Logo

माननिय सांसद सुरेश कुमार राईको होली लिम्चिबुङमा


-राजु बिक्रम चाम्लिङ
नेकपाका प्रदेश एक सचिव, केन्द्रिय सदस्य तथा संघिय सांसद माननिय सुरेश कुमार राईको यस पटकको होली स्थानिय आफ्नो मतदाताहरुसँगै लिम्चिबुङमा भएको छ । हरेक चाडपर्वहरुमा जनतासँगै गाउँ गाउँमा मनाउँदै आएका राई २०७५ सालको दशैं र तिहारमा ताप्लिका विभिन्न गाउँहरु तथा कटारी नगरपालीकाको गाउँहरुमा परिवार सहित मनाएका थिए । होली पर्वलाई राष्ट्रि पर्वको रुपमा नेपाल सरकारद्धारा नै तराई र पहाडी क्षेत्रमा पालैपालो दुई दिन विदा दिने गरिएको छ ।

उक्त होली विशेष गरी तराई जिल्लामा मनाइने भएता पनि आफ्नो वर्षदिनको व्यस्तताको बाबजुत हाँसी मजाक गर्दै एक आपसमा रंग दलेर आफ्नो दुःख विर्सेर खुशी आदन प्रदान गर्ने पर्वको रुपमा होली पर्व पहाडी गाउँहरुमा पनि मानिन्छ । यसै पर्वको अवसरमा माननिय राईले आफ्ना मतदाताहरुको वस्तुगत अवस्था, रहनसहन साथै दुःख, सुःख साट्न जनताको घरदैलोमा गर्दै जनताकै घरमा वास वस्दै सँगै उठवस गरिरहेको छ ।

नेपालको इतिहासमा संसदिय सत्ता सुरु भएपश्चात सर्वप्रथम यसरी माननिय जनताहरुको चाडपर्वहरुमा जनताको घरदैलो गर्दै वास बसेको यो पहिलो पटक भएको लिम्चिबुङ वडा नं.१ का स्थानिय पुर्शुराम राईले बताए । यसअगाडी धेरै माननिय भए, भोट माग्न आए तर सांसदमा जिते पश्चात माननियहरु नत गाउँ नै आए नत जनता भेट्न आए नत वास नै बसे । यसरी आफ्ैले भोट हालेर जिताएका सांसद आफ्नै घर दैलोमा आएर पर्वसँगै मनाउँदा, स्थानिय जनताको भावनाहरुसँग घुलमेलहुँदा निश्चिय नै हिजोको राजनीतिक तरिका र आजको राजनीतिक अवस्थाबीच फरकपन पाएको स्थानिय वडा नं. २ का स्थानिय ताम्लिाछाका ध्यानबहादुर राईले बताए । पर्वको अवसरमा आफ्नो गाउँ माननियलाई साथमा पाउँदा स्थानियवासीहरुको स्वागत हरेक टोल र गाउँहरुमा लस्करका लस्करले स्वागत गरेका थिए ।

 

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्