Logo

संघिय सांसद गाउँमा स्थानिय जनप्रतिनीधि भागा भाग


– मिलन किराती, उदयपुर
उदयपुर जिल्ला क्षेत्र नं.२ का संघिय सांसद माननिय सुरेश कुमार राई जनताको घरदैलो गर्ने क्रममा यही चैत्र महिनाको दोस्रो हप्ता लिम्चिबुङ गाउँपालीकाको सबै वडाहरुमा स्थानिय जनताको घरदैलोमा जनतासँगै बास बसे । माननिय राई स्थानिय गाउँबासीहरु माझ आउने समय फागुनको अन्तिम हप्ता नै स्थानिय जनप्रतिनीधिहरु लगायत पार्टी कार्यकर्ताहरुलाई जानकारी गराइएको थियो । तर पनि माननिय सांसद हरेकवडाहरु टोल, गाउँमा जनताहरुसँग भावना साटासाट गर्दै गर्दा लिम्चिबुङ गाउँपालीकाका अध्यक्ष मेजर राई, जनता र सांसदसँगको घेटघाट कार्यक्रममा सहभागी हुनको साटो आफु सांसदसँग भेटघाटहुने अवस्था भएकोले घेटघाट नगर्न भागीहिंडेका थिए । यसैगरी वडा नं. ३ बाराहा र ४ बलम्ता बाहेकका अन्य १, २ र ५ वडाका जनप्रतिनीधिहरु घेटघाटमा सहभागी नभई टाढा रहेका थिए ।

सांसद राई संघियसभाको कार्य व्यस्तताको कारण स्थानिय जनताहरुसँगको घेटघाट गर्न ढिलो गर्दा अध्यक्ष लगायतले लिम्चिबुङ गाउँपालीकामा सांसदले कार्यक्रम नल्याएको, आएको कार्यक्रमहरु समेत अन्यत्र पठाएको लगायत विकासका कार्यक्रमहरुमा सांसदले सहयोग नगरेको जस्ता भ्रामक कुराहरुको प्रचार प्रसार स्थानिय जनतामा दिंदै आएका थिए ।

जेजति सांसदले विकासका कार्यक्रमहरु ल्याएका थिए, ती कार्यक्रमहरु आफैले ल्याएको भ्रम छर्दै हिंडेका थिए । स्थानिय जनताहरु माझ सांसद र स्थानिय जनप्रतिनीधिहरुबीच स्पष्ट रुपमा छलफल गर्न, स्पष्ट हुन सांसद आफै स्थानिय जनताहरुको घरदैलोमा आउँदा उक्त जनप्रतिनीधिहरु जनतामाझ नाङ्गेझार हुने डरले कार्यक्रममा सहभागी हुनको साटो भागेको कार्यक्रममा सहभागी तथा स्थानियले आफ्नो नाम नबताउने सर्तमा बताए ।

स्मरण रहोस माननिय राईले लिम्चिबुङ लगायत अन्य गाउँपालीका तथा नगरपालीकाहरुमा विद्युत, खानेपानी, लिफ्टिङ, झोलुङ्गे पुल, सडक पुल, विद्यालय व्यवस्थापन, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रमा संघिय सरकारबाट बढी भन्दा बढी मात्रामा बजेट पारेको छ । यसैगरी कोशी कोरिडोर लगायत राजमार्गको लागी सदन, समिति र पार्टीमा हरेक समयमा आफ्नो आवाज उठाउँदै आइरहनु भएको छ । यसकारण काम नगरी भ्रामक खेती गर्दै नेता पल्टिने प्रवृतिका पात्रहरु, स्थानिय जनप्रतिनीधिहरुलाई जनता माझ दरो रुपमा जवाफ दिएका छन् राईले । यसैगरी झुटको खेती क्षणिक हुन्छ तर काम गरे निश्चिय नै त्यो दिर्घकालिन हुन्छ र जनताले उसैलाई सम्मान गर्नेछ भन्ने उहाहरण लिम्चिबुङका जनताहरुले उदाहरणीय रुपमा प्रस्तु भएका छन् । यसै उदाहरणलाई सबै नेतृत्व र जनप्रतिनीधिहरुले शिक्षाको रुपमा लिन जरुरी छ । अन्यथा भ्रमको खेतीले आफै खाल्डोमा पार्नेछ, चेतना भया !

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्