Logo

चिनियाँ राष्ट्रपति सी युरोप भ्रमणमा, यस्तो छ मिशन


काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ युरोप भ्रमणमा निस्केका छन् । शुक्रबारदेखि सुरु भएको भ्रमणको क्रममा सी इटालीको राजधानी रोम पुगेका छन् ।

चिनियाँ राष्ट्रपति १० वर्षपछि पहिलो पटक रोम पुगेका हुन् । उनसँगै श्रीमती पेङ लियुयानसहित उच्च अधिकारी भ्रमण टोलीमा सहभागी रहेको चिनियाँ संचारमाध्यमहरुले  जनाएका छन् ।

इटालीमा राष्ट्रपति सीले चीन र इटालीबीचको सम्बन्ध समयको आवश्यकताअनुसार अगाडि बढेको बताए । लिखित मन्तव्य पढ्दै सीले आपसी सम्मान, विश्वास र फाइदाका आधारमा चीन र इटालीबीच मित्र र साझेदारीको सम्बन्ध रहेको बताए ।

राष्ट्रपति सी मोनाको र फ्रान्सको पनि भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

अमेरिकासँग व्यापार युद्धबीच राष्ट्रपति सी युरोप भ्रमणमा निस्केका छन् । युरोपका अधिकांश देशहरु अमेरिकलाई सहयोग गर्दै अाएका छन् । सीको यो भ्रमणले चीनको समर्थन जुटाउन सी युरोप भ्रमणमा निस्किएको बताइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्