवा नेता दंगाल हाल नेपाल कम्युनिष्ट पार्टीमा आफ्नो सम्पुर्ण विद्यार्थी, युवाकाल विताएको तथा हालसम्म आफ्नो पदिय हैसियत भएर पनि कुनै पनि जननिर्वाचित पदहरुमा दावी नगरेका स्वच्छ छवीका नेताका रुपमा स्थापित छन् । समय र परिस्थितिलाई सदुपयोग गर्न सक्ने छवी बनाएका नेता दंगाल खोटाङ जिल्लाको नेकपाको जिल्ला संगठन हाक्न तम्तयार भएर तयारी अवस्थामा रहेका छन् । निश्चय नै सिद्धान्त र व्यवहारले परिपक्क नेता दंगाल आगामी दिनमा खोटाङ्गे जनताहरुको भाग्य र भविष्य उज्जव बनाउनमा सक्षम छवीको रुपमा तयारी भएको हुनाले आगामी दिना नेतृत्व संहाल्ने अवसर चाँडै मिलोस अग्रिम शुभकामना छ ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्