पूर्व प्रधानमन्त्रि झलनाथ खनालको परिबर्तनका स्वरहरु विमोचन
-राजु बिक्रम चाम्लिङ
नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता, पूर्व प्रधानमन्त्रि तथा गीतकार झलनाथ खनाले परिबर्तनका स्वरहरु भाग दुई सम्माननिय प्रधानमन्त्रि खड्ग प्रसाद वलीद्धारा विमोचन गरिएको छ । खनाल कम्युनिष्ट पार्टीको इतिहासमा वरिष्ठ तथा क्षमतावान नेताको रुपमा स्थापित छन् । खनालले पंचायतकालमा पार्टीमा भुमिगत रहेर काम गर्दा अभिमन्यु उपनामले परिचित थिए । यसकारण नेपालमा कम्युनिष्ठ पार्टी स्थापित गर्न खेलेको भूमिका र योग्दानको रुपमा एक हस्तिको रुपमा स्थापित भएकाछन् ।
भूमिगत समयदेखी नै जनताको घर, आँगन र दैलोमा पुगेर जनताको दुःखसँगै नेतृत्व स्थापित भएका खनाल जनताको मन र मुटुका व्यथालाई आफ्ना रचना मार्फत पस्कन सफल भएका छन् । पहिलो एलबमको रुपमा परिबर्तनका स्वरहरु अगाडी नै ल्याएका खनालले यसपटक भाग–२ ल्याएका हुन् । जनसाँस्कृतिक महासंघद्धारा आयोजना गरिएको विमोचन कार्यक्रम अन्य कार्यक्रम भन्दा फरक रहेको थियो । जसमा खनाल आफ्नो ६९ औं वर्ष पुरा गर्दै ७०औं वर्षमा पाइला टेकेको अवसरमा यो विमोचन कार्यक्रम संयोग परेको छ ।
प्रज्ञाप्रतिष्ठानको हलमा विमोचन गरिएको उक्त कार्यक्रममा महासंघका अध्यक्ष खगेन्द्र राईले कार्यक्रमको अध्यक्षता गरेका थिए भने अर्का अध्यक्ष सरल सहयात्रीले स्वागत भाषण गरेका थिए । खचाखच भरिएको कार्यक्रमहलमा पूर्व प्रधानमन्त्रि माधवकुमार नेपाल, पूर्व उपप्रधानमन्त्रि बामदेव गौतम, नेकपा महासचिव विष्णु पौडेल लगायत नेकपा सचिवलाय सदस्यहरु, केन्द्रिय सदस्यहरु, मन्त्रिहरु, सांसदहरु, युवा संगठनका दुवै अध्यक्ष नेताहरु लगायत सबै क्षेत्रका सहभागीता रहेको थियो । विमोचन कार्यक्रमसँगै गीतकारको तर्फबाट आफुले आफ्ना भनाईहरु राख्दै गर्दा खनाले आफु ७० वर्ष पाइला वर्षले टेकेपनि आफु ५० देखी ६० वर्षेतिर यात्रा गरिरहेको अनुभुती भइरहेको अनुभव सुनाए । आफुले अझ १५ वर्षसम्म क्रियाशिल रहने जिजिविसा प्रकट गर्नुभयो ।
नेपाल देश जहाँ कलाकारीता र साहित्य, रचना क्षेत्रमा लाग्दा आर्थिक भार पर्ने नै गरेको पाइन्छ । तर पनि खनाल आफु प्रधानमन्त्रिको हैसियत राखेर पनि साँगितिक क्षेत्रको गीतकार तर्फ आफै लागी परेर यस विधामा लागिरहेको युवाहरुलाई हौसला मात्र प्रदान गरेनन्, साँगितिक, कलाकार, साहित्य राजनीति व्यक्ति तथा नेतृत्वले समेत गर्न सक्छ तथा राजनीतिक गरेर जस्तोसुकै पदमा पुगेता पनि यस क्षेत्रलाई नलिएमा आफुलाई अपुरो नै ठानिन्छ भन्ने प्रमाण खनालले प्रमाणित गर्नु भएको छ । ७० वर्षे युवा जोस र जाँगर प्रस्तुत गर्दा तमाम् नेपाली युवाहरुमा जोस र जाँगर पलाएको आभास भएको छ । यसकारण खनालले आफुलाई प्रस्तुत गर्नुभए जसरी अझ १५ वर्षमात्र होइन अझ धेरै वर्ष नयाँ सृजनाका साथ नेपाली जनता माझ आफ्ना सृजनाहरु पस्किरहन सकुन, साथै देशको नेृत्व सम्हालि रहन सकुन् शुभकामना छ ।